• २०८१ माघ ३ | Thu, 16 Jan 2025
  • क्षमताभन्दा बढी सामग्री ढुवानी गर्ने ७५ वटा ट्रक र ट्रिपरलाई कारवाही

    क्षमताभन्दा बढी सामग्री ढुवानी गर्ने ७५ वटा ट्रक र ट्रिपरलाई कारवाही

    काठमाडौं । काठमाडौं उपत्यकामा क्षमताभन्दा बढी सामग्री ढुवानी गर्ने ७५ वटा ट्रक र ट्रिपरलाई ट्राफिक प्रहरीले कारवाही गरेको छ।

    क्षमता भन्दा बढी सामान ढुवानी गर्ने ७५ वटा ट्रक र ट्रिपरलाई ट्राफिक प्रहरीले बुधबार कारवाही गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

    भक्तपुरको सल्लाघारी–जगाती सडकखण्डमा गरिएको रात्रिकालीन चेकिङका क्रममा सवारी साधनको हद निर्धारण गरिएको भन्दा बढी मालसामान राखिएका सवारी साधनलाई कारवाही गरिएको प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए।

    कारवाहीका क्रममा ३२ वटा सवारी साधनलाई यातायात व्यवस्था ऐन २०४९ बमोजिम जरिवाना गराइएको थियो। ४३ वटा सवारी साधनमा बढी भएको सामान हटाउन लगाइएको थियो ।

    सवारी साधनमा क्षमताभन्दा बढी सामान ढुवानी गर्दा सडक संरचनामा असर पुग्ने, सवारी साधन अनियन्त्रित भई दुर्घटना हुन सक्ने भएकाले क्षमता भन्दा बढी सामान ढुवानी नगर्न उनले आग्रह गरे।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    गुन्द्रुक अनलाईन    
  • २०७९ मंसिर १५, बिहीबार १३:०८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP