रुस पठाइदिन्छु भन्दै लाखौँ रकम ठगी गर्ने एक महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा दाङको तुलसीपुर उपमहानगरपालिका–१ स्थायी घर भई हाल काठमाडौँ महानगरपालिका–२९ घट्टेकुलो बस्ने ४८ वर्षकी तुलसा भण्डारी रहेकी छन् ।
उनले वर्किङ भिषामा रुस पठाइदिन्छु, रसिया पुगेपछि प्रतिष्ठित सुपरमार्केटमा काम लगाइदिन्छु, मासिक तीन लाखसम्म तलब हुन्छ भन्ने विश्वास दिलाई ४० लाख रुपैयाँ लिएर सम्पर्कविहीन बनेकी थिइन् । भण्डारीले ठगी गरेकोले वैदेशिक रोजगार विभागबाट यस कार्यालयमा पक्राउ गरी उपस्थित गराइदिन हुन भनी पत्राचार भएकोमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले भण्डारीलाई सोमबार घट्टेकुलोबाट पक्राउ गरेको हो । भण्डारीलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको छ ।
प्रतिक्रिया