Gundruk Online
Sunday, May 24, 2026
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
Gundruk Online
No Result
View All Result

Home » सरकार परिवर्तन हुँदा किन कोही उत्साही हुँदैनन् ?

सरकार परिवर्तन हुँदा किन कोही उत्साही हुँदैनन् ?


सरकार परिवर्तन हुँदा किन कोही उत्साही हुँदैनन् ?
विनोद त्रिपाठीविनोद त्रिपाठी
sharethis sharing button

अहिले नेपाली समाजमा कुन दलको सरकार छ भन्ने सवालले खासै सरोकार राख्दैन । गरिखाने वर्गका लागि सबै दल उस्तै लाग्छ । कैयौँ नागरिकलाई कुन–कुन दलको सरकार छ भन्ने थाहै हुँदैन । नयाँ बन्ने सरकारमा कुन दल सहभागी हुँदै छन् भन्ने विषयलाई नागरिकले खासै वास्तै गर्दैनन् । कुन दलको कुन नेता कुन मन्त्री भयो भन्ने नागरिक तहमा कुनै गहिरो छाप छैन ।कुनै जमाना थियो, ‘रेडियोमा सुनेको मन्त्रीको नाम सर्वसाधारणलाई कण्ठै हुन्थ्यो ।’ पञ्चायतकालमा त मन्त्रीको नाम एउटा व्यक्तिको मुखबाट अर्कोमा सुलुसुलु पुगिहाल्थ्यो । ०४६ सालमा बहुदल आएको केही वर्षसम्म मन्त्रीका नाम सुनेकै भरमा नागरिकले कण्ठस्थ भन्थे । तर, अहिले नेपालको राजनीतिले पल्टा खाएको छ । नागरिकले सुन्न नचाहेको विषय कुनै हो भने त्यो हो, राजनीति । सुन्न नचाहेर पनि सुन्न परेको विषय पनि राजनीति हो । राजनीतिलाई जनताका लागि गलपासो बनाएर नेतालाई मन पराउने त कुरै भएन । अनि नेतै मन पर्दैन भने कसको सरकार, को मन्त्री भन्ने सवाल नै अलोकप्रिय हुने नै भयो । सरकार परिवर्तनमा सम्बन्धित सीमित कार्यकर्ताबाहेक कसैमा खुसी छाएको हुँदैन । नयाँ हुन् वा पुराना दल, तन्नेरी नेता हुन् वा पाका, जो नेता मन्त्री भए पनि केही हुँदैन भन्ने जनजनमा किन छाप परिरहेको छ ? नेपालको राजनीतिमा किन यति विघ्न नैराश्य छाएको छ ? पछिल्ला परिवर्तनले पनि किन जनतामा उत्साह भर्न सकेन ? पछिल्लो प्रचण्ड सरकारकै कुरा गरौँ । सरकार गठनपछि पाँच महिनासम्म प्रचण्ड सरकार मन्त्रिपरिषद् विस्तारमा अल्झियो । मन्त्रिपरिषद् विस्तार चल्दै गर्दा नीति तथा कार्यक्रम र वार्षिक बजेट जारी गर्‍यो । अर्थात् प्रचण्ड सरकारको पछिल्ला ११ महिनासम्म मन्त्रिपरिषद् विस्तार चलिरहेको थियो । त्यसपछि केही दिनसम्म मन्त्रीहरूले काम गर्दै थिए, मन्त्री फेरबदल गर्ने हल्ला चलिहाल्यो । अन्ततः २०८० फागुन २१ गते प्रधानमन्त्री प्रचण्डले सबै मन्त्री हटाए । अनि फेरि उही खेल सुरु भयो— मन्त्रिपरिषद् विस्तार । हुन त प्रधानमन्त्री पदमा उही व्यक्तिको निरन्तरता भएकाले कानुनतः यो कुनै सरकार परिवर्तन भएको मानिँदैन । संयुक्त सरकारका सहयात्री दलहरूमा आएको अलदबदल मात्र हो । यस कारण यो पनि मन्त्रिपरिषद्कै विस्तारित रूप हो ।प्रचण्डको नेतृत्वमा १४ महिना अवधिमा चारवटा साना–ठुला गठबन्धन भए । दुई ठुला गठबन्धन । १३ पटक मन्त्री मण्डल पुनर्गठन र थपथाप भएछन् । यो अवधिमा ४३ जना महानुभाव मन्त्री भइसके । तर, जनताको मनभित्र एउटा मन्त्रीको नाम अट्न सकेको छैन । आखिर किन मन्त्री भएर पनि त्यो व्यक्तिको नाम नेपाली समाजमा बिलाएर गइरहेको छ ?

संविधानले प्रधानमन्त्री प्रणालीलाई मजबुत बनाएको छ । नयाँ योजना एउटा मन्त्रालयले ल्याउनै सक्दैन । मन्त्रिपरिषद्बाट पास हुनुपर्छ र प्रधानमन्त्रीको अनिवार्य स्वीकृति चाहिन्छ ।

सन् १८९० ताका भारतको राजनीतिमा एउटा नाम निकै चर्चामा थियो । त्यो नाम अहिलेसम्म विश्वकै राजनीतिमा कहीँ न कहीँ जीवित छ— बाल गंगाधर तिलक । किन दुई शताब्दी नाघ्दा समेत तिलकको नाम अझै स्मरण छ ? यो राजनीति गर्नेका लागि एउटा शिक्षा हुन सक्छ । तिलकले त्यो मध्ययुगीन समयमा भारतमा हीन भावना हटाउन जागरण ल्याएका थिए । उनलाई उग्रवादीहरूले रुचाएनन् । हुन त उनलाई उल्टो उग्रवादीको आरोप लगाएर देश निकाला गरियो । केही समय उनले कंग्रेसमा रहेर राजनीति गरे । पछि कंग्रेसले कारबाही गरेर निष्कासन गरिदियो । बाहिरै बसेर पनि उनले भारत जोडो आन्दोलनलाई निरन्तरता दिएका थिए । जसरी अहिले राहुल गान्धीले यस्तै अभियान चलाएका छन् । सन् १९२० मा तिलकको मृत्यु भयो । यो अवधिमा न उनी मन्त्री भए, न कुनै प्रशासक । अहिले पनि स्वतन्त्र भारतको महात्मा गान्धीको असली पथप्रदर्शक बनेर बाल गंगाधर तिलक चिनिएका छन् । नेपालमा राजनीति गरेर सधैँ नाम चम्किनेछ भन्ने गलत भ्रम व्याप्त छ । झन् अहिलेको नयाँ पुस्तामा यो भ्रम बाक्लो छ । कार्ल माक्र्स, महात्मा गान्धीजस्ता कैयौँ व्यक्ति प्रधानमन्त्री, मन्त्री वा प्रशासक नभएरै शताब्दिऔँ जीवित छन् । समाजले योगदानलाई स्मरण गर्छ, पदलाई होइन ।

  • मन्त्री फेरिँदा किन उत्साह मर्दै छ ?

फलानो व्यक्ति मन्त्री भएछ । ओहो अब हाम्रा सुदिन आउने भए भन्ने कुनै नागरिकलाई एक रतिभर आस छैन । जो भए पनि यो मुलुकमा केही हुँदैन भन्ने सबैलाई स्पष्ट छ । यो यथार्थ पनि हो । किनकि, आज सरकारले विकास गरिरहेको छैन । सरकार विकास गर्न सक्दैन । विकास निर्माणको काम सेनालाई दिनुपरेको अवस्था छ । आज सेना बेल्चा र गैँटी चलाइरहेको छ । मानौँ सेनाले विकासमा शासन गरिरहेछ । आज सरकार एउटा नागरिकलाई काम दिन सक्दैन । यही कामको जोहो गर्न नागरिकले आफ्नै मेनपावर अड्डाहरू खडा गरेका छन् । मानौँ मेनपावर अड्डाले रोजगारको ठेक्का चलाइरहेछन् । नागरिकलाई आफ्नो काम आफैँ खोज्नुपर्ने बाध्यता छ । सरकारले उपचार दिँदैन । नागरिकले आफ्नो उपचार आफैँ गरे भने ऊ बाँच्यो नत्र अकालमा मर्‍यो । आज वीर अस्पतालअगाडि लागेका लामा–लामा लाइनमा कैयौँ नागरिक रोगसँग जुधिरहेछन् । स्वास्थ्यमा व्यापार चलेको छ । सेवा शून्य छ । सरकारले पढाउन सक्दैन । पैसा हुनेले पढ्यो नत्र पेट पाल्न बिदेसियो । शिक्षामा व्यापारीकरण जुवा खेल जसरी चलिरहेको छ । सबै नागरिकले यो जुवामा आफ्नो जीवन दाउमा हाल्न सक्दैनन् । सरकार व्यापार वा व्यवसाय गर्न हात दिँदैन । लात दिन्छ । केही दिनअघि प्रधानमन्त्री प्रचण्डले लात्ताले हान्दिछु भन्दै भाषण गरिरहेका थिए । व्यवसाय गर्नेलाई त सरकारले उल्टो ऋणको बोझ बोकाउँछ र जेल कोचिदिन्छ । यसैले व्यवसाय गर्नेहरू देशै छोडेर विदेशमा उद्यमी बन्न गइरहेका छन् । सबै दलले समाजवादको नारा घन्काए, तर कहिल्यै जनतामा समाजवाद आएन । कांग्रेज जुन बाटोमा हिँड्यो एमालेले त्यसलाई पछ्यायो, एमाले जता दौडियो माओवादी उतै कुद्यो । अन्य स–साना दलहरू यिनैका अनुयायी बने । दलहरूका नाम मात्र फरक भए, तर काम उही । हुन त व्यवस्था उही भएपछि सबै दल उस्तै देखिने नै भए । दलहरू पार्टी स्वार्थका लागि गलत राजनीति गर्छन् । यसैले जनताले नेतालाई विश्वास गर्न छाडे । नयाँ नयाँ नेता खोज्दै गए, तर जति नयाँ खोजे पनि अहिलेसम्म जनतामा उस्तै निराश व्याप्त छ । दलहरूले गलत गठबन्धन मात्र अभ्यास गरेनन्, नैतिकता तिलाञ्जली दिएर राजनीतिको सौदाबाजी गरेका विगतका उदाहरण छन् । जनतालाई दिने सेवा प्रवाह त कुरै छाडौँ, आफ्नै दललाई समेत नैतिकताबाट परपर पुर्‍याए ।

नयाँ हुन् वा पुराना दल, तन्नेरी नेता हुन् वा पाका, जो नेता मन्त्री भए पनि केही हुँदैन भन्ने जनजनमा किन छाप परिरहेको छ ? नेपालको राजनीतिमा किन यति विघ्न नैराश्य छाएको छ ? पछिल्ला परिवर्तनले पनि किन जनतामा उत्साह भर्न सकेन ?

