Gundruk Online
Friday, February 27, 2026
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
Gundruk Online
No Result
View All Result

Home » यस वर्ष पनि किसानले रासायनिक मलको अभाव झेल्नु परेन

यस वर्ष पनि किसानले रासायनिक मलको अभाव झेल्नु परेन


यस वर्ष पनि किसानले रासायनिक मलको अभाव झेल्नु परेन

 धान रोपाइँ करिब आधा सकिँदासम्म यो वर्ष किसानले रासायनिक मलको अभाव झेल्नु परेको छैन । गत वर्ष पनि देशभर रासायनिक मलको उपलब्धता पर्याप्त नै थियो ।मुख्यगरी मल खरिदका लागि अग्रिम रकम सुनिश्चित भएकै कारण लगातार दुई वर्ष किसानले रासायनिक मलको अभाव झेल्नु नपरेको हो । रासायनिक मल खरिदका लागि समयमै रकम सुनिश्चित भएदेखि मलको अभाव हटेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता डा. हरिबहादुर केसीले बताए ।‘यो वर्ष पनि मलको अभाव हँुदैन, गत दुई–तीन वर्षझैँ हामीसँग बजेट पर्याप्त भयो,’ उनले भने, ‘पहिलापहिला अर्थ मन्त्रालयबाट बजेट निकास गर्न समय लाग्थ्यो । यो वर्ष र गत वर्ष बजेत पर्याप्त भयो । बजेट भएपछि समयमै मलको ठेक्का लाग्यो, यसले समयमै मल आयो । त्यसैले यो वर्ष पनि मलको अभाव हुँदैन ।’प्रवक्ता केसीले धान रोपाइँ देशभर आधा सकिएको भन्दै यो बेलासम्म अधिकांश किसानले आफूलाई आवश्यक पर्ने मलको जोहो गरिसकेकाले अब अभाव नदेखिने दाबीसमेत गरे । ‘धान रोपाइँको समयमा तत्काल आवश्यक पर्ने रासायनिक मल भनेको डीएपी र पोटास हो,’ उनले भने, ‘करिब आधा रोपाइँ हुँदा हामीसँग अझै पनि ७५ हजार मेट्रिक टन मल मौज्दात छ ।’कृषि मन्त्रालयको पछिल्लो विवरण (असार २६ गते) अनुसार युरिया, डीएपी र पोटास गरी देशभर ७५ हजार ५० मेट्रिक टन रासायनिक मल मौज्दात छ । युरिया ३८ हजार १३० मेट्रिक टन, डीएपी २८ हजार १४६ मेट्रिक टन र पोटास ८ हजार ७७४ मेट्रिक टन मौज्दात रहेको मन्त्रालयको तथ्याङ्क छ ।यसमध्ये कृषि सामग्री कम्पनी लिमिटेडसँग ४३ हजार ५०८ मेट्रिक टन मल मौज्दात छ । जसमा युरिया २३ हजार ३९५ मेट्रिक टन, डीएपी १३ हजार ५५७ मेट्रिक टन र पोटास ६ हजार ५५६ मेट्रिक टन छ ।यस्तै, साल्ट ट्रेडिङ कम्पनी लिमिटेडसँग ३१ हजार ५४२ मेट्रिक टन मल मौज्दात छ । यसमध्ये युरिया १४ हजार ७३५ मेट्रिक टन, डीएपी १४ हजार ५८८ मेट्रिक टन र पोटास २ हजार २१८ मेट्रिक टन छ ।सरकारी स्वामित्वका कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनले रासायनिक मल आयात गरी देशभर बिक्री–वितरण गर्दै आएका छन् ।कृषि विभागका अनुसार देशभर ४२ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । देशभर १३ लाख ९८ हजार २७३ हेक्टर क्षेत्रफलमा रोपाइँ हुने अनुमान गरिएको छ । सोमध्ये ५ लाख ९५ हजार १२९ हेक्टर (४२.६ प्रतिशत) मा रोपाइँ सम्पन्न भएको विभागका प्रवक्ता तथा उपमहानिर्देशक डा. अरुण काफ्लेले बताए ।सुदूरपश्चिममा १ लाख ७४ हजार ५७६ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुनेमा अहिलेसम्म १ लाख ५० हजार ६२ हेक्टरमा (८६.२ प्रतिशत) रोपाइँ भइसकेको छ । प्रतिशतका हिसाबले हालसम्म सर्वाधिक रोपाइँ भएको प्रदेश सुदूरपश्चिम हो ।यस्तै, सबैभन्दा कम मधेस प्रदेशमा धान रोपाइँ भएको विभागको तथ्याङ्क छ । मधेसमा ३ लाख ८३ हजार १५० हेक्टरमा धान रोपाइँ हुने अनुमान गरिए पनि हालसम्म जम्मा २५.५ प्रतिशत अर्थात् ९७ हजार ८५१ हेक्टरमा रोपाइँ हुन सकेको छ ।यस्तै, कोशी प्रदेशमा २ लाख ७६ हजार ३८६ हेक्टरमा रोपाइँ हुने अनुमान गरिएकोमा हालसम्म ९५ हजार १७० हेक्टर (३४.४ प्रतिशत) क्षेत्रफलमा मात्रै रोपाइँ हुन सकेको छ ।बागमती प्रदेशमा १ लाख १४ हजार ५६१ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने अनुमान गरिएकोमा हालसम्म प्रदेशमा ४६ हजार ४४ हेक्टर (४०.२) मा रोपाइँ भएको छ भने गण्डकी प्रदेशमा ९६ हजार ५३ हेक्टरमा रोपाइँ हुने अनुमान गरिएकोमा हालसम्म ४७ हजार ७३३ हेक्टर (४९.७ प्रतिशत)  क्षेत्रफलमा रोपाइँ भएको छ ।यसैगरी लुम्बिनी प्रदेशमा ३ लाख ११ लाख ६४३ हेक्टरमा धान रोपाइँ हुने अनुमान गरिएको छ । हालसम्म यो प्रदेशमा १ लाख ३८ हजार ३६४ हेक्टर (४४.४ प्रतिशत) क्षेत्रफलमा धान रोपाइँ भएको छ ।यस्तै, कर्णाली प्रदेशमा ४१ हजार ९०४ हेक्टरमा धान रोपाइँ हुने अनुमान गरिएकोमा हालसम्म १९ हजार ९०४ हेक्टर (४७.५ प्रतिशत) क्षेत्रफलमा रोपाइँ भएको विभागको तथ्याङ्क छ ।गत वर्षको असार २४ सम्ममा देशभर ४२ प्रतिशत रोपाइँ भएको थियो । गत वर्ष १४ लाख ९६ हजार ८३७ हेक्टर क्षेत्रफलमा धान खेती हुने अनुमान गरिएकोमा यो समयमा ६ लाख ४२ हजार २८४ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको थियो ।देशभर १३ देखि १५ लाख हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ । सोबाट करिब ५४ देखि ५७ लाख मेट्रिक टन धान उत्पादन हुँदै आएको छ ।सरकारले कृषि बजेटमध्ये आधा रकम रासायनिक मलका लागि विनियोजन गरेको छ । सरकारले आगामी आर्थिक वर्ष (२०८१÷०८२) का लागि कृषि तथा पशुपन्छी मन्त्रालयमा ५७ अर्ब २९ करोड रुपैयाँ बजेट छुट्ट्याएको छ । यसबाट रासायनिक मलका लागि २७ अर्ब ९५ करोड रुपैयाँ विनियोजन भएको छ । यस्तै, चालु आर्थिक वर्षमा ५८ अर्ब ९८ करोड बजेटमध्ये ३० अर्ब रासायनिक मलको लागि विनियोजन गरिएको छ ।

गुद्रुक ऑनलाइन

गुद्रुक ऑनलाइन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नागरिकता नियमावली संशोधनपछि म्याग्दीमा आमाको नामबाट नागरिकता

नागरिकता नियमावली संशोधनपछि म्याग्दीमा आमाको नामबाट नागरिकता

देउवा समूहको प्रभाव हट्दै, कांग्रेसको सामाजिक सञ्जाल सरेको संकेत

देउवा समूहको प्रभाव हट्दै, कांग्रेसको सामाजिक सञ्जाल सरेको संकेत

लोकतन्त्रको नाममा लाजको हत्या, कांग्रेसभित्रको टिकट तमासा : सुमन अधिकारी

लोकतन्त्रको नाममा लाजको हत्या, कांग्रेसभित्रको टिकट तमासा : सुमन अधिकारी

अमर प्रेमको कथा बोकेको ओमनाथ कडरियाको ‘अचानो’ सार्वजनिक

अमर प्रेमको कथा बोकेको ओमनाथ कडरियाको ‘अचानो’ सार्वजनिक

केपी ओलीको निर्वाचन क्षेत्रमा बढ्दै युवापुस्ताको आकर्षण, झापा–५ मा कांग्रेसबाट युवाको सिफारिस

केपी ओलीको निर्वाचन क्षेत्रमा बढ्दै युवापुस्ताको आकर्षण, झापा–५ मा कांग्रेसबाट युवाको सिफारिस

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

पुल मिडिया नेट्वर्क प्रा. लि द्वारा संचालित गुन्द्रुक अनलाइन डटकम
www.gundrukonline.com
सुरुची मार्ग, नयाँ बानेश्वर, काठमाण्डौैं, (नेपाल)
+९७७९८००००००००
इमेल:info@gundrukonline.com

हाम्रो टिम

  • अध्यक्ष/ सम्पादक : लक्ष्मण भुसाल
  • +९७७ ९८००००००००
    • कानूनी सल्लाहकार : ..................
    • +९७७ ९८००००००००
      • सम्वाददाता : पुस्पा पौडेल

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.

No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.