Home » सिनियर टोलीबाट सूर्य तामाङले लिए पहिलो विकेट
सूर्य तामाङले सिनियर टोलीबाट पहिलो विकेट लिएका छन् । उनले कीर्तिपुरमा जारी क्यानडाविरुद्धको दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा विकेट लिएका हुन् ।उनले आफ्नो पहिलो विकेटका रुपमा क्यानडाका हर्ष ठाकेरलाई पेभेलियन फर्काएका हुन् । उनले हर्षलाई विकेटकिपर आसिफ शेखद्वारा क्याच गराए । पेभेलियन फर्किनुअघि हर्षले ६ रन बनाएका थिए । ३४.५ ओभरमा हर्ष आउट हुँदा क्यानडाले पाँच विकेट गुमाएर एक सय ९३ रन बनाएको छ ।पुल मिडिया नेट्वर्क प्रा. लि द्वारा संचालित गुन्द्रुक अनलाइन डटकम
www.gundrukonline.com
सुरुची मार्ग, नयाँ बानेश्वर, काठमाण्डौैं, (नेपाल)
+९७७९८००००००००
इमेल:info@gundrukonline.com
© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.
© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.