काठमाडौ । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले आफूबिरुद्ध जबरजस्तीकरणीको आरोप लागेपछि नेपाली क्रिकेट संघ ९क्यान० सँग कानूनी उपचारमा सहयोग गरिदिन आग्रह गर्नुभएको छ ।
उहाँले प्रहरीमा एक १७ वर्षीया किशोरीले आफूबिरुद्ध जबरजस्तीकरणी गरेको भन्दै प्रहरीमा जाहेरी दिएपछि कानूनी उपचारका लागि सहयोग गरिदिन आग्रह गर्नुभएको हो । हाल क्यारेबियन लिग क्रिकेटका लागि वेस्टइण्डिज पुग्नुभएका लामिछानेले क्यानसँगको फोन वार्तामा आफूले जबरजस्तीकरणी नगरेको दाबी गर्दै कानूनी उपचारका लागि सहयोग गरिदिन आग्रह गरेको क्यानका सचिव प्रशान्त मल्लले बताउनु भयो । उहाँले क्रिकेटर लासमछानेसँग कुरा भइसकेको रे प्रिमियर लिगका खेल सकिएपछि स्वदेश फर्किने बताएको पनि जानकारी दिनुभयो ।
फोनवार्तामा क्रिकेटर लामिछानेले कानूनी उपचारमा प्रोफाइलिस्ट लयर खोजिदिन आग्रह गरेको बताउनु भयो । उहाँले यस बारेमा आईसीसीले पनि चासो दिएको उल्लेख गर्दै आईसीसीलाई पनि यस बारेमा जानकारी गराएको र आईसीसी यस विषयलाई लिएर गम्भीर रहेको बताउनु भयो । उहाँले नेपाल प्रहरीले क्रिकेटरले जबरजस्तीकरणी गरेको बारेमा क्यानसँग कुनै सहयोग हालसम्म नमागेको उल्लेख गर्दै यदी गलत काम गरेको खण्डमा क्यानले गलत कामको समर्थन नगर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘हिजो राति क्यानले नै सम्पर्क ग¥यो । मैले नै सम्पर्क गरेँ । रेप केसमा एकजना युवतीले जाहेरी दिएको छ, तिमीलाई थाहा छ भन्दा मैले
थाहा पाएको छु भन्यो । यसमा तिम्रो भनाइ के हो भन्दा मेरो त्यसमा कुनै संलग्नता छैन । भन्ने किसिसमको कुरा गयो । क्यानले सहयोग गर्नुपयो । कानूनी उपचारमा प्रोफाइलिस्ट लयर हायर गर्नुपर्छ भन्यो । म सिपिएल म्याच सकेर फर्किन्छु भन्यो । टिमले थाहा पाएको छ तर खेल्नलाई समस्या छैन भन्यो ।
प्रहरीले हामीसँग सहयोग मागेको छैन । आईसीसीले चासो राखेको छ, मैले सबै ब्रिफ गरिसकेको छु । आइसीसीले के हुनसक्छ भन्यो । मैले केस लागेपछि
त्यहीअनुसार कानूनअनुसार दर्ता हुन्छ भन्यौँ । यसमा आइसीसी गम्भीर बनेको छ । मुद्दा परेको छ, पुलिसले आफ्नो अनुसन्धान गरिरहेको छ ।’
प्रशान्त मल्ल, सचिव, नेपाल क्रिकेट संघ ९क्यान० क्यानको तर्फबाट सचिव मल्लले क्रिकेटर लामिछानेलाई बुधवार राति घटनाको बारेमा जानकारी लिनुभएको थियो । जसमा क्रिकेटरले यस घटनामा आफ्नो कुनै संलग्नता नरहेको उल्लेख गरेका क्यानले जनाएको छ । एक १७ वर्षीया युवतीले
आफूलाई क्रिकेटरले जबरजस्तीकरण गरेको भन्दै मंगलवार बलात्कारको उजुरी दर्ता गरेकी थिइन् ।
प्रतिक्रिया