Gundruk Online
Wednesday, September 16, 2026
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
Gundruk Online
No Result
View All Result

Home » रुसी सेनामा भर्ती भएका थप ३ नेपालीको मृत्यु

रुसी सेनामा भर्ती भएका थप ३ नेपालीको मृत्यु


रुसी सेनामा भर्ती भएका थप ३ नेपालीको मृत्यु

 रुसी सेनामा भर्ती भएका थप तीन नेपालीको मृत्यु भएको छ । योसँगै रुस–युक्रेन युद्धमा ज्यान गुमाउने नेपालीको संख्या १० पुगेको छ । परराष्ट्र मन्त्रालयले सोमबार थप ३ जनाको मृत्यु भएको जनाएको हो । मृत्यु हुनेमा स्याङ्जाका हरिप्रसाद अर्याल, कैलालीका भरतबहादुर शाह र धादिङका राजकुमार गिरी रहेका छन् ।यसअघि स्याङ्जा, पुतलीबजार–५ का प्रितम कार्की, इलाम–५ का गंगाराज मोक्तान, दोलखाको मेलुङ गाउँपालिका–६ का राजकुमार कार्की, कपिलवस्तुको वाणगंगा–१ का रूपक कार्की, कास्कीका देवान राई, गोरखाका सन्दीप थपलिया र कुन्दन सिंह नागलको मृत्यु भएको थियो । मंसिर १८ मा मारिएका धादिङका पूर्णबहादुर गुरुङको हालसम्म आधिकारिक सूचना मन्त्रालयले बाहिर ल्याएको छैन । गुरुङको परिवारले भने उनको काजकिरिया गरिसकेको छ ।त्यसैगरी, रुसी सेनामा भर्ती भएका ४ जना नेपाली अझै पनि युक्रेनी सेनाको कब्जामा छन् । असोज २७ मा बर्दियाका २३ वर्षीय विवेक खत्रीलाई नियन्त्रणमा लिएको युक्रेनी सेनाले सार्वजनिक गरेपछि काभ्रेका सिदार्थ ढकाल, मोरङका विकास राई र रोल्पाका प्रतीक पुनलाई पनि क्रमशः युक्रेनी सेनाले कब्जामा लिएको थियो । परराष्ट्र मन्त्रालयले उनीहरूको रिहाइका लागि अन्तर्राष्ट्रिय रेडक्रस सोसाइटी र अन्य कूटनीतिक माध्यमहरूबाट पहल भइरहेको जनाएको छ । साथै, जर्मनीस्थित नेपाली दूतावासले त्यहाँको युक्रेनी दूतावाससँग भेटवार्ता गरेर उनीहरूलाई छुटाउनका लागि पहल गरेको छ । युक्रेनले त्यसबारेमा आफूले बुझ्ने जवाफ दिएको छ ।गैरकानुनी रूपमा रुसी सेनामा भर्ती गराई युद्धमा लगाइएका नेपालीहरूको अवस्था बुझ्न परराष्ट्रमन्त्री एनपी साउद रुस जाने भएका छन् । बिहीबार हुने नेपाल–भारत सातौं परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकपछि परराष्ट्रमन्त्री साउदको रुस जाने मितिको टुंगो लाग्ने परराष्ट्र स्रोतले बतायो । नेपाल सरकारले रुसी सेनामा नेपालीलाई सामेल नगर्न र भर्ना भएकाहरूलाई समेत यथाशीघ्र फिर्ता गर्न पटक–पटक आग्रह गरे पनि रुसले बेवास्ता गर्दै आएको छ । रुस नेपालीका विषयमा गम्भीर नबनेपछि मन्त्री साउद आफैं मस्को जान लागेका हुन् ।‘सरकारले रुसलाई कूटनीति नोट पठाएर र नेपालस्थित रुसी राजदूत एलेक्सेई नोभिकोभलाई समेत बोलाएर पटक–पटक नेपालीहरूका बारेमा जानकारी मागे पनि रुसले प्रस्ट जवाफ दिएको छैन । त्यसैले अवस्था बुझ्न परराष्ट्रमन्त्री नै त्यहाँ जान लागेका हुन्,’ परराष्ट्र स्रोतले भन्यो । परराष्ट्रमन्त्री साउदले भ्रमणका क्रममा रुसी पक्षसँग नेपालको विदेशी सेनामा भर्ती हुने नीति, त्यहाँ नेपालीहरूको संख्या र अवस्था तथा मृत्यु भएका र घाइतेलाई फर्काउने विषयमा कुरा गर्ने बताइएको छ । साथै, मन्त्री साउदले सेनामा भर्ना भएर काम गरिरहेका नेपालीहरूलाई फर्काउनका लागि पनि रुससँग स्पष्ट भनाइ राख्ने उल्लेख छ । परराष्ट्रमन्त्री साउदले रुसी सेनामा भर्ना भएका मध्ये एक सय जना सम्पर्कविहीन रहेको निवेदन आफूहरूलाई प्राप्त भएको बताएका थिए । प्रधानमन्त्री पुष्पकमल दाहालले पनि यसअघि नै करिब दुई सय नेपाली रुसी सेनामा भर्ना भएको उल्लेख गरिसकेका छन् ।रुसी सेनामा नेपाली भर्ती सम्बन्धमा पहिलो पटक साउन १६ मा परराष्ट्रले विज्ञप्ति जारी गर्दै परम्परागत रूपमा रहेको सम्झौताअन्तर्गत केही मित्रराष्ट्र (भारत र बेलायत) बाहेक अन्य विदेशी सेनामा भर्ना हुन अनुमति दिने कुनै नीति नरहेको उल्लेख गरेको थियो । दोस्रो पटक, मंसिर १८ मा परराष्ट्रले ‘नेपाली नागरिकलाई रुसी सेनामा भर्ना नगर्न र गरिएको भए उनीहरूलाई तत्काल नेपाल फर्काउन’ भन्दै रुसलाई कूटनीतिक नोट जारी गरेको थियो । रुसका लागि नेपाली राजदूत मिलनराज तुलाधरले पनि त्यहाँको परराष्ट्र मन्त्रालयमा गएर नेपाल सरकारको सन्देश सुनाएका थिए । राजदूत तुलाधरले रुसी सेनामा भर्ती भएका नेपालीको सम्झौतापत्र रद्द गरी नेपाल पठाइदिन अनुरोध गरेका थिए । राजदूत एलेक्सेईलाई मंसिर तेस्रो साता बोलाएर नेपाल सरकारले ध्यानाकर्षण गराउनुका साथै कूटनीतिक नोट पनि हस्तान्तरण गरेको थियो ।पछिल्लो पटक गत पुस ४ मा पनि परराष्ट्रमन्त्री साउदले रुसी राजदूत नोभिकोभलाई बोलाएर नेपालीलाई पूरा तालिम नदिईकनै ‘रेड जोन’ मा पठाउने गरिएकामा त्यसो नगर्न र त्यहाँ भएका नेपालीलाई यथाशीघ्र फिर्ता गर्न आग्रह गरेका थिए । परराष्ट्र स्रोतका अनुसार राजदूत एलेक्सेईले आफूले ‘नेपालको सन्देश रुससम्म पुर्‍याउने’ प्रतिबद्धता जनाएका थिए ।रुस र युक्रेनबीच १७ सय किलोमिटर सीमा क्षेत्रमा विगत दुई वर्षदेखि युद्ध जारी छ । सिमाना र युक्रेनी भूमिमा पनि नेपाली तैनाथ छन् । रुसी सेनाले युद्धकालसम्बन्धी पूरा तालिम नदिई ‘रेड जोन’ मा पठाउँदा मानवीय क्षति बढिरहेको छ । तर, रुसले विवरण सार्वजनिक गरेको छैन । नेपाली युवा एक वर्षको सम्झौता गरी रुसी सेनामा भर्ती हुँदै आएका छन् । जुन गैरकानुनी हो ।तालिम लिएर सैन्य क्याम्पमा प्रवेश गरेपछि सम्झौता अवधि पूरा नभएसम्म फर्कन नपाइने रुसी सेनाको प्रावधान छ । बीचमै फर्किए वा भागेमा रुसी सेनाको अपराध संहिता ३३७ अनुसार कारबाही हुने उल्लेख छ । घाइते भएर वा आरामका लागि सैन्य क्याम्प आइपुगेका नेपालीहरूले आफन्त र नेपाली दूतावाससमक्ष उद्धारका लागि अपिल गर्दै आएका छन् ।

गुद्रुक ऑनलाइन

गुद्रुक ऑनलाइन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

जनकपुरमा शहीद स्मृति कार्यक्रम, मधेशको अबको बाटोबारे बहस

जनकपुरमा शहीद स्मृति कार्यक्रम, मधेशको अबको बाटोबारे बहस

३१३ रनको विशाल लक्ष्य, नेपालले चुम्यो प्रिमियर कपको उपाधि

३१३ रनको विशाल लक्ष्य, नेपालले चुम्यो प्रिमियर कपको उपाधि

ब्रिक्स शिखर सम्मेलनमा मोदी, पुटिन र सीको ‘एकता प्रदर्शन’

ब्रिक्स शिखर सम्मेलनमा मोदी, पुटिन र सीको ‘एकता प्रदर्शन’

रिजवान अन्सारीको दाबी– ‘साझा चुनाव चिह्न चुनावी तालमेल मात्रै होइन, स्थायी एकताको आधार हो’

रिजवान अन्सारीको दाबी– ‘साझा चुनाव चिह्न चुनावी तालमेल मात्रै होइन, स्थायी एकताको आधार हो’

सागरमाथा अञ्चल मै गुणस्तरीयताको ब्रान्ड बन्दै माखन भोग

सागरमाथा अञ्चल मै गुणस्तरीयताको ब्रान्ड बन्दै माखन भोग

नागरिकता नियमावली संशोधनपछि म्याग्दीमा आमाको नामबाट नागरिकता

नागरिकता नियमावली संशोधनपछि म्याग्दीमा आमाको नामबाट नागरिकता

पुल मिडिया नेट्वर्क प्रा. लि द्वारा संचालित गुन्द्रुक अनलाइन डटकम
www.gundrukonline.com
सुरुची मार्ग, नयाँ बानेश्वर, काठमाण्डौैं, (नेपाल)
+९७७९८००००००००
इमेल:info@gundrukonline.com

हाम्रो टिम

  • अध्यक्ष/ सम्पादक : लक्ष्मण भुसाल
  • +९७७ ९८००००००००
    • कानूनी सल्लाहकार : ..................
    • +९७७ ९८००००००००
      • सम्वाददाता : पुस्पा पौडेल

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.

No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.