• २०८१ माघ ३ | Thu, 16 Jan 2025
  • विमानस्थलबाट युएई हिँडेका ५ युवती पक्राउ, अध्यागमनले प्रहरीको जिम्मा लगायो

    विमानस्थलबाट युएई हिँडेका ५ युवती पक्राउ, अध्यागमनले प्रहरीको जिम्मा लगायो

    काठमाडौं,२६ साउन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयबाट युएई हिँडेका पाँच युवती पक्राउ परेका छन् ।

    पर्यटक प्रवेशाज्ञा (टुरिष्ट भीसा)मा कुवेतहुँदै युएई जान लागेका पाँच युवतीले  पेस गरेको कागजात नक्कली भेटिएपछि अध्यागमनले पक्राउ गरी उनीहरुलाई प्रहरीको जिम्मा लगाएको हो ।

    पक्राउ पर्नेमा माया तामाङ, पार्वती सार्की,अञ्जु बोहोरा,करुणा सिंह ठकुरी र सोमी धिताल रहेको विमानस्थल प्रहरी स्रोतले बताएको छ । ‘उहाँहरुले पेस गर्नु भएको प्लस टु को प्रमाणपत्र नक्कली भेटियो, उहाँहरुको ट्राभल हिस्ट्री समेत छैन, अध्यागमनका एक अधिकारीले अन्नपूर्णसँग भने,’यात्राको उद्देश्य समेत स्पष्ट छैन् त्यही भएर हामीले फर्कायौं ।’

    ती युवतीहरु जजीरा एयरबाट कुवेत हुँदै युएई जाने तयारीमा रहेका थिए । गृह मन्त्रालयले टुरिष्ट भीसामा खाडी मुलुक गएर काम गर्न निरुत्साहित गर्दै आएको छ । अध्यागमनले भ्रमणको उदेश्य स्पष्ट नभएका टुरिष्ट भीसा वहाक यात्रुहरुको मलेसिला, खाडीलगायत मुलुकको भ्रमणमा कडाई गरेको छ ।

    मानव तस्करको सञ्जालले ती युवतीहरुलाई राम्रो काममको प्रलोभन देखाई युएई लैजाने तयारी गरेका थिए । टुरिष्ट भीसामा मलेसिया,खाडी मुलुक गएका नेपालीहरुले काम नपाउने र अनावश्यक दु:ख पाउने गुनासो आउन थालेपछि अध्यागमन कार्यालयले कडाई गर्दै आएको छ ।

    त्रिअवि अध्यागमन कार्यालयले बुधबार पनि  युएई जान लागेका १८ महिलासहित २२ जनालाई प्रस्थान अनुमति दिन अस्वीकार गरेको थियो । उनीहरुले आफ्नो यात्राको उद्देश्य स्पष्ट पार्न नसकेको र विचौलियाको माध्यमबाट ती महिला युएई जान लागेको भन्दै अध्यागमनले उनीहरुलाई फिर्ता गरेको थियो ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    गुन्द्रुक अनलाईन    
  • २०७९ श्रावण २६, बिहीबार ०६:०२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP