• २०८१ फाल्गुन ५ | Mon, 17 Feb 2025
  • कलिलो उमेरमा गर्भवती हुने मधेस प्रदेश र कर्णाली प्रदेशका महिला बढी

    कलिलो उमेरमा गर्भवती हुने मधेस प्रदेश र कर्णाली प्रदेशका महिला बढी

    नेपालमा सबैभन्दा धेरै १५ देखि १९ वर्ष उमेर समूहका महिला गर्भवती हुने गरेको पाइएको छ । जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण अनुसार २०२२ सम्ममा यस उमेर समूहका प्रतिहजारमा ७१ जना जन्माउला थिए ।

    जसमा सातै प्रदेशमध्ये सबैभन्दा बढी बच्चा जन्माउने महिलामा कर्णाली र मधेस प्रदेशमा बढी रहेको सो सर्वेक्षणले देखाएको छ । कर्णाली प्रदेशमा २१ प्रतिशत मधेस प्रदेशमा २० प्रतिशत  महिलाहरू कुनै न कुनै बेला गर्भवतीको अध्ययनले देखाएको छ ।

    यस्तै सबैभन्दा कम बाग्मती प्रदेशमा सबैभन्दा ८ प्रतिशत गर्भवती भएको पाइएको छ । उता, सुदूरपश्चिम प्रदेश, प्रदेश एक र गण्डकी प्रदेशमा १५ देखि १९ वर्षसम्मका १३ प्रतिशत महिला गर्भवती हुने गरेको अध्ययनले देखाएको छ ।  लुम्बिनी प्रदेशमा १० प्रतिशत रहेको सर्वेक्षण देखाएको छ । नेपालमा किशोरावस्थामा गर्भवती हुने दर १४ प्रतिशत रहेको छ ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    गुन्द्रुक अनलाईन    
  • २०७९ मंसिर २५, आईतवार १०:२९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP