Home » सार्वजनिक यातायातमा १८ हजार रुपैयाँ चोरी, दुई पाकेटमार पक्राउ
काठमाडौँको सार्वजनिक यातायातमा पाकेटमारीमा संलग्न गिरोहका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । महाराजगञ्ज चोकमा सार्वजनिक यातायातमा सवार भएका मानबहादुर भण्डारीको साथमा रहेको १८ हजार रुपैयाँ पाकेटमारहरूले चोरेका थिए ।घटनाबारे अनुसन्धानपछि प्रहरीले चोरीमा संलग्न काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका–५ घर भएका ३५ वर्षीय क्रासाङ लामा र सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–३ घर भएका ३५ वर्षीय विष्णु थापालाई पक्राउ गर्न सफल भएको हो । उनीहरूलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए । पुल मिडिया नेट्वर्क प्रा. लि द्वारा संचालित गुन्द्रुक अनलाइन डटकम
www.gundrukonline.com
सुरुची मार्ग, नयाँ बानेश्वर, काठमाण्डौैं, (नेपाल)
+९७७९८००००००००
इमेल:info@gundrukonline.com
© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.
© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.