Gundruk Online
Friday, March 6, 2026
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
Gundruk Online
No Result
View All Result

Home » कार्यालय सहयोगीमा इन्जिनियर र स्टाफ नर्सको आवेदन !

कार्यालय सहयोगीमा इन्जिनियर र स्टाफ नर्सको आवेदन !


कार्यालय सहयोगीमा इन्जिनियर र स्टाफ नर्सको आवेदन !
 मोरङको कानेपोखरी गाउँपालिकाले ६ जना कार्यालय सहयोगीको माग भए पनि आवेदन भने १३२ जनाको परेको छ । जसमा ओभरसियर, स्टाफ नर्स, स्नातक पास गरेका, सब इन्जिनियर, कृषि भेटेरिनरीले पनि आवेदन दिएको पालिकाले जनाएको छ । गाउँपालिकाले गत पुस २६ गते एक सूचना प्रकाशित गरी कार्यालय सहयोगी पदमा आवेदन पेस गर्न आव्हान गरेको थियो । उक्त आवेदन अनुसार १३० जनाको आवेदन रितपूर्वक भएको र २ जनाको बदर भएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत गोविन्द प्रसाद फुयाँलले जानकारी दिए ।पालिकाले गाउँपालिका अन्तर्गतको २ वटा स्वास्थ्य चौकी र आधारभूत स्वास्थ्य सेवा केन्द्र ४ वटाको लागि ६ जना कार्यालय सहयोगीका लागि आवेदन दिन आव्हान गरेको थियो । जसको योग्यता एसएलसी वा एसइई वा सो सरह हुनुपर्ने उल्लेख छ । यस्तै स्थानीय, तोकिएको योग्यता भन्दा माथिल्लो शैक्षिक योग्यता भएको, कम्प्युटरको ज्ञान भएको र ड्राइभिङ लाइसेन्स भएकोलाई प्राथमिकता दिने पालिकाले जनाएको थियो । फुयलले शैक्षिक योग्यता र प्राथमिकतामा केही कडाइ गरेको कारण कम आवेदन परेको बताए । ‘हामीले मापदण्डमा अलिक टाइट गरेका थियौँ नभए आवेदकको सङ्ख्या २ सय नाघ्न सक्थ्यो,’ फुयाँलले भने । उनले अझै पनि धेरैको आवेदन परेको कारण छनौट गर्न समस्या देखिएको बताए । ‘कार्यालय सहयोगीको लागि कडा मापदण्ड बनाउने कुरा पनि भएन । तर, छनौट समितिले योग्य मान्छे कसरी नियुक्ति गर्ने भन्ने विषय टुङ्गो लगाउँछ । विषय भने सहज छैन,’ उनले भने, ‘सङ्ख्या बढी भएकोले कसलाई छान्ने । गाह्रो छ ।’ उनले परीक्षा लिखित गर्ने कि के गर्ने भन्ने विषयमा निर्णय गरिनसकेको पनि जनाए । ‘प्रतिस्पर्धा धेरै छ । नर्स, ब्याचलर गरेका मान्छे छन् । सब इन्जिनियर, कृषि भेटेरिनरी पढेका मानिसहरूले पनि आवेदन दिएका छन्,’ उनले भने, ‘सायद लिखित नै गर्नुपर्छ होला । नत्र मान्छे छान्न गाह्रो छ । के गर्ने भन्ने विषयको टुङ्गो लागेको छैन ।’ फुयाँलका अनुसार १ वर्षे अवधिको लागि माग गरिएको कार्यालय सहयोगीको मासिक तलब सुविधा २४ हजार हाराहारीको छ । कार्यालय सहयोगी भने पनि कार्यालय सहयोगीको मात्रै काम गर्नुपर्ने अवस्था नरहेको उनले बताए । सरकारले कम्प्युटर अपरेटर पद खारेज गरेपछि त्यो पदमा काम गर्नेहरू आव्हान गर्दा पनि कार्यालय सहयोगीकै माग गर्नुपरेको पालिकाहरूले बताउने गरेका छन् ।
गुद्रुक ऑनलाइन

गुद्रुक ऑनलाइन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नागरिकता नियमावली संशोधनपछि म्याग्दीमा आमाको नामबाट नागरिकता

नागरिकता नियमावली संशोधनपछि म्याग्दीमा आमाको नामबाट नागरिकता

देउवा समूहको प्रभाव हट्दै, कांग्रेसको सामाजिक सञ्जाल सरेको संकेत

देउवा समूहको प्रभाव हट्दै, कांग्रेसको सामाजिक सञ्जाल सरेको संकेत

लोकतन्त्रको नाममा लाजको हत्या, कांग्रेसभित्रको टिकट तमासा : सुमन अधिकारी

लोकतन्त्रको नाममा लाजको हत्या, कांग्रेसभित्रको टिकट तमासा : सुमन अधिकारी

अमर प्रेमको कथा बोकेको ओमनाथ कडरियाको ‘अचानो’ सार्वजनिक

अमर प्रेमको कथा बोकेको ओमनाथ कडरियाको ‘अचानो’ सार्वजनिक

केपी ओलीको निर्वाचन क्षेत्रमा बढ्दै युवापुस्ताको आकर्षण, झापा–५ मा कांग्रेसबाट युवाको सिफारिस

केपी ओलीको निर्वाचन क्षेत्रमा बढ्दै युवापुस्ताको आकर्षण, झापा–५ मा कांग्रेसबाट युवाको सिफारिस

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

पुल मिडिया नेट्वर्क प्रा. लि द्वारा संचालित गुन्द्रुक अनलाइन डटकम
www.gundrukonline.com
सुरुची मार्ग, नयाँ बानेश्वर, काठमाण्डौैं, (नेपाल)
+९७७९८००००००००
इमेल:info@gundrukonline.com

हाम्रो टिम

  • अध्यक्ष/ सम्पादक : लक्ष्मण भुसाल
  • +९७७ ९८००००००००
    • कानूनी सल्लाहकार : ..................
    • +९७७ ९८००००००००
      • सम्वाददाता : पुस्पा पौडेल

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.

No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.