• २०८१ चैत्र १३ | Wed, 26 Mar 2025
  • सन्दीपमाथि आरोप, नाबालिगलाई नगरकोट घुमाए, एयरपोर्टको होटेलमा बलात्कार गरे

    सन्दीपमाथि आरोप, नाबालिगलाई नगरकोट घुमाए, एयरपोर्टको होटेलमा बलात्कार गरे

    राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध बलात्कारको किटानी जाहेरी दर्ता भएको छ । प्रहरी वृत्त गौशालामा सन्दीपविरुद्ध जाहेरी दर्ता भएको उपत्यका प्रहरी कार्यालयका एआईजी रवीन्द्र धानुकले रातोपाटीलाई बताए ।

    मंगलबार प्रहरी वृत्त गौशालामा जाहेरी परेपछि सो सूचना काठमाडौँका एसएसपी भरत बोहराकहाँ पुगेको थियो । बोहराले उपत्यका प्रहरी कार्यालयका एआईजी रवीन्द्र धानुकलाई त्यसबारे जानकारी गराए । ‘जाहेरी दर्ता भएर अनुसन्धान सुरु भएको छ’ एआईजी धानुकले रातोपााटीसँग भने ।

    प्रहरी स्रोतका अनुसार नाबालिग १७ वर्षीया हुन् । स्न्यापच्याट र हवाट्एप मार्फत कुराकानी भएपछि नाबालिगलाई सन्दीपले घुम्न लगेका थिए । आफूलाई नगरकोटमा लगेर घुमाएको पीडितले जाहेरीमा उल्लेख गरेकी छिन् ।

    अनुसन्धान अधिकृतहरूका अनुसार एयरपोर्ट स्थित शम्भु मार्गमा रहेको काठमाडौँ इन होटेलमा लगेर सन्दीपले बलात्कार गरेको आरोप छ । सो होटेलमा प्रहरीले घटनास्थल मुचुल्का गर्ने तयारी गरेको छ । नगरकोटमा पीडितलाई घुमाएको होटल, रेष्टुरेष्टको  सिसिटिभी  फुटेज सङ्कलनका लागि अनुसन्धान टोली परिचालन गरिएको छ ।

    प्रहरीले थापाथली अस्पतालमा पीडितका स्वास्थ्य परीक्षण गराएको छ । नाबालिगले आफ्नो साथीसँग सन्दीपले बलात्कार गरेको कुरा सेयर गरेपछि घटना बाहिरिएको थियो । सन्दीप अहिले विदेशमा छन् ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    गुन्द्रुक अनलाईन    
  • २०७९ भाद्र २२, बुधबार ०५:११
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP