सिरहा, कार्तिक ६ गते । त्रिकोणात्मक टी–२० क्रिकेट सिरिज अन्तर्गत नेपालले चौथों खेलमा फेरि युएईसँग खेल्दैछ ।
जारी सिरिजमा एक खेल अगावै फाइनल प्रवेश गरिसकेको नेपालले आज यूएईसँग अन्तिम खेल खेल्न लागेको हो । मुलपानी क्रिकेट मैदानमा नेपाल र युएईबीचको खेल बिहान ११ बजे सुरु हुनेछ।
नेपालले यसअघि युएईलाई पहिलो खेलमा ७ विकेटले पराजित गरेको थियो। युएई आजको खेलमा नेपाललाई पराजित गर्दै फाइनल प्रवेश गर्न चाहन्छ।
नेपाल जारी सिरिजमा ३ खेलमा ६ अंक जोडेर शीर्ष स्थानमा छ भने यूएई २ खेलबाट अङ्कसहित दोस्रो स्थानमा छ। लगातार तीन खेलमा पराजित भएको हङकङ अङ्कबिहीन हुँदै पुछारमा छ।






