• २०८१ फाल्गुन ५ | Mon, 17 Feb 2025
  • गौरीगञ्‍ज नाकाबाट कपाल तस्करी,३३ पोकासहित कन्टेनर नियन्त्रणमा

    गौरीगञ्‍ज नाकाबाट कपाल तस्करी,३३ पोकासहित कन्टेनर नियन्त्रणमा

    झापा, २६ साउन । झापाको गौरीगञ्ज नाकाबाट कपाल तस्करी भइरहेको छ ।

    महिलाले लगाउने नक्कली कपाल नाकाबाट ठूलो परिमाणमा नेपाल भित्रिने गरेको खुलेको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाबाट खटिएको टोलीले ३३ पोका नक्कली कपालसहित कन्टेनर नियन्त्रणमा लिएपछि यस्तो रहस्य खुलेको हो ।

     सशस्त्रले झापामै पहिलो पटक कपाल बरामद गरेको हो । सशस्त्र प्रहरीले बुधवार बेलुका करिब ८ बजे गौरीगञ्ज–पाडाजुंगी सडक खण्डअन्तरगत गौरादह– ७ स्थित गुवालडुब्बामा गौरीगञ्जबाट आइरहेको ना ७ ख २१९६ नम्बरको कन्टेनर शंका लागि चेकजाँच गर्दा कन्टेनरभित्र ३३ पोका नक्कली कपाल बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाका डीएसपी तथा प्रवक्ता प्रेम भण्डारीले जानकारी दिए ।

    नीलकण्ठ ढुवानी सेवाबाट सञ्चालित कन्टेनर गौरीगञ्जबाट दमक हुँदै काठमाडौँ तर्फ जान लागेको थियो । तर, सोही कन्टेनर बिर्तामोडबाट ट्रान्सपोटको अन्य सरसामान बोकेर काठमाडौँको लागि हिँडेको बुझिएको छ ।  बिर्तामोडबाट हिँडेको कन्टेनर गौरीगञ्ज पुगेर अवैध कपाल पनि लोड गरी लैजान खोजेको अवस्थामा सशस्त्रले विशेष सूचनाको आधारमा नियन्त्रणमा लिएको हो ।

    एउटा पोकामा ३० केजी कपाल रहेको छ। एक केजी कपालको भारतीय २ हजार ५ सय रुपैयाँ पर्छ ।

    ९९० केजी कपालको नेपाली बजार मुल्य करिब ३९ लाख ६० लाख रुपैयाँ पर्छ । कन्टेनरमा ट्रान्सपोटको अन्य सरसामानको बिजबिजक थियो । काठको सामान, कपि किताब र कपडा गरी २९ लाख ८८ हजार ३०२ रुपैयाँ बराबरको सामानको बिजबिजक चालकसँग रहेको डीएसपी भण्डारीले बताए ।

     नियन्त्रणमा लिएको कन्टेनरलाई बुधबार बेलुका सशस्त्र बेस क्याम्प बैगुनधुरामा राखिएको थियो । कन्टेनर, चालक र कन्टेनरभित्र रहेका अन्य सरसामानलाई ९४ लाख ४८ हजार मूल्याङ्कन गरी आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय इटहरी बुझाउन पठाइसकेको डीएसपी भण्डारीले बताए ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    गुन्द्रुक अनलाईन    
  • २०७९ श्रावण २६, बिहीबार ०६:००
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP