Gundruk Online
Saturday, September 19, 2026
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
Gundruk Online
No Result
View All Result

Home » एकता महाधिवेशनमा जानेबारे नेसपामा विवाद, बाबुरामलाई बहुमतको चेतावनी

एकता महाधिवेशनमा जानेबारे नेसपामा विवाद, बाबुरामलाई बहुमतको चेतावनी


एकता महाधिवेशनमा जानेबारे नेसपामा विवाद, बाबुरामलाई बहुमतको चेतावनी
 नेपाल समाजवादी पार्टीभित्र माओवादी केन्द्रसँग एकताको महाधिवेशन गर्ने कि पार्टीको महाधिवेशन गर्ने भन्ने विषयमा मतभेद देखिएको छ । माओवादीसँग पार्टी एकता गर्न अध्यक्ष बाबुराम भट्टराई पक्ष अनिच्छुक देखिएपछि पार्टी एकता सम्बन्धमा छलफल गर्न मङ्सिरको पहिलो साता नेसपाको केन्द्रीय समिति बैठक बसेको थियो । बैठकमा अर्का अध्यक्ष महिन्द्र राय यादवको चर्को दबाबपछि भट्टराई एकता समायोजन समिति गठन गर्न तयार भएका थिए । अन्ततः माओवादीसँग एकता गर्न भट्टराईकै नेतृत्वमा समायोजन समिति बनेको थियो । जसमा महिन्द्रसहित सहअध्यक्ष गङ्गा श्रेष्ठ, उपाध्यक्ष दुर्गा सोव र महासचिव रमेशप्रसाद यादव सदस्य रहेका छन् ।तर पछिल्लो समय भट्टराईले एकता महाधिवेशन गर्न तयार नदेखिएपछि  केन्द्रीय कार्यकारिणी बैठकले वारपार गर्ने महिन्द्र पक्षका नेताहरूले दाबी गरेका छन् । भट्टराई एकता महाधिवेशन गर्ने भन्दा पनि पार्टीको महाधिवेशन गर्ने अडानमा रहेका छन् । एकता महाधिवेशनमा जान नमाने बहुमतले निर्णय गर्ने एक नेताले रातोपाटीलाई बताए ।‘बाबुरामजी एकता महाधिवेशनमा जान चाहरिनुभएको छैन । नेता तथा कार्यकर्ताहरू पार्टीबाट पलायन भइसके । उहाँ पार्टीको महाधिवेशन गर्ने अडानमा हुनुहुन्न’, ती नेताले भने, ‘आजको केन्द्रीय कार्यकारिणी बैठकमा क्लियर हुन्छ । जे हुन्छ त्यो हुन्छ । बाबुरामजी मान्नुभएन भने हामी छुट्टै बैठक बसेर जान्छौँ । सधैँ ल्याङल्याङ पाराले चल्दैन ।’माओवादीसँग तत्काल पार्टी एकता गरेर जाने पक्षमा महिन्द्रसहित सहअध्यक्ष गङ्गा श्रेष्ठ, महासचिव रमेशप्रसाद यादव लगायत नेताहरू रहेका छन् । गत वर्ष निर्वाचनअघि दुई पार्टीबिच एकता गर्ने सहमति भएको थियो । तर बाबुरामलाई थाहै नदिई माओवादीसहित चार दलीय समाजवादी मोर्चा गठन गरेपछि उनी असन्तुष्ट रहँदै आएका छन् । असोजको अन्तिम साता नेसपाका अध्यक्ष महिन्द्रलाई माओवादीले गरेको पत्राचारबाट भट्टराई प्रचण्डसँग थप सशङ्कित देखिएका छन् । यसै विषयको हल खोज्न नेसपाले शुक्रबार केन्द्रीय कार्यकारिणी बैठक र शनिबार केन्द्रीय समिति बैठक बोलाएको हो । यता माओवादीले पार्टी एकताका लागि नेसपामाथि लगातार दबाब बढाएका छन् । गत वर्ष माओवादीको चुनाव चिन्हबाट महिन्द्र प्रतिनिधिसभा सदस्य निर्वाचित छन् । गङ्गा बागमती प्रदेश सभा सदस्य निर्वाचित भएका छन् । महिन्द्र अहिले प्रचण्ड सरकारमा खानेपानी मन्त्री छन् भने गङ्गा बागमती प्रदेशका आन्तरिक मामिला मन्त्री छन् ।त्यस्तै पुस २८ मा बसेको माओवादी केन्द्रको स्थायी समिति बैठकले एकता समिति गठन गर्ने निर्णय गरिसकेको छ । आवश्यकता अनुसार समितिमा अध्यक्ष पुष्पकमल दाहालले नेतृत्व गर्ने गरी पुरानै वार्ता समितिलाई यथावत् राखिएको छ । जसमा उपाध्यक्ष कृष्णबहादुर महरा, महासचिव देव गुरुङ, उपमहासचिव त्रय गिरिराजमणि पोखरेल, जनार्दन शर्मा र शक्तिबहादुर बस्नेत रहेका छन् ।
गुद्रुक ऑनलाइन

गुद्रुक ऑनलाइन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

जनकपुरमा शहीद स्मृति कार्यक्रम, मधेशको अबको बाटोबारे बहस

जनकपुरमा शहीद स्मृति कार्यक्रम, मधेशको अबको बाटोबारे बहस

३१३ रनको विशाल लक्ष्य, नेपालले चुम्यो प्रिमियर कपको उपाधि

३१३ रनको विशाल लक्ष्य, नेपालले चुम्यो प्रिमियर कपको उपाधि

ब्रिक्स शिखर सम्मेलनमा मोदी, पुटिन र सीको ‘एकता प्रदर्शन’

ब्रिक्स शिखर सम्मेलनमा मोदी, पुटिन र सीको ‘एकता प्रदर्शन’

रिजवान अन्सारीको दाबी– ‘साझा चुनाव चिह्न चुनावी तालमेल मात्रै होइन, स्थायी एकताको आधार हो’

रिजवान अन्सारीको दाबी– ‘साझा चुनाव चिह्न चुनावी तालमेल मात्रै होइन, स्थायी एकताको आधार हो’

सागरमाथा अञ्चल मै गुणस्तरीयताको ब्रान्ड बन्दै माखन भोग

सागरमाथा अञ्चल मै गुणस्तरीयताको ब्रान्ड बन्दै माखन भोग

नागरिकता नियमावली संशोधनपछि म्याग्दीमा आमाको नामबाट नागरिकता

नागरिकता नियमावली संशोधनपछि म्याग्दीमा आमाको नामबाट नागरिकता

पुल मिडिया नेट्वर्क प्रा. लि द्वारा संचालित गुन्द्रुक अनलाइन डटकम
www.gundrukonline.com
सुरुची मार्ग, नयाँ बानेश्वर, काठमाण्डौैं, (नेपाल)
+९७७९८००००००००
इमेल:info@gundrukonline.com

हाम्रो टिम

  • अध्यक्ष/ सम्पादक : लक्ष्मण भुसाल
  • +९७७ ९८००००००००
    • कानूनी सल्लाहकार : ..................
    • +९७७ ९८००००००००
      • सम्वाददाता : पुस्पा पौडेल

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.

No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.