• २०८१ फाल्गुन ८ | Thu, 20 Feb 2025
  • ओखलढुंगामा श्रीमान श्रीमतीबीच सामान्य विवाद हुँदा श्रीमतीको हत्या

    ओखलढुंगामा श्रीमान श्रीमतीबीच सामान्य विवाद हुँदा श्रीमतीको हत्या

    ओखलढुंगाको सिद्धिचरण नगरपालिक–११ सोब्रुमा एक महिलाका हत्या भएको छ । श्रीमान् रामबहादुर राईले चिर्पट प्रहार गर्दा ३३ वर्षीय कल्पना खड्का राईको ज्यान गएको हो ।  श्रीमान श्रीमतीबीच सामान्य विवाद हुँदा मादक पदार्थ सेवन गरेका राईले श्रीमतीलाई चिर्पट प्रहार गरेको बुझिएको प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए ।

    सोलुखुम्बु जिल्लाको नेचा सल्यान गाउँपालिका घर भई ३ वर्षअघि देखि यहाँ बसोवास गर्दै आएका आरोपित राईलाई प्रहरीले पक्राउ गरेको छ ।

    शुक्रबार साँझ ७ बजेतिर घटना घटेको भए पनि स्थानीयले प्रहरीलाई शनिबार बिहान मात्रै खबर गरेको थियो । घटनाको विषयमा अनुसन्धान भइरहेको र शवलाई कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    गुन्द्रुक अनलाईन    
  • २०७९ कार्तिक १९, शनिबार ०९:३१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP