• २०८१ फाल्गुन ५ | Mon, 17 Feb 2025
  • भ्रष्टाचार आरोपमा क्रिकेटरलाई १४ वर्षको प्रतिबन्ध

    भ्रष्टाचार आरोपमा क्रिकेटरलाई १४ वर्षको प्रतिबन्ध

    क्रिकेटर मेहर छायाकरलाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले १४ वर्षको प्रतिबन्ध लगाएको छ । उनलाई आईसीसीको भ्रष्टाचार विरोधी न्यायाधीकरणले आईसीसी र क्यानडा क्रिकेटका सातवटा नियम उल्लङ्घन गरेकोमा दोषी ठहर गरेको हो ।

    त्यसपछि उनलाई १४ वर्षका लागि सबै ढाँचाका क्रिकेट खेल्न प्रतिबन्ध लगाइएको छ । युनाइटेड अरब इमिरेट्सका खेलाडी छायाकरले अप्रिल २०१९ मा जिम्बाब्वेविरुद्ध युएई सिरिज र २०१९ मा क्यानडामा भएको जीटी-२० म्याचमा नियम उल्लङ्घन गरेका थिए।

    ‘हामीले पहिलो पटक २०१८ मा अजमानमा एक क्रिकेट प्रतियोगिता आयोजना गर्दा मेहरको संलग्नता पाएका थियौँ। क्रिकेटमा भ्रष्टाचार फैलाउनमा संलग्न भएको कारण उनलाई लामो समय प्रतिबन्ध लगाइएको छ,’ आईसीसीको इन्टिग्रिटी युनिटका महाप्रबन्धक एलेक्स मार्शलले भने।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    गुन्द्रुक अनलाईन    
  • २०७९ आश्विन २६, बुधबार ०४:२४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP