Gundruk Online
Friday, March 6, 2026
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
Gundruk Online
No Result
View All Result

Home » प्रदेश सरकारविरुद्ध मुद्दाका चाङ, सबैभन्दा धेरै कर्मचारीका मुद्दा

प्रदेश सरकारविरुद्ध मुद्दाका चाङ, सबैभन्दा धेरै कर्मचारीका मुद्दा


प्रदेश सरकारविरुद्ध मुद्दाका चाङ, सबैभन्दा धेरै कर्मचारीका मुद्दा
 वडाबाट निर्णय गराएर पोखरा ३१ मा रहेको बेगनास तालमा डुंगा व्यवसायी संघले नै मोटरबोट चलायो । अधिवक्ता मनोज घर्ती मगरले प्रदेश सरकार र स्थानीय सरकार सहित ५ जनालाई प्रतिवादी बनाएर उच्च अदालतमा मुद्दा दर्ता गरे । अदालतले तत्कालका लागि मोटरबोट नचलाउन अन्तरिम आदेश दियो । वडाले निर्णय गरेर सञ्चालन गर्न दिएको भए पनि महानगरले नै वडाको निर्णय बदर हुने गरी राय पेस गरेको थियो । करिब डेढ सय मुद्दा खेपिरहेको गण्डकी प्रदेश सरकार विरुद्ध सबैभन्दा बढी कर्मचारीका मुद्दा छन् ।सरकार विरुद्धका मुद्दामध्ये ५० प्रतिशत भन्दा बढी कर्मचारीका सेवा सुविधामा केन्द्रित रहेको मुख्य न्यायाधिवक्ता कार्यालयले जनाएको छ । कर्मचारी समायोजन र कर्मचारीको बढुवा तथा लोकसेवाका विषयसँग बढी मुद्दा दर्ता भएका मुख्य न्यायाधिवक्ता चिरञ्जीवी शर्माले बताए । ‘धेरैजसो कर्मचारीको सरुवा बढुवासँग जोडिएका छन् । लोकसेवा आयोगसँग जोडिएका छन्,’ उनले भने, ‘चर्चामा आउन खोज्ने । सरुवाको विषयलाई लिएर सरकार विरुद्ध जुध्ने । सेवा सुविधाका लागि बार्गेनिङ गर्ने परिपाटी बढेको देखिन्छ ।’त्यसबाहेक निर्माण कम्पनी र ठेकेदारहरूले पनि सरकार विरुद्ध मुद्दा दिएका छन् । स्टिमेट अनुसार काम सकेर पनि सरकारले भुक्तानी नदिएपछि उनीहरू अदालत पुगेका हुन् । ‘निर्माण क्षेत्रको मुद्दा पनि धेरै नै छ । सडक, भवन लगायत मुद्दा विरुद्ध सरकार लडिरहेको छ,’ उनले भने, ‘अधिकांशले म्याद थप र काम सकिएको आयोजनामा भुक्तानी मागेर मुद्दा दर्ता गरेका छन् ।’ शर्माका अनुसार अधिकांश मुद्दामा सरकारले जितेको छ । ‘धेरै मुद्दामा सरकारको हात माथि छ । हामीले नै जितेका छौँ,’ उनले भने ।प्रदेश सरकार स्थापना भएदेखि हालसम्म २ सयभन्दा बढी मुद्दा दर्ता भएका छन् । आर्थिक वर्ष ०७५/०७६ मा १९ वटा मुद्दा दर्ता भएकोमा पछिल्लो वर्ष पनि १९, २०७७/०७८ मा ३३ वटा मुद्दा दर्ता भएका थिए । २०७८/०७९ मा ३५ र २०७९/०८० मा ५६ मुद्दा दर्ता भएको रेकर्ड सरकारसँग छ । हालसम्म ८५ वटा मुद्दा किनारा लागिसकेको र १२९ वटा मुद्दा प्रक्रियामा रहेको मुख्य महान्यायाधिवक्ता कार्यालयले जनाएको छ । चालू वर्ष लागेपछि पनि हालसम्म १७ मुद्दा परिसकेको छ । उच्च अदालत पोखरादेखि सर्वोच्च अदालत, जिल्ला अदालत र संवैधानिक अदालतमा पनि मुद्दाहरु दर्ता भएका छन् । ‘कतिपय मुद्दामा प्रदेश सरकार खासै जोडिएको पनि हुँदैन । तर नाम किटेर दिएपछि प्रतिवाद गर्नैपर्छ,’ शर्माले भने, ‘कहिलेकाहीँ काठमाडौँ पुगेर मुद्दाको प्रतिवाद गर्नुपरेको छ । जिल्ला अदालतहरूमा पनि जानुपर्छ ।’सरकारलाई कानुनी राय दिन र सरकार विरुद्ध परेका मुद्दाको प्रतिवाद गर्नकै लागि मुख्य महान्यायाधिवक्ता कार्यालय स्थापना भएको छ । मुख्यमन्त्रीले आफू अनुकूल न्यायाधिवक्तालाई नियुक्त गर्छन् । राजनीतिक नियुक्ति हुने भएकोले सरकारसँगै आउने र सरकारसँगै जाने खालका हुन्छन् । मुख्य महान्यायाधिवक्ता कार्यालयले लड्ने मुद्दामा बढी प्रदेशकै कानुन आकर्षित हुने सरकारले जनाएको छ । अहिले गण्डकी सभाबाट ६६ वटा कानुन पास भैसकेका छन् । अधिकांश सेवा सुविधा र गठनादेश सम्बन्धी कानुन कार्यान्वयनमा छन् भने जनजीविकासँग जोडिएका कानुन कार्यान्वयन प्रभावकारी छैन । त्यसो त त्यस्ता कानुन निर्माण नै कम भएका छन् ।
गुद्रुक ऑनलाइन

गुद्रुक ऑनलाइन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नागरिकता नियमावली संशोधनपछि म्याग्दीमा आमाको नामबाट नागरिकता

नागरिकता नियमावली संशोधनपछि म्याग्दीमा आमाको नामबाट नागरिकता

देउवा समूहको प्रभाव हट्दै, कांग्रेसको सामाजिक सञ्जाल सरेको संकेत

देउवा समूहको प्रभाव हट्दै, कांग्रेसको सामाजिक सञ्जाल सरेको संकेत

लोकतन्त्रको नाममा लाजको हत्या, कांग्रेसभित्रको टिकट तमासा : सुमन अधिकारी

लोकतन्त्रको नाममा लाजको हत्या, कांग्रेसभित्रको टिकट तमासा : सुमन अधिकारी

अमर प्रेमको कथा बोकेको ओमनाथ कडरियाको ‘अचानो’ सार्वजनिक

अमर प्रेमको कथा बोकेको ओमनाथ कडरियाको ‘अचानो’ सार्वजनिक

केपी ओलीको निर्वाचन क्षेत्रमा बढ्दै युवापुस्ताको आकर्षण, झापा–५ मा कांग्रेसबाट युवाको सिफारिस

केपी ओलीको निर्वाचन क्षेत्रमा बढ्दै युवापुस्ताको आकर्षण, झापा–५ मा कांग्रेसबाट युवाको सिफारिस

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

पुल मिडिया नेट्वर्क प्रा. लि द्वारा संचालित गुन्द्रुक अनलाइन डटकम
www.gundrukonline.com
सुरुची मार्ग, नयाँ बानेश्वर, काठमाण्डौैं, (नेपाल)
+९७७९८००००००००
इमेल:info@gundrukonline.com

हाम्रो टिम

  • अध्यक्ष/ सम्पादक : लक्ष्मण भुसाल
  • +९७७ ९८००००००००
    • कानूनी सल्लाहकार : ..................
    • +९७७ ९८००००००००
      • सम्वाददाता : पुस्पा पौडेल

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.

No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.