Home » सिन्धुलीमा मोटरसाइकललाई ठक्कर दिने बस स्थानीयले जलाए
सिन्धुलीको सुनकोशी गाउँपालिका–३ स्थित बोहोरेटारमा मोटरसाइकललाई ठक्कर दिने बसमा स्थानीयले आगजनी गरेका छन् । रामेछापको मन्थलीबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश–०१–००६ ख ४५९३ नम्बरको बस स्थानीयले जलाएको सिन्धुलीका एसपी राजकुमार सिलवालले रातोपाटीलाई बताए ।बसको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बा.६० प ३५४५ नम्बरको मोटरसाइकल चालक खोटाङ घर भएका २० वर्षीय सुसन राई र खोटाङको दिक्तेल नगरपालिका–१० घर भएकी १८ वर्षीया मुनाकला राई छन् ।बसमा आगजनी भएपछि सिन्धुलीका एसपी सिलवाल घटनास्थलमा जाँदै छन् । अहिले दुर्घटना स्थलमा इन्स्पेक्टर सविता के.सी. नेतृत्वको टिम परिचालन गरिएको छ । पुल मिडिया नेट्वर्क प्रा. लि द्वारा संचालित गुन्द्रुक अनलाइन डटकम
www.gundrukonline.com
सुरुची मार्ग, नयाँ बानेश्वर, काठमाण्डौैं, (नेपाल)
+९७७९८००००००००
इमेल:info@gundrukonline.com
© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.
© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.