Gundruk Online
Thursday, March 12, 2026
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
Gundruk Online
No Result
View All Result

Home » रुसी सेनामा नेपाली : फिर्ता पठाउन गरेको अनुरोधलाई रुसले गर्‍यो बेवास्ता

रुसी सेनामा नेपाली : फिर्ता पठाउन गरेको अनुरोधलाई रुसले गर्‍यो बेवास्ता


रुसी सेनामा नेपाली : फिर्ता पठाउन गरेको अनुरोधलाई रुसले गर्‍यो बेवास्ता

 

 रुसी सेनामा भर्ती भएका नेपालीलाई फिर्ता गर्न नेपालले गरेको अनुरोधलाई रुसले बेवास्ता गरेको छ । नेपालले मस्कोस्थित नेपाली दूतावासमार्फत रुसी परराष्ट्र मन्त्रालय र काठमाडौंस्थित रुसी दूतावासमार्फत रुसी सेनामा नेपालीको भर्नामाथि आपत्ति जनाए पनि रुसले बेवास्ता गर्दै आएको हो ।नेपालले मानव तस्करको सञ्जाल प्रयोग गरी रुसी सेनामा भर्ना गरिएका नेपालीलाई फिर्ता गर्न र थप भर्ना नगर्न एक महिनाअघि अनुरोध गरेको थियो । तर, रुसले युद्धमा खटाइएका नेपालीको यथार्थ विवरण समेत उपलब्ध गराएको छैन । रुसी सेनामा रहेका नेपालीका अनुसार युद्ध लड्न नसकी घाइते भएकाहरू फिर्ता हुन चाहे पनि रुसले फर्कने अनुमति दिने गरेको छैन । रुसी सेनामा भर्ती भइ युक्रेनसँग लड्न गएका मध्ये ९ नेपालीको मृत्यु भइसकेको छ । परराष्ट्र मन्त्रालयले आफन्तहरूबाट कम्तीमा सय जना नेपालीहरू सर्म्पकविहिन भएको सूचना आएको जनाएको छ ।पछिल्लो पटक गत पुस ४ मा परराष्ट्रमन्त्री एनपी साउदले नेपालका लागि रुसी राजदूत एलेक्सेई नोभिकोभलाई बोलाएर नेपालीहरूलाई सेनामा भर्ती गर्दै पूरा तालिम नदिई ‘रेड जोन’ मा नपठाउन तथा त्यहाँ भएका नेपालीलाई यथाशीघ्र पठाउन आग्रह गरेका थिए । परराष्ट्र स्रोतका अनुसार राजदूत एलेक्सेईले आफूले ‘नेपालको सन्देश रुससम्म पुर्‍याइदिन्छु’ भन्दै तर्किएका थिए । उनले नेपालीहरूको सम्बन्धमा थप सूचना केही पनि उपलब्ध गराएनन् ।परराष्ट्रमन्त्री साउदले हालसम्म रुसी सेनामा गएका सय जना नेपाली हराएको सूचना परिवार र आफन्तले दिएको बताए । ‘सरकारलाई परिवार र आफन्तहरूबाट निवेदन प्राप्त भएको छ,’ उनले भने, ‘त्यस विषयमा हामीले रुससँग कुराकानी गरिरहेका छौं ।’ उनले परराष्ट्रले नेपालीलाई सकुशल फिर्ता ल्याउनको लागि निरन्तर गृहकार्य गरिरहेको दाबी गरे । मन्त्री साउदले रुससँग सरकारले कुटनीतिक संवाद गरिरहेको बताए । ‘नतिजा आएपछि मात्र हामी सबैलाई जानकारी दिने छौं । अहिले नै के कुराकानी भएको थियो भन्नेबारेमा बाहिर बोल्नु उचित हुन्न,’ उनले भने ।रुस र युक्रेनबीच १७ सय किलोमिटरको सिमानामा युद्ध भइरहेको छ । सिमाना र भित्र युक्रेनी भूमिमा पनि नेपाली तैनाथ रहेका बताइएको छ । धेरै मानवीय क्षति भइसक्दा पनि नेपालको आग्रहका बाबजुत रुसले रुसले विवरण सार्वजनिक गरेको छैन । परराष्ट्र मन्त्रालयका अनुसार पुस ४ सम्ममा मृत्यु हुने नेपालीको संख्या ७ पुगेको छ ।जसमा स्याङ्जाको पुतलीबजार–५ का प्रितम कार्की, इलाम–५ का गंगाराज मोक्तान, दोलखाको मेलुङ गाउँपालिका–६ का राजकुमार कार्की, कपिलवस्तुको वाणगंगा–१ का रूपक कार्की, कास्कीका देवान राई, गोरखाका सन्दीप थपलिया र कुन्दन सिंह नागल छन् ।आफन्तले दाहसंस्कार गरेको थप दुई जनाको विषयमा परराष्ट्रले औपचारिक पुष्टि गरेको छैन । ‘हामीले गर्न सक्ने र भन्नु पर्ने ठाँउमा भनिरहेका छौं । तर रुसले हामीले भनेको मानेकै छैन । जसले गर्दा त्यहाँ रहेका नेपालीहरूको अवस्था थाहा पाउन निकै गाह्रो भइरहेको छ,’ परराष्ट्रका एक पदाधिकारीले भने । उनका अनुसार सरकारले आफ्नो माध्यमबाट प्रयास गरिरहने र मस्कोस्थित दूतावासलाई पनि थप सक्रिय हुनको लागि आग्रह गरेको छ ।रुसी सेनामा नेपालीको प्रयोग सम्बन्धमा कान्तिपुर दैनिकले काठमाडौंस्थित रुसी दूतावाससँग सम्पर्कमा आए । तर नेपालीहरूको रुसी सेनामा प्रयोगको सम्बन्धमा भने कुनै पनि जवाफ दिन चाहेनन् । रुसी सेनामा भर्ती भएका नेपालीका सम्बन्धमा परराष्ट्र मन्त्रालय लामो समय प्रतिक्रियाविहीन रहेको नेपाल सरकारले साउन १६ मा परराष्ट्र मन्त्रालयमार्फत विज्ञप्ति जारी गरेको थियो ।परम्परागत रूपमा रहेको सम्झौताअन्तर्गत केही मित्रराष्ट्र (भारत र बेलायत) बाहेक अन्य विदेशी सेनामा भर्ना हुन अनुमति दिने कुनै नीति नरहेको परराष्ट्रको भनाइ थियो । घटना हुनु अगाडि नै परराष्ट्र मन्त्रालय सक्रिय बन्न सकेन । मस्कोमा रहेको नेपाली दूतावासले भने नेपालीहरूको रुसी सेनामा भर्ती सम्बन्धमा कुनै पनि सूचना पाउन सकेन । नेपालीहरू रुसी सेनामा एक वर्षदेखि भर्ती भएको विषय नेपालीहरू युद्धमा मारिएपछि विदेशी सञ्चारमाध्यमले समाचार प्रकाशन गरेपछि मात्रै नेपाली दूतावासले थाहा पाएको थियो ।दोस्रो पटक मंसिर १८ मा परराष्ट्रले ‘नेपाली नागरिकलाई रुसी सेनामा भर्ना नगर्न र गरिएको भए उनीहरूलाई तत्काल नेपाल फर्काउन’ भन्दै रुसलाई कूटनीतिक नोट पठाएको जानकारी दियो । रुसका लागि नेपाली राजदूतले पनि त्यहाँको परराष्ट्र मन्त्रालयमा गएर नेपाल सरकारको सन्देश सुनाएका थिए । राजदूतले रुसी सेनामा भर्ती भएका नेपालीको सम्झौतापत्र रद्द गरी नेपाल पठाइदिन अनुरोध गरेका थिए ।राजदूत एलेक्सेईलाई मंसिर तेस्रो साता बोलाएर नेपाल सरकारले ध्यानाकर्षण गराउनुका साथै कूटनीतिक नोट पनि हस्तान्तरण गरेको थियो । पुस ४ मा पनि परराष्ट्र मन्त्रालयले राजदूत नोभिकोभलाई बोलाएर ध्यानाकर्षण गरायो । नेपाली युवाहरू एक वर्षको सम्झौता गरी रुसी सेनामा भर्ती भएका हुन्छन् ।तालिम लिएर सैन्य क्याम्पमा प्रवेश गरेपछि सम्झौता अवधि पूरा नभएसम्म फर्कन नपाइने प्रावधान रुसको छ । बीचमै फर्किए वा भागेमा रुसी सेनाको अपराध संहिता ३३७ अनुसार कारबाही हुने उल्लेख छ । घाइते भएर वा आरामका लागि सैन्य क्याम्प आइपुगेका नेपालीहरू आफन्त र नेपाली दूतावाससमक्ष उद्धारका लागि अपिल गरिरहेका भिडियो सामाजिक सञ्जाल मार्फत् सार्वजनिक भइरहेरेका छन् ।

गुद्रुक ऑनलाइन

गुद्रुक ऑनलाइन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नागरिकता नियमावली संशोधनपछि म्याग्दीमा आमाको नामबाट नागरिकता

नागरिकता नियमावली संशोधनपछि म्याग्दीमा आमाको नामबाट नागरिकता

देउवा समूहको प्रभाव हट्दै, कांग्रेसको सामाजिक सञ्जाल सरेको संकेत

देउवा समूहको प्रभाव हट्दै, कांग्रेसको सामाजिक सञ्जाल सरेको संकेत

लोकतन्त्रको नाममा लाजको हत्या, कांग्रेसभित्रको टिकट तमासा : सुमन अधिकारी

लोकतन्त्रको नाममा लाजको हत्या, कांग्रेसभित्रको टिकट तमासा : सुमन अधिकारी

अमर प्रेमको कथा बोकेको ओमनाथ कडरियाको ‘अचानो’ सार्वजनिक

अमर प्रेमको कथा बोकेको ओमनाथ कडरियाको ‘अचानो’ सार्वजनिक

केपी ओलीको निर्वाचन क्षेत्रमा बढ्दै युवापुस्ताको आकर्षण, झापा–५ मा कांग्रेसबाट युवाको सिफारिस

केपी ओलीको निर्वाचन क्षेत्रमा बढ्दै युवापुस्ताको आकर्षण, झापा–५ मा कांग्रेसबाट युवाको सिफारिस

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

पुल मिडिया नेट्वर्क प्रा. लि द्वारा संचालित गुन्द्रुक अनलाइन डटकम
www.gundrukonline.com
सुरुची मार्ग, नयाँ बानेश्वर, काठमाण्डौैं, (नेपाल)
+९७७९८००००००००
इमेल:info@gundrukonline.com

हाम्रो टिम

  • अध्यक्ष/ सम्पादक : लक्ष्मण भुसाल
  • +९७७ ९८००००००००
    • कानूनी सल्लाहकार : ..................
    • +९७७ ९८००००००००
      • सम्वाददाता : पुस्पा पौडेल

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.

No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.