गुल्मीको मालिकामा मतदान स्थगित भएको छ । क्षेत्र नम्बर २ अन्तर्गत मालिका गाउँपालिका–५ को छापहिले माध्यमिक विद्यालयमा भइरहेको मतदान स्थगित भएको हो ।
बिहान मतदान सुरु भएको केही समयपछि प्रत्यक्ष र समानुपातिक मतपत्र अघिपछि गराइएको भन्दै सत्तारूढ गठबन्धनका कार्यकर्ताले विरोध गरेपछि बिहान साढे ८ बजेदेखि मतदान स्थगित भएको हो ।मतदान स्थलमा केही समय नाराबाजी भएको थियो । अहिले विवाद समाधानका लागि छलफल भइरहेको जनाइएको छ।
प्रतिक्रिया