• २०८१ फाल्गुन ५ | Mon, 17 Feb 2025
  • ललितपुरबाट लागुऔषध ‘खात’सहित दुईजना पक्राउ

    ललितपुरबाट लागुऔषध ‘खात’सहित दुईजना पक्राउ

    ललितपुर महानगरपालिका–२४ स्थित धापाखेलबाट प्रहरीले लागुऔषध ‘खात’सहित दुई जनालाई पक्राउ गरेको छ । सीआईबी र लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले उपत्यकाबाट नयाँ प्रकारको लागुऔषध बरामद गरेको ब्यूरोले जनाएको छ ।

    लामो समय सुचना संकलन गरेर कार्तिक २७ मा ग्रिन टि भनेर बेचविखन हुने गरेको लागुऔषध ‘खात’  ४८० किलो बरामद गरिएको ब्यूरोका एसपी योगेन्द्र कुमार खड्काले रातोपाटीलाई बताए । पक्राउ पर्नेमा धापाखेल घर भएका ३६ वर्षका कविराज खड्का र धादिङ सिद्धलेक गाउँपालिका घर भएका २८ वर्षीय राम कुमार श्रेष्ठ छन् । कबिराज खड्काको घर कम्पाउण्डमा बा.२० च १५८ नम्बरको बोलेरो जिपमा प्याक गरेको अवस्थामा २२० केजी र घरमा लुकाएर राखेको अवस्थामा २६० काटुर्न खात प्रहरीले बरामद गरेको छ ।

    केहो खात ?

    खात एक प्रकारको बनस्पती हो, जसलाई १९८० मा विश्व स्वास्थ्य संगठनले ‘लागुऔषध’ बर्गिकरण गरेको थियो । यमन तथा ईथियोपिया लगायतका अफ्रिकन मुलुकमा खातको खेती हुने गर्छ । ‘खात’को प्रयोग गर्दा प्रयोगकर्तालाई भोक नलाग्ने र क्यान्सर समेत हुनसक्छ । यसलाई ‘सोमाली टि’ र ‘अरेबियन टि’ पनि भनिन्छ । यसलाई चपाएर, चुरोट जसरी वा ग्रिन टि खाएर जसरी पनि खाने गरिन्छ ।

    खातलाई अमेरिकामा १९७१ मे १ देखी प्रतिबन्ध लगाइएको थियो ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    गुन्द्रुक अनलाईन    
  • २०७९ कार्तिक २४, बिहीबार १३:३५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP