Home » ‘चरी वनमा’मा चन्द्रकुमार र कौशिलाको अभिनय
गायक–गायिका नकुल थापा, विष्णु थापा, राधिका गिरी र शान्ति पोखरेलको स्वर रहेको लोकदोहोरी गीत ‘चरी वनमा’ सार्वजनिक भएको छ । नकुल थापाको लय र विष्णु थापाको शब्द गीतमा छ ।राधिका गिरी र शान्ति पोखरेलको संयुक्त प्रस्तुतिमा तयार भएको गीतको भिडियो धर्मस्थलीका विभिन्न आकर्षक स्थानमा छायाङ्कन भएको छ । भिडियोमा चन्द्रकुमार श्रेष्ठ र कौशिला कार्कीको अलावा बाल कलाकार निश्चलजंग थापा र गृष्मा थापा मगरको अभिनय छ । भिडियोमा गायक गायिकालाई पनि लाइभ दोहोरी शैलीमा फिचर्ड गरिएको छ ।हुम गैरेको निर्देशन तथा सम्पादन रहेको भिडियोमा विकास भारतीको कोरीयोग्राफी, डेनिसको छायाँंकन छ । भिडियो विशाल मुभीले निर्माण गरेको हो ।पुल मिडिया नेट्वर्क प्रा. लि द्वारा संचालित गुन्द्रुक अनलाइन डटकम
www.gundrukonline.com
सुरुची मार्ग, नयाँ बानेश्वर, काठमाण्डौैं, (नेपाल)
+९७७९८००००००००
इमेल:info@gundrukonline.com
© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.
© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.