• २०८१ माघ ३ | Thu, 16 Jan 2025
  • दाङमा खोलामा डुबेर २ बालकको मृत्यु

    दाङमा खोलामा डुबेर २ बालकको मृत्यु

    दाङ, १९ असोज। दाङमा लमहीस्थित अर्जुन खोलामा डुबेर दुई जना बालकको मृत्यु भएको छ ।

    लमही नगरपालिका-६ स्थित अर्जुनखोलामा मंगलबार दिउँसो पौडी खेल्न गएका लमही-४ अर्नहवाका १३ वर्षीय ललित परियार र १० वर्षीय अजित विकको डुबेर मृत्यु भएको हो । सशस्त्र प्रहरी बल नं ४१ दाङका प्रहरी नायव निरिक्षक प्रकाश जैसी ढकालका अनुसार दिउँसो पाँच जना साथीहरू नुहाउन गएका मध्ये दुई जनाको मृत्यु भएको हो ।

    घटना भएलगतै सशस्त्र प्रहरी बल नेपाल–४१ नम्बर रिजर्भ गण अर्जुनखोलाको टोली खोजी तथा उद्धारमा खटिएका थिए । मृतकको शव लमही अस्पतालमा राखिएको छ ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    गुन्द्रुक अनलाईन    
  • २०७९ आश्विन १९, बुधबार ०४:४७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP