Gundruk Online
Thursday, May 21, 2026
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
Gundruk Online
No Result
View All Result

Home » दलको नेताविहीन कर्णाली कांग्रेस : पूर्ण दाइ र जीवन दाइको आशीर्वादको पर्खाइ

दलको नेताविहीन कर्णाली कांग्रेस : पूर्ण दाइ र जीवन दाइको आशीर्वादको पर्खाइ


दलको नेताविहीन कर्णाली कांग्रेस : पूर्ण दाइ र जीवन दाइको आशीर्वादको पर्खाइ

 केन्द्रमा नेपाली कांग्रेस र नेकपा एमालेबिच नयाँ सत्ता समीकरण बनेसँगै कर्णालीमा पनि सत्ता समीकरण परिवर्तन हुने निश्चित छ । तर, अहिलेसम्म उक्त विषयमा प्रदेश तहमा दुई दलहरूबिच कुनै छलफल भने भएको देखिन्न । मुख्यमन्त्री यामलाल कँडेलदेखि नेपाली कांग्रेसका अधिकांश सांसद संघीय राजधानी काठमाडौँ भएकाले छलफल नभएको हो । अघिल्लो शनिबार काठमाडौँ गएका कँडेल शुक्रबार वीरेन्द्रनगर फर्किएका छन् । यद्यपि कांग्रेसका तीन जनाबाहेक सबै सांसद काठमाडौँमा नै छन् । उनीहरूले काठमाडौँमा नेताहरूलाई भेटघाट गर्ने, मन्त्रीलाई बधाई दिनुका साथै आफ्ना लागि मन्त्री पद मागिरहेका छन् । बेदराज सिंह, कृष्णकुमार बिसी, लक्ष्मी सुनारबाहेक ११ जना सांसदहरू काठमाडौँ पुगेका हुन् । कर्णाली कांग्रेस संसदीय दल नेताविहीन हुँदा आफूहरू काठमाडौँ जानु परेको सांसदहरूले बताएका छन् । दल नेता जीवनबहादुर शाही निलम्बनमा छन् । कांग्रेसको तर्फबाट प्रमुख सचेतक हिक्मतबहादुर विष्टले प्रतिनिधित्व गर्दै आएका छन् । तर मन्त्री बनाउने विषय प्रदेशमा टुङ्ग्याउन सकस हुने भएपछि उनी काठमाडौँ गएका हुन् ।कांग्रेसभित्र अहिले दुई वटा विषय छन्, एउटा मन्त्री छनोट र अर्को दलको नेताको जिम्मेवारी । यसअघि संसदीय दलको नेताको लागि अग्रसर भएका केन्द्रीय सदस्यसमेत रहेका राजीव विक्रम शाहले आफ्नो नेतृत्वमा सरकारमा सहभागी हुन ‘लबिङ’ गरिरहेका छन् । उनी लामो समयदेखि काठमाडौँमा नै बसेर छलफल चलाइरहेका छन् । शाह कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरुजु राणाका विश्वास पात्र हुन् । तर प्रदेशमा संस्थापन समूहकै पार्टी उपसभापति पूर्णबहादुर खड्का र जीवनबहादुर शाहीको नै बलियो प्रभाव छ । उनीहरू दुवै जना प्रमुख सचेतक विष्टलाई अघि सार्ने देखिएको छ । तर आरजु राणा फ्याक्टरका कारण शाहकै नेतृत्वमा कांग्रेस सरकारमा जाने देखिएको केही सांसदहरू बताउँछन् । प्रदेशमा कांग्रेसभित्र संस्थापन समूहकै भए पनि शाहसँग करिब ५ जनाको पूर्ण समर्थन छ । संस्थापन इतर समूहका दुई जना मात्रै सांसद छन् । उनलाई जीवनबहादुर शाहीले आफूसँग दल नेताका लागि चुनाव लड्छु भनेर अग्रसर हुन खोजेको भन्दै ‘ब्याक’ गर्न खोजिरहेका छन् । निलम्बनमा परेसँगै शाही काठमाडौँमा नै रहेका छन् भने पार्टी उपसभापति खड्का पनि उतै भएकाले सांसदहरू काठमाडौँ केन्द्रित बनेका छन् ।सांसद पूर्णबहादुर खत्रीले अहिलेसम्म सबै कुरा गर्भमै रहेको रातोपाटीलाई बताए । ‘कसको नेतृत्वमा सरकारमा जाने र को–को मन्त्री बन्ने भन्ने कुरा सबै गर्भमै छ,’ उनले भने, ‘दल नेता भएको भए हामी काठमाडौँ आउनु पर्ने थिएन । पूर्ण दाइ र जीवन दाइ दुवै यतै भएकाले यतै आएका हौँ ।’काठमाडौँमा रहेका धेरै कांग्रेसका सांसदहरूले ‘पूर्ण दाइ र जीवन दाइ’ को आशीर्वाद पर्खिएको बताए । कांग्रेस संसदीय दलका प्रमुख सचेतक हिक्मत विष्टले १४ जना सांसद नै मन्त्री बन्ने लाइनमा रहेको बताए । ‘चाहना सबैको छ, अब नेताहरूले के छलफल गर्नुहुन्छ,’ उनले भने, ‘केही टुङ्गो लगाएर हामी ७ गतेसम्म फर्किन्छौँ ।’मुख्यमन्त्री यामलाल कँडेलले निरन्तरता पाउने देखिएपछि अहिले माओवादीका मन्त्री भएको स्थानमा कांग्रेसको सहभागिता रहने छ । ८ सदस्यीय मन्त्रिपरिषद्मा माओवादीका चार जना मन्त्री छन् । अर्थमा महेन्द्र केसी, सामाजिकमा वीरबहादुर शाही, उद्योग, पर्यटन, वन तथा वातावरणमा दुर्गबहादुर रावत र जलस्रोत तथा ऊर्जामा रणसिंह परियार मन्त्री छन् । नयाँ समीकरण अनुसार कांग्रेस–एमालेबिच कुनै छलफल नभएको र मुख्यमन्त्री कँडेलले पनि राजीनामा माग नगरेकाले माओवादी मन्त्रीहरूले राजीनामा दिएका छैनन् । यद्यपि उनीहरूले राजीनामा पत्र तयार पारेर राखेको एक हप्ता पुग्न लाग्यो । ‘हामीले नयाँ समीकरणलाई सहजता प्रदान गर्नका लागि राजीनामा दिन तयार रहे पनि मुख्यमन्त्री काठमाडौँ भएकाले पर्खेर बसेको हो,’ अर्थमन्त्री महेन्द्र केसीले भने, ‘मुख्यमन्त्रीज्यू शुक्रबार (हिजो) आउनु भएको छ । आज शनिबार भइहाल्यो अब भोलिसम्म हुन्छ होला ।’ माओवादी संसदीय दलका नेता राजकुमार शर्मा पनि काठमाडौँ छन् । शर्मा आइतबार आउने र राजीनामासहित समर्थन फिर्ता लिने तयारी भइरहेको माओवादी स्रोतको दाबी छ ।

गुद्रुक ऑनलाइन

गुद्रुक ऑनलाइन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नागरिकता नियमावली संशोधनपछि म्याग्दीमा आमाको नामबाट नागरिकता

नागरिकता नियमावली संशोधनपछि म्याग्दीमा आमाको नामबाट नागरिकता

देउवा समूहको प्रभाव हट्दै, कांग्रेसको सामाजिक सञ्जाल सरेको संकेत

देउवा समूहको प्रभाव हट्दै, कांग्रेसको सामाजिक सञ्जाल सरेको संकेत

लोकतन्त्रको नाममा लाजको हत्या, कांग्रेसभित्रको टिकट तमासा : सुमन अधिकारी

लोकतन्त्रको नाममा लाजको हत्या, कांग्रेसभित्रको टिकट तमासा : सुमन अधिकारी

अमर प्रेमको कथा बोकेको ओमनाथ कडरियाको ‘अचानो’ सार्वजनिक

अमर प्रेमको कथा बोकेको ओमनाथ कडरियाको ‘अचानो’ सार्वजनिक

केपी ओलीको निर्वाचन क्षेत्रमा बढ्दै युवापुस्ताको आकर्षण, झापा–५ मा कांग्रेसबाट युवाको सिफारिस

केपी ओलीको निर्वाचन क्षेत्रमा बढ्दै युवापुस्ताको आकर्षण, झापा–५ मा कांग्रेसबाट युवाको सिफारिस

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

पुल मिडिया नेट्वर्क प्रा. लि द्वारा संचालित गुन्द्रुक अनलाइन डटकम
www.gundrukonline.com
सुरुची मार्ग, नयाँ बानेश्वर, काठमाण्डौैं, (नेपाल)
+९७७९८००००००००
इमेल:info@gundrukonline.com

हाम्रो टिम

  • अध्यक्ष/ सम्पादक : लक्ष्मण भुसाल
  • +९७७ ९८००००००००
    • कानूनी सल्लाहकार : ..................
    • +९७७ ९८००००००००
      • सम्वाददाता : पुस्पा पौडेल

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.

No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.