Gundruk Online
Monday, October 5, 2026
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
Gundruk Online
No Result
View All Result

Home » चुरे उत्खननमा सक्रिय रहेका कर्जन्हाका वडा अध्यक्ष पोखरेल र क्रेसर संचालक खलिल पक्राउ

चुरे उत्खननमा सक्रिय रहेका कर्जन्हाका वडा अध्यक्ष पोखरेल र क्रेसर संचालक खलिल पक्राउ


चुरे उत्खननमा सक्रिय रहेका कर्जन्हाका वडा अध्यक्ष पोखरेल र क्रेसर संचालक खलिल पक्राउ

सरोज कुमार पासमान, कर्जन्हा, १४ पौष । चुरे तथा वन क्षेत्रमा ढुंगा, गिट्टी, बालुवा उत्खननमा ऐन, कानुन विपरीत सिफारिस गरेको आरोपमा वडा अध्यक्ष र चुरे उत्खननमा सक्रिय रहेको आरोपमा कर्जन्हा नगरपालिकाबाट क्रेसर संचालक समेत पक्राउ परेको छ ।

डिभिजन वन कार्यालय लहानले सिरहाको कर्जन्हा नगरपालिका वडा नं. १ का अध्यक्ष फणीन्द्र प्रसाद पोख्रेललाई पक्राउ गरेको डिभिजन वन कार्यालय लहानका सूचना अधिकारी राधेश्याम चौधरीले जानकारी दिए । गत पुस ७ गते कर्जन्हा नगरपालिका वडा नं. १ बल्टिया स्थित चुरे वन क्षेत्र भित्रको कमला नदीको बगरमा एक्स्काभेटर प्रयोग गरी अवैध रुपमा ढुङ्गा, गिट्टी, बालुवा उत्खनन कार्यमा ऐन, कानून विपरीत सिफारिस गरि सहयोग गरेको प्रमाण भेटिएपछि वनले वडा अध्यक्ष पोखरेललाई पक्राउ गरेको हो ।
डिभिजन वन कार्यालय लहानले सक्रियता देखाएसंगै चुरे तथा वन क्षेत्रमा ढुंगा, गिट्टी, बालुवा उत्खनन ऐन, कानुन विपरीत गरेको आरोपमा ४ जना पक्राउ परेको परिसकेको बताएका छन् ।
अध्यक्ष पोखरेललाई थप अनुसन्धानको लागि डिभिजन वन कार्यालय लहानको हिरासतमा राखिएको सूचना अधिकारी चौधरीले बताए ।
पक्राउ परेका वडा अध्यक्ष पोखरेल संगै ४ जनाको ब्यान सकिएको र उनिसंगै सबैलाई सोमबार सरकारी वकिलको कार्यालयमा पेश गर्ने र उनिहरु मथि मुद्दा चल्नेकि नचल्ने कुरा त्यहाँबाट निर्णय हुने सूचना अधिकारी चौधरीले रेडियो गंगाजललाई जानकारी दिए ।
यसै मुद्दामा बिहीबार डिभिजन वन कार्यालय लहानले कर्जन्हा नगरपालिका–७ स्थित कमला नदी किनारमा कम्लेश्वरी कमला क्रसरका सञ्चालक मोहम्मद खलिल राइनलाई पक्राउ गरि अनुसन्धान गरिरहेकै अवस्थामा वडा अध्यक्ष पक्राउ परेको छ ।
पुस ७ गते वन क्षेत्रमा पर्ने कमला नदी किनारबाट उत्खनन गरिरहेको अवस्थामा एक थान एक्स्काभेटरसहित चालक प्रदीपकुमार दर्लामी र स्थानीय ठेकेदार नीरज बस्नेतलाई नियन्त्रणमा लिइएको थियो ।
नियन्त्रणमा लिइएकाहरूलाई डिभिजन वन कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको चौधरीले बताए ।
डिभिजन वन प्रमुख सुजितकुमार झाका अनुसार कर्जन्हाको बन्दीपुरस्थित सबडिभिजन वन कार्यालयको गस्ती टोलीले बल्टियाको वन क्षेत्रमा पर्ने कमला नदी किनारबाट प्रारम्भिक वातावरणीय परीक्षण (आइई) नगरी खन्दै गरेको अवस्थामा एक्स्काभेटरसहित दुईजनालाई नियन्त्रणमा लिए संगै यस कार्यमा कर्जन्हाको जनप्रतिनिधीको समेत संलग्नता देखिएको बताए ।
कमला नदीमा अबैध उत्खन्न भइरहेको भन्दै कर्जन्हा नगरपालिकाको जनताहरु पटक पटक कर्जन्हा नगरपालिकाको कार्यालय र नगरपालिकाको विभिन्न स्थानहरुमा नारावाजी गरेपनि कर्जन्हा नगरपालिकाले मौनता देखाएपछि डिभिजन वन कार्यालय लहानको सक्रियतामा वडा अध्यक्षनै पक्राउ परेको हो ।
डिभिजन वनले ४ पुसमा सिराहा जिल्ला अदालतमा कानुनविपरीत वन क्षेत्रको खोला ठेक्का लगाएको आरोपमा सिराहाको धनगढीमाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश महतो, प्रशासन शाखा सहायक रञ्जितकुमार सिंह र वन वरुण कन्स्ट्रक्सनका प्रोप्राइटर नीलमकुमारी यादव, अवैध उत्खननमा संलग्न आठ ट्याक्टर तथा जेसिबीचालक र सातजना व्यवसायीविरुद्ध मुद्दा दायर गरेको थियो ।

 

गुद्रुक ऑनलाइन

गुद्रुक ऑनलाइन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सिरहामा बालबालिका तथा गर्भवती महिलाको पोषण अवस्था पहिचान गर्न अभियान

सिरहामा बालबालिका तथा गर्भवती महिलाको पोषण अवस्था पहिचान गर्न अभियान

जनकपुरमा शहीद स्मृति कार्यक्रम, मधेशको अबको बाटोबारे बहस

जनकपुरमा शहीद स्मृति कार्यक्रम, मधेशको अबको बाटोबारे बहस

३१३ रनको विशाल लक्ष्य, नेपालले चुम्यो प्रिमियर कपको उपाधि

३१३ रनको विशाल लक्ष्य, नेपालले चुम्यो प्रिमियर कपको उपाधि

ब्रिक्स शिखर सम्मेलनमा मोदी, पुटिन र सीको ‘एकता प्रदर्शन’

ब्रिक्स शिखर सम्मेलनमा मोदी, पुटिन र सीको ‘एकता प्रदर्शन’

रिजवान अन्सारीको दाबी– ‘साझा चुनाव चिह्न चुनावी तालमेल मात्रै होइन, स्थायी एकताको आधार हो’

रिजवान अन्सारीको दाबी– ‘साझा चुनाव चिह्न चुनावी तालमेल मात्रै होइन, स्थायी एकताको आधार हो’

सागरमाथा अञ्चल मै गुणस्तरीयताको ब्रान्ड बन्दै माखन भोग

सागरमाथा अञ्चल मै गुणस्तरीयताको ब्रान्ड बन्दै माखन भोग

पुल मिडिया नेट्वर्क प्रा. लि द्वारा संचालित गुन्द्रुक अनलाइन डटकम
www.gundrukonline.com
सुरुची मार्ग, नयाँ बानेश्वर, काठमाण्डौैं, (नेपाल)
+९७७९८००००००००
इमेल:info@gundrukonline.com

हाम्रो टिम

  • अध्यक्ष/ सम्पादक : लक्ष्मण भुसाल
  • +९७७ ९८००००००००
    • कानूनी सल्लाहकार : ..................
    • +९७७ ९८००००००००
      • सम्वाददाता : पुस्पा पौडेल

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.

No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.