• २०८१ माघ ३ | Thu, 16 Jan 2025
  • झापामा जंगली हात्तीको आक्रमणबाट चार जना घाइते

    झापामा जंगली हात्तीको आक्रमणबाट चार जना घाइते

    जंगली हात्तीको आक्रमणबाट झापामा चार जना घाइते भएका छन् । घाइते हुनेमा हल्दिबारी गाउँपालिका ५ निवासी गौरादेवी पौडेल, सोही ठाउँका नगेन्द्र पौडेल, पार्वतादेवी पौडेल र चेतन पौडेल रहेका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

    दुई परिवारका चार सदस्यको भद्रपुरस्थित मेची अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार हल्दिबारी गाउँपालिका ४ स्थित कालीमन्दिर टोलको गाउँमा आइतबार बिहान करिब २:१५ बजे चारकोशे जलथल जंगली हात्तीबाट हात्ती निस्किएका थिए ।

    गाउँघरमा हात्ती निस्किएपछि खेदाउने क्रममा हात्तीको आक्रमणमा परी उनीहरू घाइते भएको स्थानीयले बताएका छन् । साथै हात्तीले स्थानीय जयप्रकाश दाहालको अन्दाजी एक बिगाहाको धान पूर्ण रूपमा क्षति पुर्‍याउनुका साथै विजय लावतीको थ्रेसर लगाएको करिब ६ मन धान खाएर नष्ट गरिदिएको स्थानीय प्रह्लाद सिलवालले बताए ।

    हात्तीले धनबहादुर गहतराजको अटोमा समेत क्षति पुर्‍याएको छ । दाहालको खमारमा रहेको अन्दाजी एक बिगाहाको कुन्यूको धान क्षति गरिरहेको अवस्थामा गाउँले हात्ती देखेपछि घरबाट निस्किएर प्रहरीलाई खबर गरेका थिए । आहारको खोजीमा दिनहुँ आउने हात्तीको कारण जंगल आसपासका बासिन्दा त्रसित बनेका छन् ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    गुन्द्रुक अनलाईन    
  • २०७९ मंसिर २५, आईतवार ०४:४१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP