• २०८२ बैशाख ४ | Thu, 17 Apr 2025
  • सन्यास लिँदा रोजर फेडेररको रोएको तस्बिर हेरेर विराट कोहलीले के भने ?

    सन्यास लिँदा रोजर फेडेररको रोएको तस्बिर हेरेर विराट कोहलीले के भने ?

    टेनिसका महान् खेलाडीमध्येका एक स्विजरल्याण्डका रोजर फेडेरर शुक्रबार राती व्यावसायिक टेनिसबाट बिदा भएका छन् । उनले शुक्रबार राति लन्डनमा भएको लेवर कपमा आफ्नो करियरको अन्तिम व्यावसायिक खेल खेले । खेल सकिएपछि कोर्टमा बोल्दै फेडेरर निकै भावुक भए र उनी बेस्सरी रुन थाले । उनीसँगै राफेल नाडाल पनि रुन थाले ।

    यो देखेर धेरै दर्शकहरु निकै भावुक पनि भए । यो दृश्यले यो खेल हेरिरहेका सबैलाई स्तब्ध बनायो । यो दृश्यले भारतीय क्रिकेट टिमका पूर्व कप्तान विराट कोहलीलाई पनि भावुक बनाएको छ । उनले सामाजिक सञ्जाल ट्विटरमा ट्विट गर्दै आफ्नो भावना व्यक्त गरेका हुन् ।

    विराट कोहलीले आफ्नो ट्वीटमा लेखेका छन्, ‘कसले सोचे कि प्रतिद्वन्द्वीले एकअर्काको बारेमा यस्तो महसुस गर्न सक्छन् ? यो खेलको सुन्दरता हो । मेरो लागि यो खेलले देखेको सबैभन्दा सुन्दर तस्विर हो । जब तपाईंका साथी तपाईंका लागि रुन्छन् भने भगवानबाट पाएको प्रतिभा तपाईंले नै किन पाउनुभयो । यी दुबैलाई मेरो पूरा सम्मान ।’

    टेनिस इतिहासमा अहिलेसम्मकै उत्कृष्ट खेलाडीमध्येका रोजर फेडेररले कुल २० ग्रान्डस्लाम उपाधि जितेका छन् । प्रोफेशनल करियरबाट सन्यास लिएर कोर्टबाट बाहिरिँदै गर्दा दर्शकले लामो समयसम्म उनका लागि लामो समयसम्म उभिएर ताली बजाएका थिए ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    गुन्द्रुक अनलाईन    
  • २०७९ आश्विन ८, शनिबार ०९:५०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP