• २०८१ माघ १२ | Sat, 25 Jan 2025
  • लागूऔषधसहित छुट्टाछुट्टै स्थानबाट ७ जना पक्राउ

    लागूऔषधसहित छुट्टाछुट्टै स्थानबाट ७ जना पक्राउ

    देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित सात जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–३२ जडिबुटीबाट दुई केजी गाँजासहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका–३२ जडिबुटी बस्ने २५ वर्षीया मन्दिरा खड्की र सोही ठाउँ बस्ने काभ्रेपलान्चोक बनेपा घर भएकी २० वर्षीया दीपा मगर रहेका छन् ।

    प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीले उनीहरुलाई जाँच गर्ने क्रममा उक्त लागूऔषधसहित फेला पारी  प्रक्राउ गरेको हो ।  बाँकेको बैजनाथ गाउँपालिका–१ चिसापानीबाट ३२० मिलिग्राम ब्राउनसुगरसहित दुई जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने २२ वर्षीय सन्तोष शाही र २२ वर्षीय पदम बुढा रहेका छन् ।

    इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरुलाई जाँच गर्दा उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।  पाल्पाको तानसेन नगरपालिका–३ भगवती टोल बस्ने १९ वर्षीय परिभेष श्रेष्ठलाई ९ सय ग्राम गाँजाको धूलोसहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्ने क्रममा बोरामा लुकाई राखेको गाँजा फेला पारी पक्राउ गरेको हो ।

    मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१ जरुवाटोलबाट नियन्त्रित लागूऔषध वनरेक्स एक सय एमएलको १ सय ५८ बोतलसहित दुई जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरुमा सोही उपमहानगरपालिका–१ चौकीटोल बस्ने १९ वर्षीय निकेश पुडासैनी र सर्लाही बरहथवा नगरपालिका–१६ बस्ने २६ वर्षीय पप्पु कुमार कुशहवा रहेका छन् । –न्युज कारखाना

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    गुन्द्रुक अनलाईन    
  • २०७९ आश्विन २६, बुधबार १०:४५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP