• २०८१ माघ १० | Thu, 23 Jan 2025
  • मोरङमा रोकेर राखिएको कन्टेनरभित्र भेटियो पुरुषको शव

    मोरङमा रोकेर राखिएको कन्टेनरभित्र भेटियो पुरुषको शव

    विराटनगर,२४ साउन । मोरङको सुन्दरहरैँचा नगरपालिका–८ सलकपुरस्थित सडकमा रोकेर राखिएको कन्टेनरभित्र मंगलबार बिहान एक जना पुरुषको शव फेला परेको छ।

    ना ३ ख ४७४३ नम्बरको कन्टेनरभित्र अन्दाजी ४५/५० वर्षीय पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ। मृतकको पहिचान खुलेको छैन। भित्रबाट ढोक लक गरेको अवस्थामा कन्टेनरको अगाडिको सिटमा शव रहेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए।

    स्थानीयका अनुसार सडकमा पूर्वबाट पश्चिमतर्फ फर्काएर चार दिनअघि कन्टेनर राखिएको थियो। डीएसपी श्रेष्ठले घटनास्थलमा इलाका प्रहरी कार्यालय बेलबारीबाट प्रहरी निरीक्षक खगेन्द्र धमला नेतृत्वको टोली पुगेर अनुसन्धान सुरु गरेको बताए। उनका अनुसार मृतक कन्टेनरका चालक वा सहचालकमध्ये एक भएको हुनसक्ने अनुमान गरिएको छ।  ‘कन्टेनरभित्र एक जनाको शव देखिएको छ। ढोका लक गरिएको अवस्थामा शव रहेकाले मृतकको पहिचान भइसकेको छैन,’ उनले भने, ‘प्रहरीले घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको छ। कहाँबाट ल्याएर कन्टेनरलाई सडकमा रोकिएको हो भन्ने पनि खुलेको छैन।’

    यसैबीच मोरङको बेलबारी नगरपालिका–३ स्थित न्यू पाथीभरा बरफ फ्याक्ट्रीमा मंगलबार बिहान एक जना युवा मृत फेला परेका छन्। खाना खाएर फ्याक्ट्रीका अन्य कामदारसँगै राति सुतेका अन्दाजी २७–२८ वर्षीय विशाल राई ओछ्यानमै मृत फेला परेका हुन्। राईको ठेगाना खुलेको छैन।

    मुखबाट रगत बगिरहेको अवस्थामा ओछ्यानमा शव भेटिएको डीएसपी श्रेष्ठले बताए। प्रहरीका अनुसार मृतक सानैमा बेलबारी–३ का तारा कटुवालको घरमा आएर बसेको खुलेको छ। ७/८ वर्षअघि कटुवालको घरबाट निस्किएर हिँडेपछि उनले ट्याक्टरमा काम गर्न थालेको प्रहरीले जनाएको छ।

    अहिले भने बरफ फ्याक्ट्रीमा काम गर्दै आएका थिए। फ्याक्ट्रीका अन्य मजदुरले दिएको जानकारी अनुसार राईलाई तीन दिनदेखि ज्वरो आइरहेको थियो। बिहानीपख छात्ती दुख्यो भनेर छटपटाएका उनको केही बेरमै मृत्यु भएको मजदुरले प्रहरीलाई बताएका छन्।

    राईविरुद्ध २०७६ सालमा जबरजस्ती करणी उद्योगको मुद्दासमेत चलेको थियो। एक वर्षअघि कारागारबाट छुटेपछि बरफ फ्याक्ट्रीमा मजदुरको रूपमा काम गर्न थालेको प्रारम्भिक अनुसन्धानबाट खुलेको डीएसपी श्रेष्ठले बताए। उनका अनुसार ५/६ वर्षको उमेरमा बेलबारी आएर बसेका उनको घरको ठेगाना भने खुलेको छैन। राईले ठेगाना बेलबारी–३ भनेर लेखाउने गरेका थिए। शव पोस्टमार्टमका लागि पठाएर घटनाको अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    गुन्द्रुक अनलाईन    
  • २०७९ श्रावण २४, मंगलवार ०६:४८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP