• २०८१ फाल्गुन ५ | Mon, 17 Feb 2025
  • पहिरोमा पुरिएर एकै परिवारका पाँच जनाको मृत्यु

    पहिरोमा पुरिएर एकै परिवारका पाँच जनाको मृत्यु

    म्याग्दीको मालिका गाउँपालिका-२ रुममा अविरल वर्षाको कारण मंगलबार बिहान पहिरो जाँदा एकै घर परिवारका ५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा सोही ठाउँ बस्ने ३६ को घाम बहादुर बिक, उनकै श्रीमती ३४ वर्षीया राममाया बिक, उनकै छोराहरू १८ वर्षीय नवीन विक, १४ वर्षीय राजन विक र छोरी ७ वर्षीया अस्मी पटेल रहेका छन् ।

    उक्त स्थानमा पहिरो आई २ ओटा घरहरू बगाई  मानिसहरू समेत बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय दरवाङबाट खटिएको प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा खोजी गर्ने क्रममा उनीहरूको शव फेला पारेको हो ।

    साथै पहिरोमा परी घाइते भएका सोही ठाउँ बस्ने ६५ वर्षीय गोठे बिक र उनकै श्रीमती ६५ वर्षीया गोरी बिकलाई रुम स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । पहिरोबाट ३ वटा घर र १ वटा गोठ पुरिएर क्षति भएको छ । तत्काल घटनास्थलमा खटिएको प्रहरीले आवश्यक उद्धार कार्य गरिरहेको छ ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    गुन्द्रुक अनलाईन    
  • २०७९ श्रावण १७, मंगलवार १२:३२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP