• २०८१ चैत्र १३ | Wed, 26 Mar 2025
  • आफ्नै सालीलाई बलात्कार गरेको आरोपमा भिनाजु पक्राउ..

    आफ्नै सालीलाई बलात्कार गरेको आरोपमा भिनाजु पक्राउ..

    आफ्नै १९ वर्षीय सालीलाई जबरजस्ती क’रणी गरेको आरोपमा रामेछापका एक पुरुष पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको उमाकुण्ड गाउँपालिका वडा नं ३ कुँबुँकाँस्थली घर भई हाल भक्तपुरको चाँगुनारायण नगरपालिका २ दुवाकोट तल्लो हाइट बस्दै आएका ३९ वर्षीय जयन्त थापा हुन् ।

    उनलाई गत मंगलबार भक्तपुर प्रहरीले पक्राउ गरेको केन्द्रीय प्रहरी प्रवक्ता, प्रहरी नायव निरीक्षक टेकप्रसाद राई जानकारी दिए । गत भदौ २१ गते बलात्कृत भएको खबर अहिले बाहिरिएको छ ।स्रोतका अनुसार थापा आफ्नै सालीलाई जबरजस्ती क’रणी गरेको आरोपमा पक्राउ परेका हुन् ।

    नाता पर्ने ती किशोरीलाई गत भदौ २१ गते दिउँसो आफ्नै घरको कोठामा जबरजस्ती क’रणी गरी फरार भएका थापालाई प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले पक्राउ गरेको प्रहरीले जाएको छ । बलात्कारपछि उनी फरार भएको किशोरीले प्रहरीमा दिएको जाहेरीमा उल्लेख छ ।

    नेपाल कम्युनिस्ट पार्टी एमाले उमाकुण्डका नेता एवं युवा संघका केन्द्रीय सदस्य समेत रहेका थापाका दुई सन्तान रहेका छन् । घटनाबारे प्रहरीले म्याद थप गरेर अनुसन्धान गरिरहेको जनाएको छ ।

    #बलात्कार

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    गुन्द्रुक अनलाईन    
  • २०७९ कार्तिक २१, सोमबार १०:२९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP