Gundruk Online
Thursday, May 28, 2026
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
Gundruk Online
No Result
View All Result

Home » प्रथम महिलाको डियोर ब्यागका कारण दक्षिण कोरियाको राजनीति तरङ्गित

प्रथम महिलाको डियोर ब्यागका कारण दक्षिण कोरियाको राजनीति तरङ्गित


प्रथम महिलाको डियोर ब्यागका कारण दक्षिण कोरियाको राजनीति तरङ्गित
 दक्षिण कोरियाकी प्रथम महिला किम किओल हिले लक्जरी ब्याग उपहारमा लिएपछि सत्तारुढ दल समस्यामा फसेको छ । गएको वर्ष सार्वजनिक गरिएको जासुस क्यामराको फुटेजमा एक जना पादरीले किमलाई फ्रान्सेली लक्जरी गूड्ज कम्पनी डियोको ब्याग दिइरहेको देखिएको थियो । केही विश्लेषकहरूले यो घटनाले अप्रिलको चुनावमा राष्ट्रपति युन सुक यिओलको पार्टीको सम्भावना जोखिममा पारेको बताइरहेका छन् । यस मामिलामा मतदाताहरूले यूनबाट स्पष्टीकरण चाहेको जनमत सर्वेक्षणहरूले देखाइरहेका छन् । विपक्षी दलले भने यो विषयलाई राष्ट्रपति माथि हमला गर्ने साधन बनाएको छ ।वामपन्थी युट्युब च्यानल भ्वाइस अफ सोलले सार्वजनिक गरेको सो भिडियो पादरी चोई जाय–योङगले आफ्नो घडीभित्र लुकाएको क्यामराले खिचेको बताइएको छ । चोई ३० लाख वन (२ हजार २०० अमेरिकी डलर) पर्ने खैरो निलो रङ्गको बाछाको छालाको ब्याग किन्न स्टोरमा गएको देखिन्छ । त्यसपछि चोई सोलस्थित प्रथम महिलाको कम्पनी कोभाना कन्टेन्ट्समा गएका छन् । त्यहाँ प्रथम महिलालो पादरीलाई तपाई किन सधैँ मेरा लागि चिजविज ल्याउनु हुन्छ भनेर भन्छिन् ।ब्याग हिलाई सन् २०२२ को सेप्टेम्बरमा दिइएको स्थानीय सञ्चार माध्यमले बताएका छन् । भिडियोमा प्रष्टसँग किमले ब्याग लिएको देखाइएको छैन । तर कोरिया हेराल्डले भने राष्ट्रपति कार्यालयले ब्याग लिएको पुष्टि गरेको अनि यसलाई सरकारी सम्पत्तिको रूपमा राखिएको भन्दै समाचार छापेको थियो ।यही महिनाभित्र यूनको कार्यालयले यो विषलाई सम्बोधन गर्ने योजना बनाइरहेको योन्ह्याप न्युज एजेन्सीले अज्ञात स्रोतलाई उद्धृत गर्दै समाचारमा भनेको छ । हालै भएको जनमत सर्वेक्षणमा ६९ प्रतिशत कोरियालीहरूले प्रथम महिलाको यस व्यवहारबारे स्पष्टीकरण दिन राष्ट्रपतिसँग माग गरेका थिए । डिसेम्बरमा भएको अर्को जनमत सर्वेक्षणमा ५३ प्रतिशत सहभागीहरूले किमका यो व्यवहार अनुपयुक्त बताएका थिए । दक्षिण कोरियामा विधान सभाको निर्वाचन आउन तीन महिना मात्रै बाँकी छ । यो काण्डलाई केही राजनीतिक विश्लेषकहरूले राजनीतिक बमको संज्ञा दिएका छन् । दक्षिण कोरियामा सरकारी अधिकारी र तिनका पत्नीले सर्वसाधारणबाट एक पटकमा १० लाख वन र एक आर्थिक वर्षमा ३० लाख वनभन्दा बढीको उपहार लिन पाउँदैनन् ।
गुद्रुक ऑनलाइन

गुद्रुक ऑनलाइन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नागरिकता नियमावली संशोधनपछि म्याग्दीमा आमाको नामबाट नागरिकता

नागरिकता नियमावली संशोधनपछि म्याग्दीमा आमाको नामबाट नागरिकता

देउवा समूहको प्रभाव हट्दै, कांग्रेसको सामाजिक सञ्जाल सरेको संकेत

देउवा समूहको प्रभाव हट्दै, कांग्रेसको सामाजिक सञ्जाल सरेको संकेत

लोकतन्त्रको नाममा लाजको हत्या, कांग्रेसभित्रको टिकट तमासा : सुमन अधिकारी

लोकतन्त्रको नाममा लाजको हत्या, कांग्रेसभित्रको टिकट तमासा : सुमन अधिकारी

अमर प्रेमको कथा बोकेको ओमनाथ कडरियाको ‘अचानो’ सार्वजनिक

अमर प्रेमको कथा बोकेको ओमनाथ कडरियाको ‘अचानो’ सार्वजनिक

केपी ओलीको निर्वाचन क्षेत्रमा बढ्दै युवापुस्ताको आकर्षण, झापा–५ मा कांग्रेसबाट युवाको सिफारिस

केपी ओलीको निर्वाचन क्षेत्रमा बढ्दै युवापुस्ताको आकर्षण, झापा–५ मा कांग्रेसबाट युवाको सिफारिस

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

पुल मिडिया नेट्वर्क प्रा. लि द्वारा संचालित गुन्द्रुक अनलाइन डटकम
www.gundrukonline.com
सुरुची मार्ग, नयाँ बानेश्वर, काठमाण्डौैं, (नेपाल)
+९७७९८००००००००
इमेल:info@gundrukonline.com

हाम्रो टिम

  • अध्यक्ष/ सम्पादक : लक्ष्मण भुसाल
  • +९७७ ९८००००००००
    • कानूनी सल्लाहकार : ..................
    • +९७७ ९८००००००००
      • सम्वाददाता : पुस्पा पौडेल

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.

No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.