२०५२ कात्तिक १७ गते राष्ट्रियसभा चुनावमा एमालेले राजेश्वर देवकोटालाई जिताएको थियो; हराएको थियो, युवराज ज्ञवालीलाई । यो सुन्दा अहिलेको पुस्ता अचम्मित हुन सक्छ । युवराज ज्ञवाली त एमालेकै हुन् । किन एमालेले नै हरायो होला ? यस्तो रौद्र राजनीति सौदाबाजीको बीजारोपण विगतमा भएको थियो । त्यतिबेला एमालेको नेतृत्वमा मिलिजुली सरकार थियो । पछि आफैँसँग मिलेको राप्रपालाई एमालेले नै टुक्र्याइदियो, ‘बलि दिनुअघि बोकालाई प्रसाद खुवाए’जस्तै यस्तो राजनीतिको अभ्यास आजपर्यन्त जीवित छ । अहिले प्रचण्ड सरकारले मन्त्री मण्डल पुनर्गठन गरे । कांग्रेसलाई फाले, एमालेलाई ल्याए । नयाँ दल रास्वपा पनि यसैमा मिसियो । प्रचण्ड यति चञ्चल छन्, के गरम–गरम छटपटी हुन्छ । विकास गरौँ, काम गरौँ, जनतालाई काम दिऔँ, शिक्षा स्वास्थ्य दिऔँ भन्ने उनीमा हुटहुटी छैन । १३–१४ पटक मन्त्रीमण्डल फेर्ने उनको कार्यशैली कति अस्थिर होला ? हरेक महिना मन्त्री फेर्दैमा समय बितिरहेछ । वर्तमान संविधानले समावेशितालाई केन्द्र भागमा राखेको छ । यसैका कारण सबै क्षेत्रबाट सांसद बन्ने अवसर राख्छ । फलस्वरूप एउटै पार्टीले डल्लै बहुमत ल्याउन कठिन छ । अहिलेको अंक गणित पनि यसैमा आधारित छ । मिलिजुली सरकार बनाउनु स्वाभाविक हो । शासन सञ्चालनमा यति धेरै अस्थिरता निम्त्याउनु भने कुनै सुखद लक्षण होइन । हुन त नयाँ दलका नयाँ मन्त्रीलाई लाग्ला, म केही नयाँ गरुँ तर यो सोच गलत छ । संविधानले प्रधानमन्त्री प्रणालीलाई मजबुत बनाएको छ । नयाँ योजना एउटा मन्त्रालयले ल्याउनै सक्दैन । मन्त्रिपरिषद्बाट पास हुनुपर्छ र प्रधानमन्त्रीको अनिवार्य स्वीकृति चाहिन्छ । अन्य दल लोकप्रिय हुने भयले ग्रस्त हाम्रा फरक–फरक दलका फरक–फरक मन्त्रीहरूले यो सदासयता देखाउलान् भन्ने पत्याउन मुस्किल छ । किनकि विगतमा यसको तितो अनुभव नेपालको राजनीतिले भोगिसकेको छ । सन् १९७१ मा इन्दिरा गान्धीले कम्युनिस्टहरूलाई समेटेर एउटा संयुक्तमोर्चा बनाएकी थिइन् । पश्चिम बंगालदेखि पन्जाबसम्म विद्रोह गरेर आएका कम्युनिस्टहरू एकाएक कंग्रेससँग मोर्चाबन्दी गरेपछि एकैपटकमा ३५ लाख कार्यकर्ताले कम्युनिस्ट छाडेका थिए । पछि केही कम्युनिस्ट नेताले लामो समय शासन गर्ने अवसर पाए । कैयौँ मन्त्री भए । तर, सडकमा मागेर खाने बिचल्ली परिवारहरू लाखौँ थपिएका थिए । त्यसैले खराब राजनीतिक दाउपेच र सत्ता स्वार्थले हुने गठबन्धन कति घातक हुन्छ भन्ने हाम्रा छिमेकी मुलुकले पनि विगतमा भोगेको छ । झन् नेपालमा हुने नेतामुखी राजनीतिले त नागरिकमा अन्धकार मात्र छाएको छ । यसैले त जतिपटक मन्त्री मण्डल पुनर्गठन गरे पनि जनतालाई वास्ता हुँदैन । अनि किन सम्झन्छन् यस्ता मन्त्रीलाई ?

गुद्रुक ऑनलाइन

गुद्रुक ऑनलाइन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नागरिकता नियमावली संशोधनपछि म्याग्दीमा आमाको नामबाट नागरिकता

नागरिकता नियमावली संशोधनपछि म्याग्दीमा आमाको नामबाट नागरिकता

देउवा समूहको प्रभाव हट्दै, कांग्रेसको सामाजिक सञ्जाल सरेको संकेत

देउवा समूहको प्रभाव हट्दै, कांग्रेसको सामाजिक सञ्जाल सरेको संकेत

लोकतन्त्रको नाममा लाजको हत्या, कांग्रेसभित्रको टिकट तमासा : सुमन अधिकारी

लोकतन्त्रको नाममा लाजको हत्या, कांग्रेसभित्रको टिकट तमासा : सुमन अधिकारी

अमर प्रेमको कथा बोकेको ओमनाथ कडरियाको ‘अचानो’ सार्वजनिक

अमर प्रेमको कथा बोकेको ओमनाथ कडरियाको ‘अचानो’ सार्वजनिक

केपी ओलीको निर्वाचन क्षेत्रमा बढ्दै युवापुस्ताको आकर्षण, झापा–५ मा कांग्रेसबाट युवाको सिफारिस

केपी ओलीको निर्वाचन क्षेत्रमा बढ्दै युवापुस्ताको आकर्षण, झापा–५ मा कांग्रेसबाट युवाको सिफारिस

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

पुल मिडिया नेट्वर्क प्रा. लि द्वारा संचालित गुन्द्रुक अनलाइन डटकम
www.gundrukonline.com
सुरुची मार्ग, नयाँ बानेश्वर, काठमाण्डौैं, (नेपाल)
+९७७९८००००००००
इमेल:info@gundrukonline.com

हाम्रो टिम

  • अध्यक्ष/ सम्पादक : लक्ष्मण भुसाल
  • +९७७ ९८००००००००
    • कानूनी सल्लाहकार : ..................
    • +९७७ ९८००००००००
      • सम्वाददाता : पुस्पा पौडेल

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.

No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.