Gundruk Online
Wednesday, March 11, 2026
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
Gundruk Online
No Result
View All Result

Home » काठमाडौँसहित विभिन्न स्थानबाट ६ जना पक्राउ

काठमाडौँसहित विभिन्न स्थानबाट ६ जना पक्राउ


काठमाडौँसहित विभिन्न स्थानबाट ६ जना पक्राउ
twitter sharing button
लागुऔषधसहित काठमाडौँ र अन्य विभिन्न जिल्लाबाट ६ जना पक्राउ परेका छन् । जसअनुसार-काठमाडौं महानगरपालिका-१४ कुलेश्वरबाट नियन्त्रित लागूऔषध डाईजेपाम १ एम्पुल, फेनारगन १ एम्पुल र नुर्फिन १ एम्पुलसहित खोटाङ घर भई काठमाडौं बल्खु डेरा गरी बस्ने १९ वर्षीय सुशान राईलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा हाल वतन नखुलेका बल्खु डेरा गरी बस्ने चित कुमार सुनारको कोठाबाट डाईजेपाम ३१ एम्पुल, फेनारगन ३३ एम्पुल, नुर्फिन २२ एम्पुल र नगद ६१ हजार ५ सय ५० रूपैयाँ प्रहरीले बरामद गरेको छ । प्रहरीले हाल फरार सुनारको खोजी गरिरहेको जनाएको छ ।     उदयपुर, त्रियुगा नगरपालिका-३ मोतिगडा क्याम्पस डाँडा नजिकबाट अवैध लागूऔषध गाँजा करिब १ किलो ६ सय ५० ग्रामसहित सोही ठाउँ बस्ने ५३ वर्षीय बल बहादुर कार्कीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा कार्कीले गाँजा बिक्री गरिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुर र अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।     धनकुटा, साँगुरीगढी गाउँपालिका-६ भेडेटार चोकबाट अवैध लागूऔषध गाँजा करिब १ किलोसहित धनकुटा नगरपालिका-१ हिले बस्ने २२ वर्षीय तिलक राना मगरलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरीले को.३० प ४५१५ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक मगरलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।    मोरङ, विराटनगर महानगरपालिका-१५ एक नम्बर ढाटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५२ मिलिग्रामसहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुनसरी धरान उपमहानगरपालिका-८ बस्ने २७ वर्षीय सचिन प्रधान र भोजपुर षडानन्द नगरपालिका-२ बस्ने २३ वर्षीया प्रतिमा राई रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले को.४० प २४३ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।     कास्की, पोखरा महानगरपालिका-१७ छोरेपाटनबाट अवैध लगूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ६ ग्राम २ सय मिलिग्रामसहित स्याङजा भिरकोट नगरपालिका-१ बस्ने ३४ वर्षीय अनिल गुरूङलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको    छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखरा र वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले ग.१ ख ५४०६ नम्बरको मिनि ट्रकलाई जाँच गर्ने क्रममा ट्रकमा सवार उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।      यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले आफ्नो बुलेटिनमा उल्लेख गरेको छ ।
गुद्रुक ऑनलाइन

गुद्रुक ऑनलाइन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नागरिकता नियमावली संशोधनपछि म्याग्दीमा आमाको नामबाट नागरिकता

नागरिकता नियमावली संशोधनपछि म्याग्दीमा आमाको नामबाट नागरिकता

देउवा समूहको प्रभाव हट्दै, कांग्रेसको सामाजिक सञ्जाल सरेको संकेत

देउवा समूहको प्रभाव हट्दै, कांग्रेसको सामाजिक सञ्जाल सरेको संकेत

लोकतन्त्रको नाममा लाजको हत्या, कांग्रेसभित्रको टिकट तमासा : सुमन अधिकारी

लोकतन्त्रको नाममा लाजको हत्या, कांग्रेसभित्रको टिकट तमासा : सुमन अधिकारी

अमर प्रेमको कथा बोकेको ओमनाथ कडरियाको ‘अचानो’ सार्वजनिक

अमर प्रेमको कथा बोकेको ओमनाथ कडरियाको ‘अचानो’ सार्वजनिक

केपी ओलीको निर्वाचन क्षेत्रमा बढ्दै युवापुस्ताको आकर्षण, झापा–५ मा कांग्रेसबाट युवाको सिफारिस

केपी ओलीको निर्वाचन क्षेत्रमा बढ्दै युवापुस्ताको आकर्षण, झापा–५ मा कांग्रेसबाट युवाको सिफारिस

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

पुल मिडिया नेट्वर्क प्रा. लि द्वारा संचालित गुन्द्रुक अनलाइन डटकम
www.gundrukonline.com
सुरुची मार्ग, नयाँ बानेश्वर, काठमाण्डौैं, (नेपाल)
+९७७९८००००००००
इमेल:info@gundrukonline.com

हाम्रो टिम

  • अध्यक्ष/ सम्पादक : लक्ष्मण भुसाल
  • +९७७ ९८००००००००
    • कानूनी सल्लाहकार : ..................
    • +९७७ ९८००००००००
      • सम्वाददाता : पुस्पा पौडेल

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.

No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.