• २०८१ चैत्र १३ | Wed, 26 Mar 2025
  • धनुषा दुर्घटना अपडेट, मृतक पाँचैजनाको परिचय खुल्यो

    धनुषा दुर्घटना अपडेट, मृतक पाँचैजनाको परिचय खुल्यो

    जनकपुरधाम । धनुषामा जन्तीको गाडी दुर्घटनामा मृत्यु भएकाहरुको सनाखत भएको छ । इटहरीबाट जन्ती बोकेर फर्किँदै गरेको ना १ ज ८३९६ नम्बरको विङ्गर र पश्चिमबाट पूर्व जाँदै गरेको ज १ च १४९६ नम्बरको पिकप एक आपसमा ठोक्किएर दुर्घटना भएको हो ।

    दुर्घटनामा मृत्यु भएकाहरुमा धनुषाको मुखियापट्टी मुसहरिनिया तुल्सियाहीकी ३५ वर्षीया रुवी साह, महोत्तरी पिपरा गाउँपालिका २ का ११ वर्षीय एस कुमार साह, रामगोपालपुर नगरपालिका ७ ससौलाकी १३ वर्षीया सृजना साह, १८ वर्षीया मञ्जु साह र गाडी चालक धनुषाको धनौजी गाउँपालिका ४ का २५ वर्षका अब्दुल मन्सुर छन् । सृजना र मञ्जु दिदी बहिनी हुन् भने रुवी र एस फूपू भतिज रहेको परिवारजनाले जनाएको छ ।

    दुर्घटनामा अन्य ९ जना घाइते भएका छन् । उनीहरुको उपचार प्रादेशिक अस्पताल जनकपुरमा भइरहेको छ । मृतकहरुको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पतालमा राखिएको छ । जन्ती महोत्तरीको पिपरा गाउँपालिका २ गमहरियाबाट इटहरी गएको थियो । त्यहाँबाट सोयम्बर सकेर फर्किदै गरेको जन्ती चढेको एक विंगर दुर्घटनामा परेको हो ।

    दुर्घटनामा ठक्कर खाएको पिकअप र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी दीपक रायले जानकारी दिए ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    गुन्द्रुक अनलाईन    
  • २०७९ मंसिर १७, शनिबार ०८:०३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP