• २०८१ चैत्र १३ | Wed, 26 Mar 2025
  • चिसाेका कारण हुम्लाका ४ मतदान केन्द्रमा मतदान सुरू हुन सकेन

    चिसाेका कारण हुम्लाका ४ मतदान केन्द्रमा मतदान सुरू हुन सकेन

    हुम्ला । अत्यधिक चिसोका कारण  हुम्लाका चार मतदान केन्द्रमा अझै मतदान प्रक्रिया सुरु हुन सकेको छैन ।

    नाम्खा गाउँपालिका- ६ का तीन मतदान केन्द र वडा- ५ काे मुचुमा चिसाेका कारण मतदान सुरू हुन नसकेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।

    अत्याधिक चिसोका कारण लिमीकाे हल्जी गाउँकाे सुनखानी आधारभूत विद्यालय मतदान  केन्द, जाङ गाउँकाे भृकुटी आधारभूत विद्यालय मतदान केन्द्र ,तिल गाउँकाे हिमशिखर आधारभूत मतदान केन्द्र र मुचुकाे खासरपानी आधारभूत मतदान केन्द्रमा मतदान सुरु हुने नसकेको हुम्लाका डीएसपी कृष्णराज ओझाले जानकारी दिए ।

    ५९ वटा मतदान केन्द मध्ये ५५ मतदान केन्द्रमा मतदान सुरू भइसकेकाे जिल्ला निर्वाचन कार्यालय हुम्लाका श्यामबहादुर रानाले बताए । मतदान भइरहेका केन्द्रहरुमा शान्तिपूर्ण रूपमा मतदान जारी रहेको निमित्त निर्वाचन अधिकारी रानाकाे भनाइ छ ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    गुन्द्रुक अनलाईन    
  • २०७९ मंसिर ४, आईतवार ०४:१६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP