Gundruk Online
Sunday, September 20, 2026
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
Gundruk Online
No Result
View All Result

Home » राष्ट्रियसभा अध्यक्ष कसले पाउने भन्नेमा गठबन्धनमा सुरु भो किचलो

राष्ट्रियसभा अध्यक्ष कसले पाउने भन्नेमा गठबन्धनमा सुरु भो किचलो


राष्ट्रियसभा अध्यक्ष कसले पाउने भन्नेमा गठबन्धनमा सुरु भो किचलो
facebook sharing buttonemail sharing buttonsharethis sharing button

निर्वाचन आयोगले आगामी माघ ११ गते राष्ट्रियसभामा रिक्त १९ सदस्यको निर्वाचनको मिति तोकेको छ । त्यसका लागि मंसिर २४ देखि २९ गतेसम्म दल दर्ताको मिति तोकिएको छ । कोशी, लुम्बिनी र मधेस प्रदेशबाट दुई–दुईजना, गण्डकी, सुदूरपश्चिम र कर्णालीबाट तीन–तीनजना र बागमती प्रदेशबाट चारजना राष्ट्रियसभामा निर्वाचित हुनेछन् ।निर्वाचन हुन ४८ दिन बाँकी रहँदा सत्ता गठबन्धन दलभित्र भागबन्डाको कसरत सुरु भएको छ । नेपाली कांग्रेस र माओवादी केन्द्र दुवैले आफ्ना दलबाटै राष्ट्रियसभा अध्यक्ष बनाउन कसरत गरिरहेका छन् भने गठबन्धनका सबै दल अहिले भइरहेको भन्दा बढी सिट पाउनुपर्ने दाबी गरिरहेका छन् ।राष्ट्रियसभामा अध्यक्षसहित २० सदस्यको ६ वर्षे कार्यकाल आगामी फागुन २० गते सकिँदै छ । एक सदस्य भने सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनीत गर्नेछन् । एमालेका आठ, नेपाली कांग्रेसका चार, माओवादीका तीन, एकीकृत समाजवादीका दुई तथा जसपा र स्वतन्त्र एक–एकजनाको पद खाली हुँदै छ ।सत्तारुढ दलहरुको अंकगणित हेर्दा उनीहरु एकजुट भएर गएमा एमालेले आफ्नो खाली हुने आठवटै सिट गुमाउने देखिएको छ ।गठबन्धनमा रहेका दलमध्ये मतभार धेरै भएकाले आफूले अध्यक्षसहित नौ सिट पाउनुपर्ने दाबी कांग्रेसको छ । कांग्रेसको प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख सातवटै प्रदेशमा सबैभन्दा धेरै छ । त्यसैले कांग्रेसले राष्ट्रियसभा अध्यक्ष पाउनुपर्ने अडान राखेको हो । कांग्रेसले कृष्णप्रसाद सिटौला र गोपालमान श्रेष्ठमध्ये र्एकजनालाई राष्ट्रियसभा अध्यक्ष बनाउन चाहेको छ ।माओवादीले सरकारको नेतृत्व गरेका आधारमा अध्यक्षसहित सात सिट दाबी गर्ने तयारी गरेको छ । एकीकृत समाजवादीले आफ्नो खाली रहेको दुई सिटसहित अर्को दुई सिट पाउनुपर्ने माग राखेको छ । एकीकृत समाजवादीबाट बेदुराम भुसाल अध्यक्षका आकांक्षी छन् । जसपाले पनि दुई सिटको दाबी गरेको छ ।

गुद्रुक ऑनलाइन

गुद्रुक ऑनलाइन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

जनकपुरमा शहीद स्मृति कार्यक्रम, मधेशको अबको बाटोबारे बहस

जनकपुरमा शहीद स्मृति कार्यक्रम, मधेशको अबको बाटोबारे बहस

३१३ रनको विशाल लक्ष्य, नेपालले चुम्यो प्रिमियर कपको उपाधि

३१३ रनको विशाल लक्ष्य, नेपालले चुम्यो प्रिमियर कपको उपाधि

ब्रिक्स शिखर सम्मेलनमा मोदी, पुटिन र सीको ‘एकता प्रदर्शन’

ब्रिक्स शिखर सम्मेलनमा मोदी, पुटिन र सीको ‘एकता प्रदर्शन’

रिजवान अन्सारीको दाबी– ‘साझा चुनाव चिह्न चुनावी तालमेल मात्रै होइन, स्थायी एकताको आधार हो’

रिजवान अन्सारीको दाबी– ‘साझा चुनाव चिह्न चुनावी तालमेल मात्रै होइन, स्थायी एकताको आधार हो’

सागरमाथा अञ्चल मै गुणस्तरीयताको ब्रान्ड बन्दै माखन भोग

सागरमाथा अञ्चल मै गुणस्तरीयताको ब्रान्ड बन्दै माखन भोग

नागरिकता नियमावली संशोधनपछि म्याग्दीमा आमाको नामबाट नागरिकता

नागरिकता नियमावली संशोधनपछि म्याग्दीमा आमाको नामबाट नागरिकता

पुल मिडिया नेट्वर्क प्रा. लि द्वारा संचालित गुन्द्रुक अनलाइन डटकम
www.gundrukonline.com
सुरुची मार्ग, नयाँ बानेश्वर, काठमाण्डौैं, (नेपाल)
+९७७९८००००००००
इमेल:info@gundrukonline.com

हाम्रो टिम

  • अध्यक्ष/ सम्पादक : लक्ष्मण भुसाल
  • +९७७ ९८००००००००
    • कानूनी सल्लाहकार : ..................
    • +९७७ ९८००००००००
      • सम्वाददाता : पुस्पा पौडेल

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.

No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.