Gundruk Online
Thursday, May 28, 2026
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
Gundruk Online
No Result
View All Result

Home » बाबियाचौरमा स्वास्थ्य चौकी भवन निर्माण

बाबियाचौरमा स्वास्थ्य चौकी भवन निर्माण


बाबियाचौरमा स्वास्थ्य चौकी भवन निर्माण
म्याग्दीको मङ्गला गाउँपालिका–२ बाबियाचौरको रणवाङमा स्वास्थ्य चौकीको भवन निर्माण भएको छ । गण्डकी प्रदेश सरकारको विशेष अनुदानमा गाउँपालिकाले भूकम्प प्रतिरोधी क्षमताको अपाङ्गतामैत्री भवन निर्माण गरेको हो । दुईतले नौकोठे भवन निर्माण भएको मङ्गला गाउँपालिका–२ का वडाध्यक्ष धनबहादुर खातीले जानकारी दिए ।“बाबियाचौर स्वास्थ्य चौकी स्थापनाकालदेखि नै सहश्रधारामा रहेको सामुदायिक भवनको एउटा साँघुरो कोठाबाट सञ्चालन हुँदै आएको थियो”, उनले भने, “निर्माण व्यवसायीले हस्तान्तरण गरिसकेको भवनमा विद्युत् जडान गरेर केही दिनमै प्रयोगमा ल्याउने तयारीमा छौँ ।”भवनमा बिरामी उपचार, प्रशासन, औषधि भण्डारण, बैठक हल, सहायता कक्ष र स्वास्थ्यकर्मीको आवास रहेको छ । भवन निर्माणका लागि विसं २०७८ माघ २० गते ग्राण्ड–खाम्पाचे एसके जेभी काठमाडौँसँग रु एक करोड ४९ लाख २८ हजार तीन सय ७२ मा ठेक्का सम्झौता भएको छ ।भेरियसन अर्डर गर्दा लागत घटेर रु एक करोड ४३ लाख भएको भवनको ९२ प्रतिशत भौतिक प्रगति भएको र रु एक करोड ३० लाखमात्र भुक्तानी भएको गाउँपालिकाका सबइन्जिनियर विपिन आचार्यले बताए ।“मूल्याङ्कनका क्रममा डिजाइनअनुसारको सबै संरचना निर्माण नगरेकाले भुक्तानीका क्रममा रकम घटाएको हो”, उनले भने, “दुई वर्षको ठेक्का अवधिभित्रै भवन निर्माण सकिएको छ ।” भवन परिसरमा घेराबार र प्रवेशद्वार निर्माणको काम बाँकी छ ।रणवाङका ललितबहादुर मल्ल, डम्मरबहादुर मल्ल, होमबहादुर सेन, तिलकबहादुर सिंह, भगवान सुवेदी र स्व मातृकाप्रसाद गौचनले स्वास्थ्य चौकीको भवन बनाउन पाँच रोपनी जग्गा उपलब्ध गराएको वडाध्यक्ष खातीले बताए ।यसअघि अस्थायी र साँघुरो भवनबाट स्वास्थ्य चौकी सञ्चालन हुँदै आएको थियो । नयाँ भवन निर्माण भएपछि सेवा प्रवाह सहज हुने स्वास्थ्य चौकीका प्रमुख बालकृष्ण शर्माले बताए । पाँचवटा वडा रहेको मङ्गलाको चारवटा वडाको स्वास्थ्य चौकीको सुविधासम्पन्न भवन बनेको छ । वडा नं ५ को अर्मन स्वास्थ्य चौकीको भवन सङ्घीयताअघि नै निर्माण भएको थियो । वडा नं ३ को बरङ्जा र वडा नं १ कुहुँको स्वास्थ्य चौकी भवन अघिल्लो कार्यकालमा निर्माण भएको हो ।हाल बुकेनीस्थित वडा नं ४ को भवनबाट सञ्चालन भइरहेको सामुदायिक स्वास्थ्य एकाइलाई स्वास्थ्य चौकीमा स्तरोन्नति गर्ने र भवन बनाउन पहल गरिएको गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले बताए ।
गुद्रुक ऑनलाइन

गुद्रुक ऑनलाइन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नागरिकता नियमावली संशोधनपछि म्याग्दीमा आमाको नामबाट नागरिकता

नागरिकता नियमावली संशोधनपछि म्याग्दीमा आमाको नामबाट नागरिकता

देउवा समूहको प्रभाव हट्दै, कांग्रेसको सामाजिक सञ्जाल सरेको संकेत

देउवा समूहको प्रभाव हट्दै, कांग्रेसको सामाजिक सञ्जाल सरेको संकेत

लोकतन्त्रको नाममा लाजको हत्या, कांग्रेसभित्रको टिकट तमासा : सुमन अधिकारी

लोकतन्त्रको नाममा लाजको हत्या, कांग्रेसभित्रको टिकट तमासा : सुमन अधिकारी

अमर प्रेमको कथा बोकेको ओमनाथ कडरियाको ‘अचानो’ सार्वजनिक

अमर प्रेमको कथा बोकेको ओमनाथ कडरियाको ‘अचानो’ सार्वजनिक

केपी ओलीको निर्वाचन क्षेत्रमा बढ्दै युवापुस्ताको आकर्षण, झापा–५ मा कांग्रेसबाट युवाको सिफारिस

केपी ओलीको निर्वाचन क्षेत्रमा बढ्दै युवापुस्ताको आकर्षण, झापा–५ मा कांग्रेसबाट युवाको सिफारिस

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

पुल मिडिया नेट्वर्क प्रा. लि द्वारा संचालित गुन्द्रुक अनलाइन डटकम
www.gundrukonline.com
सुरुची मार्ग, नयाँ बानेश्वर, काठमाण्डौैं, (नेपाल)
+९७७९८००००००००
इमेल:info@gundrukonline.com

हाम्रो टिम

  • अध्यक्ष/ सम्पादक : लक्ष्मण भुसाल
  • +९७७ ९८००००००००
    • कानूनी सल्लाहकार : ..................
    • +९७७ ९८००००००००
      • सम्वाददाता : पुस्पा पौडेल

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.

No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.