• २०८१ माघ १० | Thu, 23 Jan 2025
  • राष्ट्रव्यापी अन्तर वडा टेबलटेनिस भोलिदेखि

    राष्ट्रव्यापी अन्तर वडा टेबलटेनिस भोलिदेखि

    स्पिन इभेन्ट्स प्रालीको आयोजनामा दोस्रो पूर्णशंकर श्रेष्ठ राष्ट्रव्यापी अन्तर वडा टेबलटेनिस प्रतियोगिता मंगलबारदेखि हुने भएको छ । प्रतियोगितामा पुरुषरमहिला सिंगल्स र टिम तथा भेट्रान ४० वर्षमाथि, ५० वर्षमाथि र ६० वर्षमाथि गरी जम्मा ७ स्पर्धामा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजकसमेत रहेका आयोजक स्पिनका सचिव ज्याकी महर्जनले जनाएका छन् ।

    टिम स्पर्धामा बाहेक सबैमा नगद पुरस्कार राखिएको छ । पुरुषरमहिला सिंगल्समा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ३० हजार, १५ हजार र ७ हजार ५ सय नगद पुरस्कार प्राप्त गर्ने छन् । भेट्रानका तीनै स्पर्धामा समान नगद पुरस्कार राखिएको छ । पहिलो हुनेले १० हजार, दोस्रोले ५ हजार र तेस्रोले २ हजार ५ सय नगद पुरस्कार पाउने छन् ।

    टिम च्याम्पियनलाई रनिङ सिल्ड प्रदान गरिने छ । पहिलो संस्करणमा विराटनगर महानगरपालिकाको वडा ३ टिम च्याम्पियन बनेको थियो । प्रतियोगितामा ५ सय ५० खेलाडीको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगिताको मुख्य प्रायोजकमा समाजसेवी एवं खेल प्रेमी पूर्णशंकर श्रेष्ठ छन् ।

    प्रतियोगिताको उद्घाटन कार्यक्रममा माल्दिभ्समा गत मे ९ देखि ११ तारिखसम्म भएको दक्षिण एसियाली जुनियर तथा क्याडेट टेबलटेनिस च्याम्पियनसिपका पदक विजेता खेलाडीसहित १२ सदस्यीय टोलीलाई सम्मान गर्ने प्रतियोगिता संयोजक महर्जनले जानकारी गराए । पाँचदिने प्रतियोगिताका खेलहरु लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रको हलमा हुनेछ ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    गुन्द्रुक अनलाईन    
  • २०७९ भाद्र २०, सोमबार १३:२१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP