Gundruk Online
Tuesday, April 14, 2026
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
Gundruk Online
No Result
View All Result

Home » धर्मलेजस्तै लोकतान्त्रिक गणतन्त्रले पनि नैतिक मूल्य र सदाचार खोजेको छ : राष्ट्रपति

धर्मलेजस्तै लोकतान्त्रिक गणतन्त्रले पनि नैतिक मूल्य र सदाचार खोजेको छ : राष्ट्रपति


धर्मलेजस्तै लोकतान्त्रिक गणतन्त्रले पनि नैतिक मूल्य र सदाचार खोजेको छ : राष्ट्रपति

 राष्ट्रपति रामचन्द्र पौडेलले सबै धर्मलेजस्तै संघीय लोकतान्त्रिक गणतन्त्रले पनि नैतिक मूल्य र सदाचार खोजेको बताएका छन् । उनले भगवान महावीरको २६२३ औं जन्मोत्सवका अवसरमा नेपाल जैन परिषदद्वारा आइतवार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै  यस्तो बताएका हुन् ।उनले सबै धर्मको मूल लक्ष्य भनेको अधिकतम मानव जातिको कल्याण भएको पनि स्पष्ट पारे । राष्ट्रपति पौडेलले धर्मको लक्ष्य सुख, शान्ति, प्रगति, अनुशासन, सभ्य एवम् सुसंस्कृत समाज र देशको निर्माण भएको पनि बताए ।“हाम्रो जस्तो विभिन्न जातजाति, भाषाभाषी, धर्म र संस्कृति भएको देशमा सबै नेपालीहरूबिच रहेको धार्मिक सहिष्णुता, मेलमिलाप र सद्‌भाव नेपालीको विशिष्ट पहिचान हो, विविधतामा एकता र त्यसकै जगमा सुदृढ राष्ट्रिय एकता हाम्रो नेपाली मौलिकपन हो जो विश्वकै लागि अनुकरणीय छ भन्ने मलाई लाग्छ”, राष्ट्रपति पौडेलले भने । उनले धर्म त्यागमा हो, भोगमा होइन भन्दै भावशुद्धि र चरित्रशुद्धि भएन भने आध्यात्मिक उपलब्धि हुन नसक्ने बताए ।  ‘जीवन व्यवहारमा नैतिक मूल्यहरूको स्थापना र सदाचार प्रथम प्राथमिकता हो, आज हाम्रो समाज, राजनीति र हामीले अवलम्बन गरेको संघीय लोकतान्त्रिक गणतन्त्रले  पनि त्यही नैतिक मूल्य र सदाचार खोजेको छ’, राष्ट्रपति पौडेलले भने ।उनले २६२३ औं जन्म कल्याणक दिवसको अवसरमा सम्पूर्ण नेपाली जैन धर्मावलम्बी दाजु–भाइ, दिदी–बहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दै नेपालमा जैन धर्मावलम्बीहरूको प्रतिनिधि संस्था नेपाल जैन परिषदको अग्रसरतामा सदाझै भगवान महावीरको २६२३ औं जन्म जयन्तीलाई अहिंसा दिवसको रुपमा मनाउनु सकारात्मक र समय सान्दर्भिक भएको बताए ।“परिषदले भगवान महावीरका सिद्धान्त अहिंसा, अपरिग्रह र अनेकान्त आदि जीवन्त उपदेशहरूको प्रचारप्रसार, संवर्धन र प्रवर्धनका लागि सरकोकारवाला संस्थाहरूसँग हातेमालो गर्दै अघि बढ्नु प्रशंसनीय कार्य हो”, उनले भने ।भगवान महावीरका सिद्धान्त र विचारहरू आज अझ सान्दर्भिक भएका छन् भन्दै उनले अनेकान्तको अभाव एवं परिग्रहको मानसिकताले संसार आक्रान्त भएको बेला संसारलाई खुशी एवं समृद्ध बनाउन उनका सिद्धान्त समस्याको समाधानको उपायमध्ये एक हो भन्ने आफूलाई लागेको उनले बताए । नेपालमा जैन धर्मावलम्बीहरू विभिन्न समुदाय बीचमा मिलेर बसेको बताउँदै राष्ट्रपति पौडेलले जहाँ भएपनि भगवान महावीरका सिद्धान्तलाई अनुशरण गर्दै धर्म, संस्कृति र समाज सेवाका माध्यमबाट सकारात्मक छाप छोड्न सफल रहेको धारणा व्यक्त गरे । “अहिंसा, शान्ति, अनेकान्तवाद, नैतिकता, सद्चरित्रता, समभावजस्ता जैन दर्शनको प्रचार गरी यो संस्थाले भविष्यमा अझै प्रभावकारी कार्य गर्ने मैले विश्वास लिएको छु”, उनले भने ।धर्ममा नैतिकता, प्रामणिकता, प्रतिबद्धता, र सत्यता हुन्छ । त्यसले हामीलाई सुमार्गमा डोरयाउन सक्छ भन्दै उनले विश्वमा अहिंसा तथा शान्तिको वातावरण सृजनामा भूमिका खेल्नुपर्ने वर्तमानको माग भएको बताए । 

गुद्रुक ऑनलाइन

गुद्रुक ऑनलाइन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नागरिकता नियमावली संशोधनपछि म्याग्दीमा आमाको नामबाट नागरिकता

नागरिकता नियमावली संशोधनपछि म्याग्दीमा आमाको नामबाट नागरिकता

देउवा समूहको प्रभाव हट्दै, कांग्रेसको सामाजिक सञ्जाल सरेको संकेत

देउवा समूहको प्रभाव हट्दै, कांग्रेसको सामाजिक सञ्जाल सरेको संकेत

लोकतन्त्रको नाममा लाजको हत्या, कांग्रेसभित्रको टिकट तमासा : सुमन अधिकारी

लोकतन्त्रको नाममा लाजको हत्या, कांग्रेसभित्रको टिकट तमासा : सुमन अधिकारी

अमर प्रेमको कथा बोकेको ओमनाथ कडरियाको ‘अचानो’ सार्वजनिक

अमर प्रेमको कथा बोकेको ओमनाथ कडरियाको ‘अचानो’ सार्वजनिक

केपी ओलीको निर्वाचन क्षेत्रमा बढ्दै युवापुस्ताको आकर्षण, झापा–५ मा कांग्रेसबाट युवाको सिफारिस

केपी ओलीको निर्वाचन क्षेत्रमा बढ्दै युवापुस्ताको आकर्षण, झापा–५ मा कांग्रेसबाट युवाको सिफारिस

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

पुल मिडिया नेट्वर्क प्रा. लि द्वारा संचालित गुन्द्रुक अनलाइन डटकम
www.gundrukonline.com
सुरुची मार्ग, नयाँ बानेश्वर, काठमाण्डौैं, (नेपाल)
+९७७९८००००००००
इमेल:info@gundrukonline.com

हाम्रो टिम

  • अध्यक्ष/ सम्पादक : लक्ष्मण भुसाल
  • +९७७ ९८००००००००
    • कानूनी सल्लाहकार : ..................
    • +९७७ ९८००००००००
      • सम्वाददाता : पुस्पा पौडेल

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.

No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.