• २०८१ माघ ३ | Thu, 16 Jan 2025
  • ‘नो नट अगेन’माथिको बन्देज हटाउन माग गर्दै सर्वोच्चमा रिट दर्ता

    ‘नो नट अगेन’माथिको बन्देज हटाउन माग गर्दै सर्वोच्चमा रिट दर्ता

    सामाजिक सञ्जालको पेज ‘नो नट अगेन’ लगायतका पेजलाई प्रतिबन्ध लगाउने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । अधिवक्ता अनिल आचार्यले सोमबार सर्वोच्च अदालतमा रिट दर्ता गर्दै निर्वाचन आयोगको निर्णय खारेजीको माग गरेका हुन् ।

    अधिवक्ता आचार्यले नेपालमा अहिलेसम्म सकारात्मक भोटको मात्रै व्यवस्था रहेको र सर्वोच्च अदालतले नै ‘नो भोट’को व्यवस्था गर्न कानुन बनाउन निर्देशन दिइसकेको अवस्थामा ‘नो नट अगेन’का पेजमाथि प्रतिबन्ध लगाउने निर्णय र चेतावनी कानुनसम्मत नभएको भन्दै त्यस्तो निर्णय बदर गराउन माग गरेका हुन् ।

    जनताले मन नपरेका उम्मेदवारमाथि नो भोटको व्यवस्था गर्न नपाएको अवस्थामा जनताले स्वतस्फूर्तरुपमा ‘नो नट अगेन’को अभियान गर्दा निर्वाचन आयोगले वाक स्वतन्त्रतामाथि हस्तक्षेप गरेको रिट निवेदनमा जिकिर गरिएको छ । वाक स्वतन्त्रतामाथि प्रतिबन्ध लगाउने गरी निर्वाचन आयोगले विज्ञप्ति जारी गरेको भन्दै उक्त निर्णय र चेतावनी उत्प्रेषणको आदेशबाट बदर गर्दै ‘नो नट अगेन’लगायतका पेजहरु पूर्ववत्रुपमा सञ्चालनमा ल्याउन परमादेश दिन समेत माग गरिएको छ ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    गुन्द्रुक अनलाईन    
  • २०७९ कार्तिक १४, सोमबार १२:५६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP