
अरुण कुमार गुर्मैता
सिरहा, वैशाख ७ गते । सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकाका अध्यक्ष रामबल्लभ साह र तीन जना प्रमुख प्रशासकीय अधिकृत सहित २३ जनामाथि भ्रष्टाचार सम्बन्धी मुद्दा दायर भएको छ ।
तात्कालिन गाउँपालिका अध्यक्ष साह, उपाध्यक्ष आशादेवी यादव, प्रमुख प्रशासकीय अधिृकत रबिन्द्र कुमार महत, विष्णुदेव यादव र सुजित यादवमाथि भ्रष्टाचार गरेको आरोप पत्र अख्तियारले विशेष अदालतमा दायर गरेको छ । यस्तै अख्तियारले गाउँपालिकाकी तत्कालिन उपाध्यक्ष आशादेवी यादव, वडा नं ४ का तत्कालिन वडाध्यक्ष विद्यानन्द साह सुडी र वडा नं ३ का तत्कालिन वडाध्यक्ष हनुमान मण्डल विरुद्धमा पनि आरोप पत्र दायर गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तात्कालिन अध्यक्षसाहविरुद्ध ३१ लाख ७४ हजार ४६७ रुपैयाँको भ्रष्टाचार मुद्दा दायर गरेको छ । भने तात्कालिन प्रमुख प्रशासकीय अधिकृत महतमाथि ५ लाख २८ हजार र तात्कालिन प्रमुख प्रशासकीय अधिकृत धनिकलाल र सुजितकुमार विरुद्ध २६ लाख ४६ हजारको विगो दावी गरि भ्रष्टाचार मुद्दा विशेष अदालतमा दर्ता गरिएको आयोगका प्रवक्ता भोला दाहालले विज्ञप्ती मार्फत जनाएका छन् ।






