Gundruk Online
Thursday, March 12, 2026
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
Gundruk Online
No Result
View All Result

Home » अंग्रेजी नयाँ वर्ष मनाउन सौराहमा पर्यटक बढे

अंग्रेजी नयाँ वर्ष मनाउन सौराहमा पर्यटक बढे


अंग्रेजी नयाँ वर्ष मनाउन सौराहमा पर्यटक बढे
चितवनको सौराहामा अंग्रेजी नयाँ वर्ष मनाउनेको भीड बढेको छ। नयाँ वर्षको अघिल्लो दिन सरकारी बिदासमेत परेकाले आन्तरिक पर्यटकको संख्या बढेको हो। सौराहा आएका पर्यटक निकुञ्जमा हुने पर्यटकीय गतिविधिमा रमाउने गर्दछन्। पर्यटकको रोजाइमा विशेषगरी हात्ती, जिप, डुंगा सफारी हुने गरेको छ।क्षेत्रीय होटल संघका उपाध्यक्ष ओमप्रकाश पाण्डेले गत सेप्टेम्बरमा पर्यटकको राम्रो आगमन भएको बताए। उनले भने, ‘विगत केही दिनयता सौराहाका होटलमा पर्यटकको ‘अकुपेन्सी’ राम्रो छ।’ पाण्डेको ल्यान्डमार्क फरेस्ट पार्कमा मात्रै ७५ प्रतिशत रहेको बताए।सौराहमा यतिबेला आन्तरिक पर्यटकसँगै भारतीय र चिनियाँ पर्यटकको उपस्थिति पनि राम्रो रहेको उनले बताए। संघका महासचिव गुणराज थपलियाले शनिबार सबै कोठा भरिएको र र आइतबार अकुपेन्सी शतप्रतिशत पुग्ने अनुमान गरिएको बताए। युनिक वाइल्ड रिसोर्टका सञ्चालक थपलियाका अनुसार उनको होटलमा रहेका ३० वटा कोठा जनवरी ४ सम्मका लागि शतप्रतिशत बुकिङ भएका छन्।  संघका निवर्तमान अध्यक्ष दीपक भट्टराईका अनुसार सौराहामा एक सय ६० हाराहारी होटल छन्। ती होटलमा सात हजार जनालाई एकै साथ सेवा दिन सक्ने क्षमता छ। होमस्टेसहित गणना गर्दा सैराहमा १० हजारभन्दा बढीले एक रात बस्न सक्छन्। आइतबार सबै होटल र होमस्टे भरिने अनुमान गरिएको उनले बताए।सौराहामा आएका पर्यटक कुमरोज र कुचकुचे सामुदायिक वनमा जिप सफारी गर्न जान्छन्। यससँगै चितवन राष्ट्रिय निकुञ्जभित्र पनि जिप सफारी हुन्छ। भट्टराईका अनुसार सामुदायिक वनमा मात्रै दैनिक एक सय हाराहारी जिप सफारी भइरहेको छ। ती जिपमा पर्यटकले पालो कुर्नुपर्ने अवस्था छ।निकुञ्जभित्र सौराहातर्फबाट ३२ वटा जिपले अनुमति पाएका छन्। यस्तै कसराबाट २० वटा, मेघौलीबाट नौवटा, माडीबाट एउटा, नवलपरासीको अमलटारीबाट ६ वटा र कुजौलीबाट दुई वटा जिपले जंगल सफारीको अनुमति लिएका छन्।संघका पूर्वअध्यक्ष सुमन घिमिरे यो याममा पूर्ववत् अवस्थामा पर्यटकको आगमन भएको बताए। उनका अनुसार कोभिडअघिको अवस्थामा जस्तै गरी अहिले पर्यटक आएका छन्।जाडो मौसममा पर्यटकले यहाँ घुम्न रुचाउँछन्। आउँदा दिनहरूका लागि बुकिङ राम्रो छ। उनले भने, ‘अब हामीलाई आशावादी बनाएको छ।’सौराहामा पर्यटक बढ्दै गर्दा रेस्टुराँमा पनि पर्यटक भरिएका छन्। रेस्टुरेन्ट एन्ड बार एसोसिएसन (रेवान) का निवर्तमान अध्यक्ष दीपेन्द्र खतिवडाका अनुसार सौराहाका रेस्टुराँमा पर्यटकको राम्रो उपस्थिति छ। दसैंपछि पर्यटकको राम्रो चहलपहल भएको उनले बताए।  युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्षसमेत रहेका खतिवडाका अनुसार उहाँहरूसँग भएका ३० वटा हात्तीले दैनिक तीनपटक पर्यटक घुमाइरहेका छन्।यद्यपि कतिपयले हात्ती चढ्ने पालोसमेत पाउन सकेका छैनन्। उनका अनुसार राति सौराहामै बसेका पर्यटकले पालो मिलाएर हात्ती चढेको भए पनि हात्ती मात्रै चढ्नका लागि सौराहा पुगेका कतिपय हात्ती चढ्न पाएका छैनन्।सौराहासँगै पटिहानी, जगतपुर, मेघौली क्षेत्रमा पनि पर्यटकको राम्रो उपस्थिति छ। तेस्रो मुलुकका पर्यटक यतिबेला नयाँ वर्ष र क्रिसमस मनाउन घर जाने भएकाले भारतीय र चिनियाँ पर्यटकको राम्रो उपस्थिति छ।पटिहानीको जंगल भिल्लाका सञ्चालक गणेश पौडेलले पर्यटकको उपस्थिति राम्रो रहेको बताए। पूर्ववत् अवस्थामा पर्यटक फर्किने अनुमान गरिएको उनको भनाइ छ।
गुद्रुक ऑनलाइन

गुद्रुक ऑनलाइन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नागरिकता नियमावली संशोधनपछि म्याग्दीमा आमाको नामबाट नागरिकता

नागरिकता नियमावली संशोधनपछि म्याग्दीमा आमाको नामबाट नागरिकता

देउवा समूहको प्रभाव हट्दै, कांग्रेसको सामाजिक सञ्जाल सरेको संकेत

देउवा समूहको प्रभाव हट्दै, कांग्रेसको सामाजिक सञ्जाल सरेको संकेत

लोकतन्त्रको नाममा लाजको हत्या, कांग्रेसभित्रको टिकट तमासा : सुमन अधिकारी

लोकतन्त्रको नाममा लाजको हत्या, कांग्रेसभित्रको टिकट तमासा : सुमन अधिकारी

अमर प्रेमको कथा बोकेको ओमनाथ कडरियाको ‘अचानो’ सार्वजनिक

अमर प्रेमको कथा बोकेको ओमनाथ कडरियाको ‘अचानो’ सार्वजनिक

केपी ओलीको निर्वाचन क्षेत्रमा बढ्दै युवापुस्ताको आकर्षण, झापा–५ मा कांग्रेसबाट युवाको सिफारिस

केपी ओलीको निर्वाचन क्षेत्रमा बढ्दै युवापुस्ताको आकर्षण, झापा–५ मा कांग्रेसबाट युवाको सिफारिस

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

पुल मिडिया नेट्वर्क प्रा. लि द्वारा संचालित गुन्द्रुक अनलाइन डटकम
www.gundrukonline.com
सुरुची मार्ग, नयाँ बानेश्वर, काठमाण्डौैं, (नेपाल)
+९७७९८००००००००
इमेल:info@gundrukonline.com

हाम्रो टिम

  • अध्यक्ष/ सम्पादक : लक्ष्मण भुसाल
  • +९७७ ९८००००००००
    • कानूनी सल्लाहकार : ..................
    • +९७७ ९८००००००००
      • सम्वाददाता : पुस्पा पौडेल

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.

No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.