• २०८१ चैत्र ३ | Sun, 16 Mar 2025
  • काठमाडौंमा भारतीय नागरिकको हत्या गरेको आरोपमा एक युवक पक्राउ

    काठमाडौंमा भारतीय नागरिकको हत्या गरेको आरोपमा एक युवक पक्राउ

    दशैंको टीकाको दिन काठमाडौं महानगरपालिका–१९ स्थित रामघाटमा भारतीय नागरिक ४७ वर्षका दिलीप आदक मृत भेटिए । हेमन्त महर्जनको घरमा डेरा गरेर बस्ने पश्चिम बंगालस्थित कलकत्ता घर भएका आदकको हत्यापछि हत्याराले बाहिरबाट ताला लगाएर हिँडेका थिए ।

    सो हत्यामा संलग्न आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको बहुदरमाई नगरपालिका–२ हांसवा घर भएका २५ वर्षीय श्रीलाल ठाकुर उर्फ राजाबावु छन् । असोज २३ मा श्रीलाललाई स्वयम्भूबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्ण कोइरालाले रातोपाटीलाई बताए ।

    भारतीय नागरिकलाई हत्या गरेर कपडाले छोपेर छाडेको अवस्थामा प्रहरीले कोठा फोडेर शव बरामद गरेको थियो । शवको गन्ध आएपछि घर धनीले प्रहरीलाई खबर गरेका हुन् । राजाबावु  र मृतक साथी हुन् । उनीहरू केही महिनादेखि सो कोठामा सँगै बस्थे । राजाबावुले काठ च्याप्न प्रयोग गरिने सकिन्जाले टाउकोमा प्रहार गरेर भारतीय नागरिकको हत्या गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।

    हत्यापछि भारतीय नागरिकले काठको बाकसमा राखेको ४ लाख नगद आरोपीले लैजाने प्रयास गरेका थिए । बाकस आधा फुटाएको अवस्थामा प्रहरीले ४ लाख नगद समेत बरामद गरेको छ । आरोपीलाई थप अनुसन्धानका लागि वृत्त जनसेवामा पठाइएको एसपी कोइरालाले जानकारी दिए ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    गुन्द्रुक अनलाईन    
  • २०७९ आश्विन २४, सोमबार १३:२०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP