Home » रुपन्देहीको तिलोत्तमा व्यापार संघको कार्यशाला गोष्ठी पाल्पामा सुरु
रुपन्देहीको तिलोत्तमा व्यापार संघको कार्यशाला गोष्ठी आजदेखि पाल्पामा सुरु भएको छ । संघको रणनीतिक योजना निर्माण एवं संस्थागत सबलीकरणको लक्ष्यसहित कार्यशाला गोष्ठी सुरु भएको हो । गोष्ठीले आगामी ३ वर्षका लागि लक्ष्य, रणनीति र कार्यक्रम निर्धारण गर्ने छ ।चेम्बर अफ कमर्सका केन्द्रीय सदस्य एवं लुम्बिनी प्रदेश अध्यक्ष टङ्कप्रसाद पोखरेलले आम व्यवसायीहरूका समस्यालाई पहिचान गरी समाधानको उपाय खोजी गर्ने गरी नेतृत्वदायी भूमिका खेल्न संघलाई सुझाव दिए ।चेम्बर अफ कमर्सका लुम्बिनी प्रदेश महासचिव एवं संघका संस्थापक अध्यक्ष जेपी कँडेलले संस्थागत हित र व्यवसायीहरूको हक अधिकारको लागि सङ्गठित रुपमा अगाडि बढ्न व्यवसायीहरूलाई आग्रह गरे ।उनले तीन वर्षे कार्यकालभित्र १५ सय सदस्य पुर्याउने, संघमा आबद्ध सदस्यहरूको दुर्घटना बीमा, उद्योगी व्यवसायीका लागि स्वास्थ्य शिविरको सञ्चालन, अस्पतालमा सहुलियत उपचारको प्रबन्ध, नेतृत्व विकास, व्यवसायीमुखी तालिम जस्ता क्रियाकलापहरु अगाडि बढाउन सके व्यवसायीहरूलाई आकर्षित गर्न सकिने बताए ।कार्यक्रममा संघका अध्यक्ष नेत्रप्रसाद न्यौपानेले उद्योगी र व्यवसायीहरूको क्षमता अभिवृद्धिको लागि निरन्तर क्रियाशील रहँदै व्यावसायिक क्षमता र दक्षता विकासका लागि अगाडि बढ्ने अठोटका साथ कार्यशाला गोष्ठी आयोजना गरिएको बताए ।संघका महासचिव चेतनारायण विश्वकर्माले उद्योगी, व्यापारी वर्गमा एकता, मैत्रीपूर्ण, सद्भावनाको वातावरण सिर्जना गर्ने गरी संस्था अगाडि बढ्ने बताए । दुई दिने कार्यशाला गोष्ठीमा चेम्बर अफ कमर्शका केन्द्रीय सदस्य एवं लुम्बिनी प्रदेश अध्यक्ष टङ्कप्रसाद पोखरेलले सहजीकरण गरेका छन्पुल मिडिया नेट्वर्क प्रा. लि द्वारा संचालित गुन्द्रुक अनलाइन डटकम
www.gundrukonline.com
सुरुची मार्ग, नयाँ बानेश्वर, काठमाण्डौैं, (नेपाल)
+९७७९८००००००००
इमेल:info@gundrukonline.com
© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.
© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.