Home » विशेष अदालतले खोलिदियो ललिता निवासको जग्गा जफत हुनेलाई अर्को मुद्दा दायर गर्ने बाटो
बहुचर्चित ललिता निवास प्रकरणमा ७८ जनालाई दोषी ठहर गर्दै विशेष अदालतले कैद र जरिवानाको फैसला सुनायो भने ७५ जनाको जग्गा जफत भयो । अभियोग पत्रमा नाम जोडिएकामध्ये २१ जनाले सफाइ पाए । लगातार २३ दिनको सुनुवाइपछि बिहीबार न्यायाधीशत्रय डा. खुसीप्रसाद थारु, राम बहादुर थापा र रितेन्द्र थापाको इजलासले जग्गा जफत प्रयोजनका लागि मात्रै अभियोभपत्र दायर भएका ६५ व्यक्ति तथा संस्था र गैरकानुनी रूपमा जग्गा प्राप्ति गरेको भन्दै दायर भएका १० जनासमेत गरी ७५ जनाको जग्गा जफत हुने फैसला सुनायो । सट्टा भर्नामार्फत जग्गा प्राप्त गर्ने १० जनाले पनि गैरकानुनी लाभ लिएको भन्दै मुद्दा दायर भएकोमा अदालतले उनीहरूको जग्गा जफत हुने फैसला सुनायो, तर सजायबाट उन्मुक्ति दियो ।सुनीति राणा, शैलजा राणा, हेमन शम्शेर, हाटक शम्शेर र रुक्म शमशेरले प्राप्त गरेका जग्गाहरू भ्रष्टाचारबाट हक प्राप्त गरेको ठहर भई ती जग्गाहरू भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ४७ बमोजिम जफत हुने फैसलामा उल्लेख छ । त्यही जग्गाबाट पछि सोही जग्गा खरिद गरी राजीनामा वा बकस पत्र मार्फत हक प्राप्त गरेका मोही लगायतको जग्गा पनि जफत हुने फैसला सुनाउँदै उनीहरूले आफ्नो थैली बिक्रेतासँग नै दाबी गर्न र त्यसका लागि छुट्टै मुद्दा लैजान सक्ने बाटो भने खोलिएको छ ।पुल मिडिया नेट्वर्क प्रा. लि द्वारा संचालित गुन्द्रुक अनलाइन डटकम
www.gundrukonline.com
सुरुची मार्ग, नयाँ बानेश्वर, काठमाण्डौैं, (नेपाल)
+९७७९८००००००००
इमेल:info@gundrukonline.com
© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.
© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.