Gundruk Online
Thursday, May 28, 2026
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
Gundruk Online
No Result
View All Result

Home » फुटबलले जगाएको आशा !

फुटबलले जगाएको आशा !


फुटबलले जगाएको आशा !
  • जितेश कर्ण

सिरहा नगरपालिकाले नगरबासीको खेल चासो र खेलले युवाहरुमा पार्ने सकारात्मक प्रभावलाई मध्यनजर गर्दै सहिद हेमनारायण गोल्ड कप–२०७९ फुटबल प्रतियोगिताको आयोजना गर्यो ।

प्रतियोगितामा देश विदेशका गरी १० वटा फुटबल टिमहरुको सहभागिता रहेको थियो । सलहेश युवा कल्ब घरेलु प्रतियोगिता आयोजकको नाताले टिम बनेर सहभागि बन्यो । सिरहा सदरमुकामको सुर्य नारायण सत्य नारायण मोर्बैता यादब बहुमुखी क्याम्पसको खेल मैदानमा २० चैत्र २०७९मा हेटौडा फुटबल एकेडमीसंग फाईनल खेलेको थियो । फाईनल खेलमा घरेलु टिम सलहेश युवा कल्ब विजय भएको थियो । प्रतियोगिताको च्याम्पियन भएपछि दर्शक र खेलप्रमीहरु खुशी भएका थिए । च्याम्पियन भएपनि सलहेश युवा कल्वप्रतिको नगरबासीको दृष्टिमा स्थानीय खेलाडीको अभावले खल्लो जस्तो भएको थियो । च्याम्पियन भएपनि सिरहावासी उत्साहीत हुन सकेनन् । अर्थात स्थानीय फाईनलको उपाधी जितेको सलहेश युवा कल्वको उत्साहमा आफूलाई पूर्ण रुपमा सहभागी गराउन सकेनन् । त्यसो त विश्वकप जस्ता उपाधीहरु जुन देशले जित्छ, त्यस देशका नागरिक अत्याधिक खुशी र गौरवान्वित महसुस गर्ने गरेको विभिन्न तथ्यहरुले पनि देखाउँदै आएको छ ।

सिरहामा यो दृश्य देख्न सकिएन् । यसको मुख्य कारण नै स्थानीय आयोजकको रुपमा रहेको सलहेश युवा कल्वमा खेलाडीको चयन नै हो । यहाँका दर्शकले आफ्नो घरेलु टिममा आफ्नो गाउँठाउँका युवाहरु खेल खेलेको हेर्न चाहेका थिए । सिरहाको दर्शकको यो चाहना स्वाभाविक पनि थियो । सलहेश युवा कल्बले दुई लाख एकावन हजार राशिको सहिद हेमनारायण गोल्ड कप–२०७९ को बिजेता भएपनि दर्शक र फुटबलप्रेमीहरुको मनमा गहिरो छाप छाड्न सकेनन् । जसले गर्दा एउटा प्रश्न उब्जिएको थियो –‘हाम्रो स्थानीय खेलाडीहरु कहिले खेल्ने ?’ त्यसो त सलहेश युवा कल्बले व्यवसायिकताको कुरालाई जोड दिदै देशको विभिन्न स्थानमा गएर अन्र्तराष्ट्रिय स्तरका खेलमा सहभागी भएर च्याम्पियन समेत बनेका छन् ।

देशी विदेशी खेलाडीलाई खरिद गरी सलहे युवा कल्वबाट अन्र्तराष्ट्रिय स्तरका आमन्त्रण गोल्डकप, रामनारायण मिश्र फुटबल प्रतियोगिता, गोलबजार मेयर गोल्डकप जस्ता दर्जनौ गोल्डकपमा सहभागी बन्यो । धेरै स्थानमा भारतका बलियो टिमहरुलाई पराजित गर्यो भने नेपालकै राजधानी काठमाडौंदेखि मोफसलका बलियो टिमलाई कडा चुनौती दिदै उपाधी जितेको पनि छ । सलहेश युवा कल्व स्थापना भएको केही वर्षमा देशमा फुटबल खेलमा एउटा बलियो प्रभाव छाड्न सफल भएको छ । खेलले युवालाई अनुशासित हुन्, समुहमा काम गर्न, नेतृत्व विकाश गर्न सिकाउछ । खेलले स्थानीय संस्कृतिको प्रबद्र्धन र आपसी मेलमिलाप बनाउन मद्दत गर्छ । यहि घटनाले त्यही भएर समयक्रम फेरिने संकेत पनि गर्यो । आयोजक सलहेश युवा कल्वमाथि एक प्रकारको नैतिक दबाब पनि थपियो । जसले नयाँ बाटो लिन सघाउन पुग्यो । फलस्वरुप सलहेश युवा कल्बले २०८० पौषमा स्थानीय खेलाडी छनोट गर्न र प्रशिक्षण दिन सिरहा नगरपालिकाको २२ वडालाई नगरस्तरिय खेल खेल्न आफ्नो वडाबाट खेलाडीहरुको नाम पठाउन पत्राचार गर्यो । २२ वटै वडालाइ खेलाडी पठाउन पत्राचार गरेको सलहेश युवा कल्बले पौष २१ गते देखि नगरस्तरिय फुटबल प्रतियोगिता–२०८० आयोजना गर्दै थियो । नगरस्तरिय प्रतियोगिताबारे लेखि रहदा मलाई २०८० असोज २७ गतेको सलहेश युवा कल्बको दोस्रो साधारण सभाको याद आउँछ । सभामा प्रमुख अथिति सिरहा नगरपालिकाका मेयर डा नबिन कुमार यादवले आफ्नो मन्तब्य राख्दै सलहेश युवा कल्बले ‘स्थानीय खेलाडी’ उत्पादनमा ध्यान नदिएको र बाहिरी खेलाडी मात्र खेलाएको भनेर गुनासो गरेका थिए । त्यसैको जवाफ दिदै कल्बका अध्यक्ष राजिप कुमार यादवले अहिलेसम्म जहाँ र जुनजुन प्रतियोगितामा सलहेश युवा कल्वले सहभागिता जनाएको छ, त्यसले सिरहाको ऐतिहासिक पहिचानको रुपमा रहेको राजा सल्हेश र सिरहाको नामलाई देश र विदेशमा प्रवद्र्धन गर्न मद्दत गरेको जवाफ फर्काएका थिए । देशका धेरै जसो टिम र खेलाडीहरुले सलहेश युवा कल्वको नाम सुनेको र यसले राजा सलहेशको भुमि सिरहाको प्रचारप्रसारमा बल पुगेको उल्लेख गरेका थिए । त्यससँगै अध्यक्ष राजिपले अबको मेरो कार्यकाल स्थानीय स्तरमा खेलाडी उत्पादन गरी अन्र्तराष्ट्रिय स्तरको प्रतियोगितामा सहभागि गराउनु रह्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

सिरहाका मेयरको गुनासो र कल्वका अध्यक्षको प्रतिबद्धताले साँच्चिकै काम गरेको छ । त्यही भएर यसपाली सिरहा नगरपालिकाको १६ वटा वडाका २५० भन्दा बडी खेलाडीहरु नगरस्तरीय फुटबल प्रतियोगिता खेल्ने भन्दै नामावली वडा मार्फत कल्वलाई पठाएका थिए । र यसले सिरहा नगरवासीको आफ्नै खेलाडीको खेल हेर्ने अवसर पनि जुर्यो । १६ वटा टिम को २५० भन्दा बढी आफनै गाउँठाउँका खेलाडीहरु बीचको खेल पहिलो पटक सिरहाका दर्शकहरुले देखन पाउने भए । वडाहरुले पनि बुट जर्सी प्रदान गरी खेलाडीहरुको मनोबल बढाए । खेत खलियन र गाउँकै मैदानमा खेल्दै आएका खेलाडीहरु एन्फाका रेफ्रीहरुको निर्देशन र एन्फाको ‘रुल्स एंड रेगुलेसन’ भित्र रहेर खेल्न पाउने भए । यो टुर्नामेन्टले गाउँमा लुकेर रहेको खेलकुदको प्रतिभाहरुलाई आफ्नो गाउँको लागि सम्मान र नगद राशी ५० हजारकाो लागि खेल्न उत्साहित गरेको थियो भने कति खेलाडी त हजारौ दर्शक माझ आफ्नो खेल देखाउन पाउदा नै मख्ख थिए । म भने युवा खेलाडीमा सपनाको संचार भएको देखिरहेको थिए । १९ बर्ष का क्रिकेट खेलाडी गुलसन झा जस्तो बन्ने सपना । गुलसन झा, सिरहा जस्तै मधेशको मलंगवाका क्रिकेट खेल्ने युवा हुन् । नगरस्तरीय प्रतियोगिता खेल्ने कयौं खेलाडी जस्तै कयौं यस्तै टुर्नामेन्टमा आफ्नो प्रतिभा देखाएर प्रशिक्षित भएर आज आइसीसीका खेलहरुमा विराट कोहलीहरु जस्ता खेलाडीको विरूद्ध खेल्दै छन् । आफ्नो ठाउँ मलंगवा, मधेस र सिंगो देशको नाम विश्वसामु चिनाउदै छन् र आफु पनि नाम र दाम कमाउदै छन् । मलाई लाग्छ यस्तै प्रतियोगिताहरुले खेलाडीहरुको पंखलाई उडान भर्न मद्दत गर्नेछ । नगरस्तरीय फुटबल प्रतियोगितामा खेलाडीका रुपमा पेशाले शिक्षक, ल्याब टेक्नेसियनहरुले पनि आफ्नो प्रतिभा देखाए । एम्बिसन एकाडेमीका शिक्षक भलुवाही निवासी मोहमद बसिरले सिरहा वडा न ११ बाट राम्रो प्रदर्शन गरी म्यान अफ दि म्याच नै भए । गाउँमा खेल्दै आएका बसिरलाई आफ्नो प्रतिभाले हजारौ दर्शक र खेलप्रेमी माँझ प्रदर्शन देखाउने मौका नगरस्तरिय फुटबल प्रतियोगिताले दियो ।

प्रतिभा देखाउन ठाउँ पायो भने युवाहरुले नाम र दाम दुवै कमाउन सक्छ । आयोजक सल्हेश युवा कल्बले टुर्नामेन्ट बिजेतालाई पचास हजारको राशी प्रदान गरेको छ । २५० भन्दा बढी खेलाडीहरुबाट प्रतियोगितामा अब्बल प्रदर्शन गरेका खेलाडीहरुलाई छनोट गरि आगामी प्रतियोगिताको लागि प्रशिक्षण दिने र खेलाउने कुरा नगरस्तरीय प्रतियोगिताको सबल र अब्बल पक्ष हो । आयोजक संस्थाको अध्यक्ष राजिप कुमार यादवले सलहेश युवा कल्ब अब खेल्ने प्रतियोगिताहरुमा यसै प्रतियोगिताका २५० खेलाडी मध्येका खेलाडी हुनेछन । त्यसको लागि केहि खेलाडीहरुको नाम छनोट गरेर राखेको छ । ति खेलाडीहरुलाई प्रशिक्षण दिने र ति खेलाडीहरुले क्लबबाट अब हुने सहिद हेमनारायण गोल्ड कपको साथै राष्ट्रिय अन्तरास्ट्रिय खेल खेल्ने घोषना गरेका छन् । यो स्थानीय स्तरमा खेलाडीको प्रद्धर्धनको लागि कोसे डुंगा साबित हुन् सक्छ । नगरस्तरीय फुटबल प्रतियोगिता चलिरहेकै बेला बिहान ८ बजे १० वर्ष मुनिका बालबालिकाहरुले एन्फाको फुटबल क्लिनिक कार्यक्रम मार्फत प्रशिक्षण लिइरहेका थिए ।

प्रशिक्षण लिइरहेका बाल खेलाडीहरु दिउँसो भने नगरस्तरीय खेल हेर्न क्याम्पस मैदानमा आउथे । बाल खेलाडीहरुको मनमा हामीले पनि ठुलो भएर यस्तै खेल्ने हो भनेर साथीहरु संग भन्दै थिए । आफु पनि एक दिन राम्रो खेलाडी हुने सपना देख्दै थिए । “युवाको सम्मान, नगरको पहिचान, स्थानिय स्तरमा खेलाडी उत्पादन हाम्रो अभियान” को नारा साथ अन्त भएको नगरस्तरीय फुटबल प्रतियोगिताको अन्तिम खेल केहि विवाद भयो यसबाट आयोजकले यसबाट पाठ सिक्नेछ भन्ने आशा छ तर यो भन्दै यो प्रतियोगिताले खेलाडीहरुलाई फुटबल खेल्न प्रेरित गरेको र यस्ता प्रतियोगिता खेलाडीहरुको लागि आबश्यक रहेको कुरालाई नकार्न सकिदैन ।

  • लेखक– सलहेश युवा कल्वका सदस्य हुन् ।
गुद्रुक ऑनलाइन

गुद्रुक ऑनलाइन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नागरिकता नियमावली संशोधनपछि म्याग्दीमा आमाको नामबाट नागरिकता

नागरिकता नियमावली संशोधनपछि म्याग्दीमा आमाको नामबाट नागरिकता

देउवा समूहको प्रभाव हट्दै, कांग्रेसको सामाजिक सञ्जाल सरेको संकेत

देउवा समूहको प्रभाव हट्दै, कांग्रेसको सामाजिक सञ्जाल सरेको संकेत

लोकतन्त्रको नाममा लाजको हत्या, कांग्रेसभित्रको टिकट तमासा : सुमन अधिकारी

लोकतन्त्रको नाममा लाजको हत्या, कांग्रेसभित्रको टिकट तमासा : सुमन अधिकारी

अमर प्रेमको कथा बोकेको ओमनाथ कडरियाको ‘अचानो’ सार्वजनिक

अमर प्रेमको कथा बोकेको ओमनाथ कडरियाको ‘अचानो’ सार्वजनिक

केपी ओलीको निर्वाचन क्षेत्रमा बढ्दै युवापुस्ताको आकर्षण, झापा–५ मा कांग्रेसबाट युवाको सिफारिस

केपी ओलीको निर्वाचन क्षेत्रमा बढ्दै युवापुस्ताको आकर्षण, झापा–५ मा कांग्रेसबाट युवाको सिफारिस

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

पुल मिडिया नेट्वर्क प्रा. लि द्वारा संचालित गुन्द्रुक अनलाइन डटकम
www.gundrukonline.com
सुरुची मार्ग, नयाँ बानेश्वर, काठमाण्डौैं, (नेपाल)
+९७७९८००००००००
इमेल:info@gundrukonline.com

हाम्रो टिम

  • अध्यक्ष/ सम्पादक : लक्ष्मण भुसाल
  • +९७७ ९८००००००००
    • कानूनी सल्लाहकार : ..................
    • +९७७ ९८००००००००
      • सम्वाददाता : पुस्पा पौडेल

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.

No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.