Gundruk Online
Sunday, September 20, 2026
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
Gundruk Online
No Result
View All Result

Home » पहिलो टेस्ट क्रिकेट : न्युजिल्यान्डले २८१ रनले हरायो दक्षिण अफ्रिकालाई

पहिलो टेस्ट क्रिकेट : न्युजिल्यान्डले २८१ रनले हरायो दक्षिण अफ्रिकालाई


पहिलो टेस्ट क्रिकेट : न्युजिल्यान्डले २८१ रनले हरायो दक्षिण अफ्रिकालाई
घरेलु टोली न्युजिल्यान्डले पहिलो टेस्ट क्रिकेटमा दक्षिण अफ्रिकालाई दुई सय ८१ रनको विशाल अन्तरले हराएको छ । न्युजिल्यान्डले भ्रमणकारी टोली दक्षिण अफ्रिकालाई चौथो दिन बुधबार नै पराजयको नमिठो स्वाद चखाएको हो । जितसँगै न्युजिल्यान्डले दुई टेस्टको शृंखलामा १–० को अग्रता पनि हासिल गरेको छ ।न्युजिल्यान्डले दिएको दिएको पाँच सय २९ रनको विशाल लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको दक्षिण अफ्रिका आफ्नो दोस्रो पालीमा केवल दुई सय ४७ रन बनाउँदै अलआउट भयो । दोस्रो पालीमा दक्षिण अफ्रिकाका लागि डेभिड बेडिङ्घमले सर्वाधिक ८७ रन बनाए । उनले ९६ बलको सामना गरी तीन छक्का र १३ चौका पनि हिर्काए ।दक्षिण अफ्रिकाका अन्य ब्याट्सम्यानले अर्धशतकसम्म बनाउन सकेनन् । दोस्रो पालीमा न्युजिल्यान्डका बलर केइले जामिसनले चार विकेट लिए । मिचेल सान्टनरले पनि तीन विकेट हात पारे । टिम साउथी, म्याट हेनरी र ग्लेन फिलिप्सले एक–एक विकेट लिए ।त्यसअघि न्युजिल्यान्डले चार विकेटको नोक्सानीमा एक सय ७९ रन बनाउँदै दोस्रो पाली समाप्तिको घोषणा गरेको थियो । तेस्रो दिनको खेल सकिँदा नै किविज टोलीले त्यो रन बनाएको थियो । तेस्रो दिनको खेल सकिँदा घरेलु टोली न्युजिल्यान्डले दक्षिण अफ्रिकासँग पाँच सय २८ रनको अग्रता हासिल गरिसकेको थियो ।न्युजिल्यान्डका लागि अनुभवी ब्याट्सम्यान केन विलियम्सनले दोस्रो पालीमा पनि शतक प्रहार गरेका थिए । तेस्रो नम्बरमा क्रिज समाल्न आएका विलियम्सनले एक सय नौ रन बनाए । उनले एक सय ३२ बलको सामना गरी एक छक्का र १२ चौका पनि हिर्काए । ३३ वर्षीय विलियम्सनले टेस्ट क्रिकेटमा बनाएको यो ३१ औँ शतक हो । विलियम्सनले यसअघि पहिलो पालीमा पनि एक सय १८ रन बनाएका थिए ।दोस्रो पालीमा ओपनर डेभोन कनवे २९ रन बनाउँदै आउट भएका थिए । अर्का ओपनर टम लाथम भने तीन रनमै पेभेलियन फर्किएका थिए । पहिलो पालीमा दोहोरो शतक बनाएका युवा ब्याट्सम्यान रचिन रविन्द्र पनि ११ रनभन्दा अगाडि बढ्न सकेनन् ।रचिनले पहिलो पालीमा दुई सय ४० रन बनाएका थिए । तेस्रो दिनको खेल सकिँदा ड्यारल मिचेल अविजित ११ र विकेटकिपर ब्याट्सम्यान टम ब्लन्डेल अविजित पाँच रन बनाउँदै क्रिजमा थिए । दोस्रो पालीमा दक्षिण अफ्रिकी बलर निल ब्रान्डले दुई तथा डेन प्याटर्सन र रुन डे स्वार्टले एक–एक विकेट लिएका थिए ।त्यसअघि भ्रमणकारी टोली दक्षिण अफ्रिका आफ्नो पहिलो पालीमा केवल एक सय ६२ रन बनाउँदै अलआउट भएको थियो । दक्षिण अफ्रिकाका कुनै पनि ब्याट्सम्यानले अर्धशतकसम्म बनाउन सकेका थिएनन् । किगन पिटर्सनले सर्वाधिक ४५ रन बनाए ।डेभिड बेडिङ्घम ३२ र ओपनर एडवार्ड मुरे २३ रन बनाउँदै पेभेलियन फर्किए । जुबेर हमजाले २२ रन बटुले । दोस्रो पालीमा किविज टोलीका बलर मिचेल सान्टनर र म्याट हेनरीले तीन–तीन विकेट लिए । कायले जामिसन र रचिन रविन्द्रले पनि दुई–दुई विकेट हात पारे ।त्यसअघि टस हारी पहिले ब्याटिङको निम्तो पाएको न्युजिल्यान्डले आफ्नो पहिलो पालीमा पाँच सय ११ रनको विशाल योगफल तयार पारेको थियो । न्युजिल्यान्डले पहिलो पालीमा एक सय ४४ ओभर ब्याटिङ गरेको थियो ।न्युजिल्यान्डका लागि युवा ब्याट्सम्यान रचिन रविन्द्रले दोहोरो अर्धशतक प्रहार गरेका थिए । २४ वर्षीय युवा खेलाडी रचिनले टेस्ट क्रिकेटमा बनाएको यो पहिलो दोहोरो शतक हो । यसअघि टेस्ट क्रिकेटमा उनको उच्च स्कोर अविजित १८ रनमात्र थियो ।न्युजिल्यान्डका लागि अर्का ओपनर केन विलियम्सनले पनि शतकीय पाली खेलेका थिए । केवल ३९ रनमा दुबै ओपनर ब्याट्सम्यानलाई गुमाएको न्युजिल्यान्डको स्कोरलाई त्यसपछि विलियम्सन र रचिनले दुई सय ७१ रनको बलियो स्थितिसम्म पु¥याएका थिए ।पहिलो पालीमा दक्षिण अफ्रिकाका बलर निल ब्रान्ड एक्लैले ६ विकेट लिएका थिए । उनले २६ ओभरमा एक मेडन राख्दै एक सय १९ रन खर्चिएका थिए । पहिलो टेस्टमा न्युजिल्यान्डका रचिन रविन्द्र प्लेयर अफ दी म्याच घोषित भए । त्यसअघि न्युजिल्यान्डले चार विकेटको नोक्सानीमा एक सय ७९ रन बनाउँदै दोस्रो पाली समाप्तिको घोषणा गरेको थियो । तेस्रो दिनको खेल सकिँदा नै किविज टोलीले त्यो रन बनाएको थियो । तेस्रो दिनको खेल सकिँदा घरेलु टोली न्युजिल्यान्डले दक्षिण अफ्रिकासँग पाँच सय २८ रनको अग्रता हासिल गरिसकेको थियो ।न्युजिल्यान्डका लागि अनुभवी ब्याट्सम्यान केन विलियम्सनले दोस्रो पालीमा पनि शतक प्रहार गरेका थिए । तेस्रो नम्बरमा क्रिज समाल्न आएका विलियम्सनले एक सय नौ रन बनाए । उनले एक सय ३२ बलको सामना गरी एक छक्का र १२ चौका पनि हिर्काए । ३३ वर्षीय विलियम्सनले टेस्ट क्रिकेटमा बनाएको यो ३१ औँ शतक हो । विलियम्सनले यसअघि पहिलो पालीमा पनि एक सय १८ रन बनाएका थिए ।दोस्रो पालीमा ओपनर डेभोन कनवे २९ रन बनाउँदै आउट भएका थिए । अर्का ओपनर टम लाथम भने तीन रनमै पेभेलियन फर्किएका थिए । पहिलो पालीमा दोहोरो शतक बनाएका युवा ब्याट्सम्यान रचिन रविन्द्र पनि ११ रनभन्दा अगाडि बढ्न सकेनन् ।रचिनले पहिलो पालीमा दुई सय ४० रन बनाएका थिए । तेस्रो दिनको खेल सकिँदा ड्यारल मिचेल अविजित ११ र विकेटकिपर ब्याट्सम्यान टम ब्लन्डेल अविजित पाँच रन बनाउँदै क्रिजमा थिए । दोस्रो पालीमा दक्षिण अफ्रिकी बलर निल ब्रान्डले दुई तथा डेन प्याटर्सन र रुन डे स्वार्टले एक–एक विकेट लिएका थिए ।त्यसअघि भ्रमणकारी टोली दक्षिण अफ्रिका आफ्नो पहिलो पालीमा केवल एक सय ६२ रन बनाउँदै अलआउट भएको थियो । दक्षिण अफ्रिकाका कुनै पनि ब्याट्सम्यानले अर्धशतकसम्म बनाउन सकेका थिएनन् । किगन पिटर्सनले सर्वाधिक ४५ रन बनाए ।डेभिड बेडिङ्घम ३२ र ओपनर एडवार्ड मुरे २३ रन बनाउँदै पेभेलियन फर्किए । जुबेर हमजाले २२ रन बटुले । दोस्रो पालीमा किविज टोलीका बलर मिचेल सान्टनर र म्याट हेनरीले तीन–तीन विकेट लिए । कायले जामिसन र रचिन रविन्द्रले पनि दुई–दुई विकेट हात पारे ।त्यसअघि टस हारी पहिले ब्याटिङको निम्तो पाएको न्युजिल्यान्डले आफ्नो पहिलो पालीमा पाँच सय ११ रनको विशाल योगफल तयार पारेको थियो । न्युजिल्यान्डले पहिलो पालीमा एक सय ४४ ओभर ब्याटिङ गरेको थियो ।न्युजिल्यान्डका लागि युवा ब्याट्सम्यान रचिन रविन्द्रले दोहोरो अर्धशतक प्रहार गरेका थिए । २४ वर्षीय युवा खेलाडी रचिनले टेस्ट क्रिकेटमा बनाएको यो पहिलो दोहोरो शतक हो । यसअघि टेस्ट क्रिकेटमा उनको उच्च स्कोर अविजित १८ रनमात्र थियो ।न्युजिल्यान्डका लागि अर्का ओपनर केन विलियम्सनले पनि शतकीय पाली खेलेका थिए । केवल ३९ रनमा दुबै ओपनर ब्याट्सम्यानलाई गुमाएको न्युजिल्यान्डको स्कोरलाई त्यसपछि विलियम्सन र रचिनले दुई सय ७१ रनको बलियो स्थितिसम्म पु¥याएका थिए ।पहिलो पालीमा दक्षिण अफ्रिकाका बलर निल ब्रान्ड एक्लैले ६ विकेट लिएका थिए । उनले २६ ओभरमा एक मेडन राख्दै एक सय १९ रन खर्चिएका थिए । पहिलो टेस्टमान्युजिल्यान्डका रचिन रविन्द्र प्लेयर अफ दी म्याच घोषित भए ।
गुद्रुक ऑनलाइन

गुद्रुक ऑनलाइन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

जनकपुरमा शहीद स्मृति कार्यक्रम, मधेशको अबको बाटोबारे बहस

जनकपुरमा शहीद स्मृति कार्यक्रम, मधेशको अबको बाटोबारे बहस

३१३ रनको विशाल लक्ष्य, नेपालले चुम्यो प्रिमियर कपको उपाधि

३१३ रनको विशाल लक्ष्य, नेपालले चुम्यो प्रिमियर कपको उपाधि

ब्रिक्स शिखर सम्मेलनमा मोदी, पुटिन र सीको ‘एकता प्रदर्शन’

ब्रिक्स शिखर सम्मेलनमा मोदी, पुटिन र सीको ‘एकता प्रदर्शन’

रिजवान अन्सारीको दाबी– ‘साझा चुनाव चिह्न चुनावी तालमेल मात्रै होइन, स्थायी एकताको आधार हो’

रिजवान अन्सारीको दाबी– ‘साझा चुनाव चिह्न चुनावी तालमेल मात्रै होइन, स्थायी एकताको आधार हो’

सागरमाथा अञ्चल मै गुणस्तरीयताको ब्रान्ड बन्दै माखन भोग

सागरमाथा अञ्चल मै गुणस्तरीयताको ब्रान्ड बन्दै माखन भोग

नागरिकता नियमावली संशोधनपछि म्याग्दीमा आमाको नामबाट नागरिकता

नागरिकता नियमावली संशोधनपछि म्याग्दीमा आमाको नामबाट नागरिकता

पुल मिडिया नेट्वर्क प्रा. लि द्वारा संचालित गुन्द्रुक अनलाइन डटकम
www.gundrukonline.com
सुरुची मार्ग, नयाँ बानेश्वर, काठमाण्डौैं, (नेपाल)
+९७७९८००००००००
इमेल:info@gundrukonline.com

हाम्रो टिम

  • अध्यक्ष/ सम्पादक : लक्ष्मण भुसाल
  • +९७७ ९८००००००००
    • कानूनी सल्लाहकार : ..................
    • +९७७ ९८००००००००
      • सम्वाददाता : पुस्पा पौडेल

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.

No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.