Gundruk Online
Thursday, May 21, 2026
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
Gundruk Online
No Result
View All Result

Home » बागमतीमा सरकार गठनका लागि कांग्रेसले बढायो सक्रियता

बागमतीमा सरकार गठनका लागि कांग्रेसले बढायो सक्रियता


बागमतीमा सरकार गठनका लागि कांग्रेसले बढायो सक्रियता
 शालिकराम जम्कट्टेल नेतृत्वको बागमती प्रदेश सरकार जोगाउन र ढाल्न यतिबेला अङ्कगणितीय खेल जोडतोडले भइरहेको छ । प्रदेश सभाको समीकरण अनुसार यतिबेला सत्ता पक्ष र विपक्ष दुवैसँग प्रस्ट बहुमत देखिएको छैन ।सत्ता पक्षलाई बहुमत जुटाउन कठिन भइरहेको परिस्थितिमा विपक्षी कित्तामा रहेको नेपाली कांग्रेसले पनि सरकार गठनका लागि पहल थालेको छ ।केन्द्रीय तहमा गत फागुन २० मा सत्ता समीकरण बदलिएसँगै बागमती प्रदेश सरकारबाट कांग्रेस बाहिरिएको छ । प्रतिपक्षमा रहेको कांग्रेस यतिबेला मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत पुग्न नदिन आफ्नो सक्रियता बढाइरहेको छ ।मुख्यमन्त्रीको विश्वासको मत फेल गराएर सत्ता गठबन्धनबाट सरकारको नेतृत्व लिने रणनीति अनुरुप कांग्रेस अघि बढिरहेको देखिन्छ ।त्यसो त केही दिन अघि कांग्रेसले पत्रकार सम्मेलन गरेर सरकारप्रतिको धारणा व्यक्त गर्दै भनेको थियो– ‘प्रतिपक्षले सरकारलाई सधैँ सहयोग गर्छ र ?सोही अनुरुप कांग्रेस आफ्नो रणनीति अनुरुप वर्तमान सरकार ढाल्ने योजनामा अघि बढिरहेको छ । सोही पत्रकार सम्मेलनमा कांग्रेस संसदीय दलका उपनेता रामकृष्ण चित्रकारले भनेका थिए, ‘तत्काल सरकारको नेतृत्वको विषयमा कुनै प्रक्रिया अघि बढाउने योजना छैन । हामी मुख्यमन्त्रीको विश्वासको मत लिने समयसम्म कुर्छौं । विश्वासको मत लिन सक्ने अवस्था नबने वा नपाएको खण्डमा मात्र सरकार निर्माणमा अघि बढ्छौँ ।सोही अनुसार कांग्रेसले गत फागुन २३ गते सरकारप्रतिको समर्थन फिर्ता लिँदै मुख्यमन्त्रीलाई विश्वासको मत लिनुपर्ने अवस्थामा धकेलेको छ । कांग्रेसले समर्थन फिर्ता लिएको मितिले ३० दिन अर्थात् चैत २२ गतेसम्म मुख्यमन्त्रीले संसदबाट विश्वासको मत लिनुपर्ने हुन्छ ।संविधानको धारा १८८ को २ बमोजिम संसदबाट विश्वासको मत लिनुपर्ने व्यवस्था छ ।उक्त बाध्यात्मक परिस्थिति र सत्ता गठबन्धनमा प्रदेश सरकारको नेतृत्वको भागबण्डा टुङ्गिन नसकिरहेको अवस्थामा सरकार गठनमा कांग्रेस सक्रिय बनेको हो । कांग्रेसले सत्ता गठबन्धनलाई विफल बनाएर सरकारको नेतृत्व लिने गरी दलहरूसँग छलफल र भेटघाटमा जुटेको छ । संविधानको धारा १६८ को २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त भएका माओवादी केन्द्रका शालिकराम जम्कट्टेललाई सत्ताच्युत गर्ने रणनीतिमा कांग्रेस अघि बढिरहेको छ । कांग्रेस अहिलेको सत्ता गठबन्धनको सरकार गिराएर संविधानको धारा १६८ को उपधारा ३ बमोजिमको सरकार गठनका लागि पहल गरिरहेको कांग्रेसका एक सांसदले बताए ।त्यसो त कांग्रेसले सत्ता गठबन्धनमा रहेको नेपाल समाजवादी पार्टीका नेता तथा माओवादी केन्द्रको चुनाव चिह्नबाट निर्वाचन जितेका गंगानारायण श्रेष्ठलाई पनि सरकार विरुद्धमा प्रयोग गर्ने रणनीति बनाएको थियो । नेसपाको अध्यक्ष बाबुराम भट्टराईले आफ्नो पार्टीलाई छुट्टै संसदीय दलको मान्यता दिन र सांसदहरूलाई माओवादी केन्द्रमा अलग गर्न माग गरे लगत्तै कांग्रेस उक्त रणनीतिमा उत्रिएको थियो । तर, श्रेष्ठले उक्त विषयमा कित्ता क्लियर गरेका छन् । केही दिन अघि उनले माओवादी केन्द्रमै रहेर नेसपा एकताका लागि अघि बढ्ने योजना बनाएसँगै सो विषयमा कांग्रेसको रणनीति फेल भएको छ ।यता सत्ता गठबन्धनमा हाम्रो नेपाली पार्टीलाई सहभागी हुनबाट रोकेको आरोप कांग्रेसमाथि लागिरहेको छ । कांग्रेसको योजनामा हाम्रो नेपाली पार्टीले मुख्यमन्त्रीमा दाबी गर्दै गठबन्धनमा नजाने निर्णयमा पुगेको राजनीतिक तहमा चर्चा भइरहेको छ ।२ सांसदसहित संसदमा प्रतिनिधित्व गरेको हाम्रो नेपाली पार्टीले कुनै पनि गठबन्धनमा सामेल नहुने प्रस्ट पारिसकेको छ । सो पार्टीले मुख्यमन्त्रीमा दाबी गर्दै सरकार गठनका लागि पहल गर्ने रणनीति बनाएको छ । राजनीतिक तहमा कांग्रेसले नै हाम्रो नेपाली पार्टीलाई सत्ता गठबन्धन विरुद्ध प्रयोग गरेको चर्चा चलिरहेको छहाम्रो नेपाली पार्टीले चैत ४ गते विज्ञप्ति जारी गर्दै मुख्यमन्त्रीमा दाबी गरेको थियो । सो लगत्तै कांग्रेसका एक सांसदले रातोपाटीसँग भनेका थिए– ‘बागमती प्रदेशमा कांग्रेसले सरकार बनाउँछ । हाम्रो नेपाली पार्टी सत्ता गठबन्धनमा सहभागी नहुने भएको छ । अब सो दल कांग्रेससँग सरकारमा सहभागी हुन्छ । हामी तयारीमा छौँ राप्रपा पनि कांग्रेससँगको गठबन्धन निर्माणका लागि कम्फर्टेबल भएको देखिन्छ । माओवादी केन्द्र र एमालेसँगको सत्ता गठबन्धनमा आवद्ध भएर २ महिना सरकारमा रहेको राप्रपा यस पटक उक्त गल्ती गर्ने पक्षमा छैन ।बागमती प्रदशेमा राप्रपाको सम्बन्ध एमाले र माओवादी केन्द्रसँग सौहार्द्रपूर्ण छैन । माओवादी केन्द्रका मुख्यमन्त्री जम्कट्टेलसँग राप्रपाका सांसदहरू रुष्ट छन् । बजेटमाथिको विभेदका विषयमा राप्रपाका सांसदहरू मुख्यमन्त्री जम्कट्टेलसँग रुष्ट छन् । जसले गर्दा राप्रपाले एमाले र माओवादी केन्द्रसँग दुरी बनाइराखेको छ ।सत्ता गठबन्धन दलसँग टाढिएको राप्रपाको झुकाव कांग्रेसतर्फ देखिएको छ । राप्रपा बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापाले आइतबारमात्र कांग्रेस सभापति शेरबहादुर देउवासँग भेट गरेका थिए । उक्त भेटमा नेता थापाले कांग्रेससँग सत्ता साझेदारी गर्न राप्रपा सकारात्मक रहेको र केन्द्रीय तहमा छलफल अघि बढाउन आग्रह गरेको बताइन्छ ।पछिल्लो समय राप्रपाका केही मागप्रति कांग्रेस सकारात्मक देखिएका कारण पनि राप्रपाको झुकाव कांग्रेसतर्फ बढेको देखिन्छ । तर, नेता थापा आफूहरू कसैप्रति नजिक वा टाढा नरहेको बताउँछन् । सबै दलप्रति समान दुरीका साथ राप्रपा आफ्नो विचार सिद्धान्त र योजनामा अघि बढिरहेको उनले बताए ।नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका उपनेता रामकृष्ण चित्रकारले प्रदेश सरकारको निर्माणका विषयमा कांग्रेस पर्ख र हेरको स्थितिमा रहेको बताए । सरकार बनाउने विषयमा अहिले नै कांग्रेसले कुनै कदम अघि नबढाएको उनको भनाइ छ ।कांग्रेस सत्ता गठबन्धनलाई विश्वासको मत लिने र सरकार टिकाउने अवधि भर कुर्ने र उक्त अवस्था नबनेमात्र सरकार निर्माणमा अग्रसर हुने योजनामा रहेको चित्रकारले बताए । मुख्यमन्त्रीले विश्वासको मत पाउन नसके वा अवस्था नबनेको खण्डमा तथा मुख्यमन्त्रीले राजीनामा दिएको खण्डमा सरकार निर्माणमा कांग्रेसले अग्रसरता देखाउने उनले प्रस्ट पारे ।कांग्रेस राजनीतिक दल भएकाले प्रदेशको अङ्कगणित विश्लेषण गरेर आफ्नो रणनीति निर्माणमा जुट्नु स्वाभाविक रहेको उनले बताए । अङ्कगणितकै लागि कुनै पनि दलको स्वतन्त्रतामाथि हस्तक्षेप भने कांग्रेसले नगरेको उनको भनाइ छ ।
गुद्रुक ऑनलाइन

गुद्रुक ऑनलाइन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नागरिकता नियमावली संशोधनपछि म्याग्दीमा आमाको नामबाट नागरिकता

नागरिकता नियमावली संशोधनपछि म्याग्दीमा आमाको नामबाट नागरिकता

देउवा समूहको प्रभाव हट्दै, कांग्रेसको सामाजिक सञ्जाल सरेको संकेत

देउवा समूहको प्रभाव हट्दै, कांग्रेसको सामाजिक सञ्जाल सरेको संकेत

लोकतन्त्रको नाममा लाजको हत्या, कांग्रेसभित्रको टिकट तमासा : सुमन अधिकारी

लोकतन्त्रको नाममा लाजको हत्या, कांग्रेसभित्रको टिकट तमासा : सुमन अधिकारी

अमर प्रेमको कथा बोकेको ओमनाथ कडरियाको ‘अचानो’ सार्वजनिक

अमर प्रेमको कथा बोकेको ओमनाथ कडरियाको ‘अचानो’ सार्वजनिक

केपी ओलीको निर्वाचन क्षेत्रमा बढ्दै युवापुस्ताको आकर्षण, झापा–५ मा कांग्रेसबाट युवाको सिफारिस

केपी ओलीको निर्वाचन क्षेत्रमा बढ्दै युवापुस्ताको आकर्षण, झापा–५ मा कांग्रेसबाट युवाको सिफारिस

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

पुल मिडिया नेट्वर्क प्रा. लि द्वारा संचालित गुन्द्रुक अनलाइन डटकम
www.gundrukonline.com
सुरुची मार्ग, नयाँ बानेश्वर, काठमाण्डौैं, (नेपाल)
+९७७९८००००००००
इमेल:info@gundrukonline.com

हाम्रो टिम

  • अध्यक्ष/ सम्पादक : लक्ष्मण भुसाल
  • +९७७ ९८००००००००
    • कानूनी सल्लाहकार : ..................
    • +९७७ ९८००००००००
      • सम्वाददाता : पुस्पा पौडेल

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.

No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.