Home » छोराको हत्या अभियोगमा बुबा पक्राउ
आफ्नै छोरा १९ वर्षीय जीवन राईको हत्या गरेको अभियोगमा बुबा पक्राउ परेका छन् । पक्राउ पर्नेमा माई नगरपालिका-६ बिहिबारे बस्ने ३६ वर्षीय दिल कुमार राई रहेका छन् । उनलाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो । घरायसी विवादको क्रममा दिल कुमारले खुकुरी प्रहार गर्दा गम्भीर घाइते भएका जीवनको बिएण्डसी अस्पताल विर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । घटनाको खबर प्राप्त हुनासाथ प्रहरी चौकी महमाईबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ । पुल मिडिया नेट्वर्क प्रा. लि द्वारा संचालित गुन्द्रुक अनलाइन डटकम
www.gundrukonline.com
सुरुची मार्ग, नयाँ बानेश्वर, काठमाण्डौैं, (नेपाल)
+९७७९८००००००००
इमेल:info@gundrukonline.com
© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.
© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.